×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिन व्यवसायीहरलाई सभामुख सापकोटाको आह्वान, आर्थिक विकास गर्नको लागि दीर्घकालिन योजनाको कमि(भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिन व्यवसायीहरलाई सभामुख सापकोटाको आह्वान, आर्थिक विकास गर्नको लागि दीर्घकालिन योजनाको कमि(भिडियो)

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिन उद्योगी, व्यवसायीहरलाई आह्वान गर्नु भएको छ । रुस र युक्रेन युद्धका कारण अर्थतन्त्रमा परेको नकारात्मक असरतर्फ सचेत गराउँदै सभामुख सापकोटाले मुलुकभित्रैको उत्पादनलाई बढावा दिई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिन उद्योगी, व्यवसायीहरुलाई आग्रह गर्नु भएको हो । सोमबार नेपाल उद्योग वाणिज्य महासंघको ५६औं वार्षिक साधरण सभामा बोल्दै उहाँले विश्वमा देखिएको असमझदारी र युद्धको कारण अर्थतन्त्रमा देखिएको चुनौतीले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता औल्याएको बताउनु भयो । सभामुख सापकोटाले रुस र युक्रेन युद्धको कारण विश्व अर्थतन्त्रमा नै सकस बनाएकाले आत्मनिर्भर अर्थतन्त्र आवश्यकता रहेको प्रष्ट भएको बताउनु भयो । सभामुख सापकोटाले मुलुकमा देखा परेको अर्थतन्त्रको चुनौतीलाई सरकार र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्ने बताउनु भयो । मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउनको लागि निजी क्षेत्र र सरकारबीच अन्र्तरघुलित सम्बन्ध हुनु पर्ने सभामुख सापकोटाको भनाई थियो । उहाँले अझै पनि आर्थिक विकास गर्नको लागि दीर्घकालिन योजनाको कमि रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ मुलुक भित्र नै उत्पादन बढाउनु पर्छ । मुलुकमा आत्मनिर्भर अर्थतन्त्रको कति धेरै महत्व छ भन्ने कुरा विश्वमा भईरहेको असमझदारी तथा युद्धको कारणले देखिएका समस्या , रुस र युक्रेनमा युद्ध नै भएको छ । जसबाट आत्मनिर्भर अर्थतन्त्र आवश्यकता रहेछ भन्ने वर्तमान आर्थिक सकसबाट प्रष्ट भएको छ । त्यस कारण सम्पूर्ण उद्योगी व्यवसायीहरुले यस तर्फ पहल कदमी बढाउनु पर्छ । नीति गत सुधारको लागि राजनिति वृत्तलाई सुझाव दिनु हुने छ । राष्ट्र संकटमा पर्न गयो भने समृद्धि भएर मात्रै हुँदो रहेन्छ । हामी सबै सरकार,नीजि क्षेत्र माथि एउटा ऐतिहासिक जिम्मेवारी आएको छ । हामीसँग कमि केही छैन हामी हरेक हिसाबले समृद्ध हुन सक्छौं । एउटै कमि के छ भने हामीमा निष्ठा र इमानको कति छ । सरकार नीजि क्षेत्रबीच सल्लाह हुनुपर्छ । त्यसको विकल्प छर्दै छैन । यदि समस्या छ भने ठान्छौं भने देशको उन्नति गर्न लालाहित छौ भने छलफल गर्नु पर्छ । अझ सरकार नीजि क्षेत्रबीच अन्तरघुलित सम्बन्ध हुनुपर्छ । एउटै स्वर हुनुपर्छ ।जनतालाई एउटै धागोमा उन्नुपर्छ र राष्ट्रिय एकता कामय भएपछि आर्थिक विकास हुँदै जान्छ । विकास गर्न दीर्घकालिन योजनाको कमि छ । हामी तत्कालिन काममा अल्झेका छौं । रणनैतिक सोच दीर्घकालिन रुपमा अर्थमा यस्तो गर्ने भन्ने छैन ।हाम्रा कुरा फेरबदल भइरहन्छन् । राष्ट्रको नीति फेरबदल हुने कुरा होइन ।’

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाललाई श्रीलंकाको बाटोमा जान नदिन चनाखो हुनुपर्ने बताउनु भयो । उहाँले तत्काल नेपाल श्रीलंका जस्तो बन्दैन तर, हामी यस्तो कुरामा चनाखो भने हुनुपर्ने बताउनु भयो । चालु आर्थिक वर्षको सुरुवात देखि अर्थतन्त्रमा चुनौती बन्दै गएकाले समयमा नै चनाखो भइएन भने केही वर्षपछि अझ खराब अवस्थामा अर्थतन्त्र पुग्न सक्ने अध्यक्ष गोल्छाले दाबी गर्नु भयो । अध्यक्ष गोल्छाले देशको अर्थतन्त्र संकटमा भएको समाचार सञ्चारमाध्यममा आएपनि आफूहरुसँग सरकारी पक्षले छलफल नगरेको गुनासो गर्नु भयो । निजी क्षेत्र पनि यही मुलुकका नागरिक भएको भन्दै गोल्छाले अर्थतन्त्रमा निजी क्षेत्रको लगानी ७७ प्रतिशत रहेको बताउनु भयो । उहाँले मुलुकमा अर्थतन्त्र संकट हुन नदिन निजी क्षेत्र योगदान दिन तयार रहेको बताउनु भयो । चालु आवको सात महिनाको तथ्यांकले आत्तिनुपर्ने अवस्था नदेखाए पनि आठ र नवौं महिनामा संकटउन्मुख भएको गोल्छाको भनाई छ । पछिल्लो समय आयात नियन्त्रण लामो समय लम्ब्याएर सरकारले अपारदर्शीतालाई महत्व दिन खोजिरहेको उहाँले आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो,‘ अप्रत्यक्ष रुपमा आयात रोक्न निर्णय गर्ने लगतै अर्थमन्त्रालयमा सरकारी संयन्त्रको बैठक बस्यो । केही निर्णयहरु पनि भए पेट्रोलिय पदार्थ जोगाउन दुई दिनको बिदा दिने,रेमिटेन्स भित्र्याउन केही सहुलियत दिने विषयमा पनि प्रस्ताव भए । हामी विद्युतमा आत्मा निर्भर मात्रै होइन निर्यात गर्ने अवस्थामा भयौं भनिरहँदा एका एका उद्योगमा विद्युत कटौती सुरु गरियो । अहिले केहि विद्युत आयात हुन थालेको छ । तर उद्योगलाई सहज भएको छैन । उद्योगको पिक आवरमा भइरहने विद्युत अवरोधले जेनेरेटर नचलाई सुख नै छैन । अर्थतन्त्रमा ७७ प्रतिशत हिंसा राख्ने निजी क्षेत्रलाई सिंहदरबार र राष्ट्र बैंकमा हुने छलफल र निर्णयमा कुनै जानकारी दिईदैन । यी नीतिहरु किन ल्याउँदै छ थाहा छैन। त्यसको असर के पर्छ हामीलाई थाहा छैन । आयात निर्यात गर्ने हामी नै हो । तर अर्थतन्त्रमा के कस्ता समस्या छन भनेर हामीसँग छलफल नै हुँदैन । अर्थतन्त्र बैंक तथा वित्तीय संस्थाको वरिपरि मात्रै घुमोस् भन्नेको हो की ? आयात निर्यात हामीले गछौं । वाणिज्य मन्त्रालय पनि छ । व्यापारको समस्या भन्सारबाट समाधान गर्न प्रावधानहरु पनि छन् । सञ्चार माध्यममा हेर्दा अर्थतन्त्रमा ठूलै संकटमा परेको देखिन्छ । उद्योगी व्यवसायीहरुसँग पनि मिलेर मिलेर समस्या समाधान गर्दा के बिग्रन्छ । हामी पनि मुलुकै नागरिक हैँ । अर्थतन्त्रमा हाम्रो लगानी ७७ प्रतिशत छ । करिव ७५ प्रतिशत रोजगारी हामीले सृजना गरेका छौं । स्वही हाराहारीमा राजश्व पनि नीजि क्षेत्रको माध्यमबाट संकलन हुन्छ । हामी पनि अर्थतन्त्रका संकट हुन नदिन योगदान दिन चाँहान्छौं । हामीलाई पनि यो देशको माया छ । ७ महिनाको तथ्याङक हेर्दा हामी पनि आत्तिनु पर्ने अवस्था छैन जस्तो लाग्छ । ८ र ९ औं महिनामा अर्थतन्त्रमा ठूलो संकट आयो की ? हामी गत कात्तिक महिना देखि संकटउन्मुख भएका हौं । आयातमा कडाई गर्दा केही कमि भएको छ । हामी अल्पकालिन नीतिमा अल्मलिरहेका छौं । यसले दीर्घकालिन संकट निम्त्यी रहेको छ । श्रीलंका जस्तै हुन लागेको भने एक पछि अर्को आइरहेको उद्योगीहरुको बुझाई छ । हामी श्रीलंका हुनै दिँदैनौं । तर पहिला देखि नै चनाखो भएनौ भने देखि केही वर्षमा खराब अवस्थामा अवस्य जान सक्छौं । संकट रोक्न रकम ल्याउन संयन्त्र बलियो बनाउनु पर्छ । मुलुकभित्र लगानीको अवस्था सृजना गर्नु पर्छ ।’

त्यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर नेपाललाई श्रीलंका नभएर समृद्ध नेपाल बनाउनु पर्ने बताउनु भयो । मुलुकको अर्थतन्त्र बाहिर प्रचार भए जस्तो श्रीलंकाको जस्तो अवस्थामा नपुगेको वरिष्ठ उपाध्यक्ष ढकालको भनाई थियो । उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नको लागि हामीसँग धेरै सम्भावना र उपायहरु रहेकाले सरकारले समाधान गर्ने तिर लाग्नु पर्ने आवश्यकता रहेको औल्याउनु भयो ।

उहाँले भन्नुभयो,‘ हामी अहिले नै श्रीलंका जस्तो अवस्थामा पुगेका छैनौं जस्तो लाग्छ । आम नागरिकले यो विषयमा चिन्ता व्यक्त गरेकाले सरकार समाधानको बाटोमा काम गरेको होला भन्ने अपेक्षा हामीले लिएका छौं । हाम्रा सम्भावना, सुधार गर्न सक्ने ठाउँ र उपायहरु धेरै छन । त्यस कारण हामी श्रीलंकाको बाटोमा जानु पदैन की भन्ने आत्मविस्वास रहेको छ । अहिले नै हामीले नेपाल श्रीलंकाको बाटोमा गयो भनेर प्रचार गर्नु भन्दा कालोबादल भित्र चाँदीको घेरा हुने भएकाले त्यसको खोजी गर्न हामी सबै लाग्नु पर्छ । तर मेरो भनाईको आसय हाम्रो अर्थतन्त्र एक दमै सुरक्षित छ,सर्तकता अपनाउनु पर्दैन भन्ने चाँही पक्कै होइन । हरेक समस्याको पछाडि समधान रहेकै हुन्छ । समस्याको पहिचान गरेर डिला नगरी हामीले श्रीलंका होइन नेपाल नै बन्छौं । समृद्ध नेपाल नै बन्छौं भन्ने विस्वास व्यक्त गर्न चाहान्छु ।’

उपाध्यक्ष ढकालले नेपाल श्रीलंकाको बाटोमा गयो भनेर प्रचार गर्नु भन्दा कालोबादल भित्र चाँदीको घेरा हुने भएकाले त्यसको खोजी गर्न लाग्नुपर्ने बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्र श्रीलंकाको अवस्थामा नभएको भन्नुको आसय भने मुलुकको अर्थतन्त्र एक दमै सुरक्षित छ,सर्तकता अपनाउनु पर्दैन भन्ने अवस्था नरहेको बताउनु भयो । हेर्नुहोस् भिडियोः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: