×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरण : ज्ञानेन्द्र बहादुर भारीसहित ४ अडिटरहरुलाई कारवाहीको सिफारिस !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरण : ज्ञानेन्द्र बहादुर भारीसहित ४ अडिटरहरुलाई कारवाहीको सिफारिस !

Artha Sarokar

४ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बिराटनगर । झन्डै १६ करोड घोटाला सप्तकोशी डेभलपमेन्ट बैंकमा विभिन्न समयमा लेखापरीक्षण गर्ने लेखापरिक्षकहरुलाई कारवाहीको सिफारिस गरिएको छ । सरकारी वकिलको कार्यालय मोरंगले सो बैंकका लेखापरिक्षकहरुलाई आवश्यक कारवाहीका लागि भन्दै लेखापरिक्षकहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)मा सिफारिस गरेको हो । नियमनकारी निकाय आइक्यान भएकाले अडिटरहरुको हकमा आइक्यानले अदालत सरह आफ्ना सदस्यहरुलाई अनुशासनको कारवाही गर्न सक्छ । बैंकका तत्कालीन सीइओ नविन सुबेदीको मिलेमतोमा बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा झन्डै १६ करोड रुपैयाँ रकम घोटाला भएको प्रकरण बाहिर आएपछि सो अवधिका विभिन्न लेखापरिक्षकहरु पनि यो प्रकरणमा तानिएका हुन् ।

को को अडिटर परे कारवाहीको सिफारिसमा ?
आइक्यानमा आएको पत्र अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा सिए रबि कुमार श्रेष्ठ परेका छन् । उनले सो बैंकमा दुई बर्षको लेखापरीक्षण गरेका थिए । साथै अर्को दुई बर्षको लेखापरीक्षण गर्ने ज्ञानेन्द्र बहादुर भारी पनि कारवाहीको सिफारिसमा परेका छन्। यस्तै आन्तरिक लेखापरीक्षण गर्ने प्रचण्डध्वज कार्की र खिला राज पोखरेल पनि कारवाहीको सिफारिसमा परेका छन् । यी लेखापरिक्षकहरुमध्ये ज्ञानेन्द्र भारीका यस अघिका मुद्धा पनि आइक्यानमा विचाराधीन छन् भने अन्य लेखापरीक्षकहरु पहिलोपटक कारवाहीको सिफारिसमा परेका हुन् । उनीहरुलाई सप्तकोशी डेभलपमेन्ट बैंकको घोटाला प्रकरणबारे लेखापरीक्षणमा नखुलाएको आशयको आरोप लागेको छ ।
आइक्यानमा के छ प्रक्रिया ?
कारवाहीको सिफारिस आएपछि आइक्यानमा यो प्रक्रिया अगाडी बढीसकेको छ ।  यो प्रकरणमा आइक्यानका कार्यकारी निर्देशकले सो सिफारिससहितको एजेन्डा काउन्सिलमा  लगेपछि काउन्सिलले आवश्यक अनुसन्धानका लागि आइक्यानको अनुसाशन समितिमा केस पुग्छ । अनुशासन समितिको सिफारिस पुन: काउन्सिल आउँछ र यस विषयमा निर्णय हुन्छ । यदी उनीहरुले गलत गरेको ठहरिएमा आइक्यानले उनीहरुलाई अनुसाशनको कारवाही गर्छ । कारवाहीमा परेको खण्डमा ती सिएहरुले कम्पनी ऐन अनुसार केहि बर्ष पब्लिक कम्पनीको लेखापरीक्षण नै गर्न पाउँदैनन् । तर आइक्यानको यो प्रक्रिया छिट्टै टुंगिने प्रक्रिया भने होइन । ७५ दिनको कार्यविधि भएपनि विभिन्न बहाना देखाएर अनुशासन समितिका अधिकारीहरुले केस लम्ब्याउने गरेका छन्।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी