×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ताले वाणिज्य बैंकबाट सेयर धितो कर्जा लिन छाडे, विकास बैंक र फाइनान्स कम्पनीले भने धमाधम प्रवाह गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

लगानीकर्ताले वाणिज्य बैंकबाट सेयर धितो कर्जा लिन छाडे, विकास बैंक र फाइनान्स कम्पनीले भने धमाधम प्रवाह गर्दै

Artha Sarokar

२९ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सेयर लगानीकर्ताहरुलाई प्रवाह गर्ने सेयर धितो कर्जा घटेको छ । सेयर बजार निरन्तर ओरालो लागिरहेको अवस्थामा लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जा लिन छोडेका हुन् । यसो त नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा ४/१२ को नीति ल्याएसंगै सेयर धितो कर्जा घट्न थालेको थियो।

पछिल्लो समय नियामकदेखि सरोकारवाला संस्थाहरुले खुलेरै सेयर बजारलाई हस्तक्षेप गर्नेगरी विभिन्न नीति नियम ल्याएपछि लगानीकर्ता यसै पनि आत्तिएका थिए । स-साना नकरात्मक कुराहरुलेसमेत प्रभाव पर्ने सेयर बजारमा नियामकले प्रत्क्षय असर पार्ने कदम चाल्दा र सोहि कारणले बजार ओरालो लागेपछि वाणिज्य बैंकले प्रवाह गर्ने सेयर धितो कर्जा ह्वात्तै घटेको पाइएको हो ।

यस्तै गत आर्थिक वर्षको अन्तिमसम्ममा १ खर्ब ६ अर्ब रुपैयाँ पुगेको बैंकहरुको सेयर धितो कर्जा माघसम्म आईपुग्दा घटेर १ खर्ब रुपैयाँभन्दा तल पुगेको छ । माघसम्ममा सेयर धितो कर्जामा बैंक तथा वित्तीय संस्थाले कुल ९८ अर्ब ६२ करोड रुपैयाँ कर्जा दिएका छन् । गत असार अन्तिमसम्मको तुलनामा यो ७.२ प्रतिशतले कम हो । गत असार मसान्तसम्ममा ७३ अर्ब ५३ करोड रुपैयाँ रहेको १ करोड रुपैयाँभन्दा धेरै रकमको कर्जा घटेर ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । १ करोड रुपैयाँभन्दा कम कर्जा भने बढ्दो क्रममा छ ।

चालु आर्थिक वर्षको माघसम्ममा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा ८.५ प्रतिशतले बढेको छ । यस्तै २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा ११.८ प्रतिशत रहेको छ भने २५ लाख रुपैयाँभन्दा कम रकमको कर्जा १५.८ प्रतिशतले बढेको छ । माघसम्ममा वाणिज्य बैंकहरुले प्रवाह गरेको सेयर धितो कर्जा ८२ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । यो गत माघ महिनामा मात्रै साढे १ प्रतिशतले घटेको हो ।

यता विकास बैंकहरुले प्रवाह गरेको सेयर धितो कर्जा भने माघमा ०.५७ प्रतिशतले बढेर १२ अर्ब १९ करोड पुगेको छ । फाइनान्स कम्पनीहरुको सेयर धितो कर्जा कर्जा २.७९ प्रतिशतले बढेर ३ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो समय वाणिज्य बैंकहरुले प्रवाह गर्ने सेयर धितो कर्जा घट्दै गएको छ भने विकास बैंक र फाइनान्स कम्पनीको सेयर धितो कर्जा बढेको देखिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी