काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)मा घटेको एउटा अनौठो घटना सार्वजनिक भएको छ । यसै पनि विभिन्न समयमा विभिन्न खालका विवाद परिरहने बैंकले दिने शैक्षिक कर्जामा खाता नै नखोली कर्जा स्वीकृत गर्ने गरेको पाइएको हो । शैक्षिक कर्जा लिएर अध्ययनका लागि बेलायत पुगेका विद्यार्थीहरु बेलायतको अध्यागमनबाट फर्किनु परेपछि बैंकको यस्तो रहस्य बाहिर आएको हो । एनसीसी बैंकले कर्जाको सर्टिफिकेट देखाउँदा अध्यागमनले विदेश आउनेहरुको खातासमेत नखुलेको देखेपछि र तिर्नुपर्ने रकम नीजका बुबा-आमाले आफ्नो खाताबाट तिरेको देखेपछि नेपाल नै फिर्ता गरिदिएको थियो।
गल्ती बैंकको हो वा कन्सलटेन्सीको हो भन्नेमै दोषादोष
जो विदेश जाने हो, उसको नाममा खातासमेत नखोली उसको नाममा कर्जा कसरी प्रवाह भयो त ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । तर एनसीसी बैंकले कतिपयलाई कर्जाको सर्टिफिकेट विदेश जानेका नाममा बनाइदिएको तर ऋणचाहिं बुबाआमाको नाममा दिएकोसमेत देखिएको छ । यस विषयमा कन्सलटेन्सीले बैंकको दोष देखाउने र बैंकले कन्सलटेन्सीको दोष देखाउने काम भएको छ । तर जसको गल्ती भएपनि थुप्रै विद्यार्थीहरु यहि कारण नेपाल फर्कन बाध्य भएका छन् । जसका कारण एकातर्फ विद्यार्थीको भविष्य नै डामाडोल भएको छ भने, अर्कोतर्फ नेपाली बैंकको अन्तराष्ट्रिय बेइज्जतसमेत भएको छ । यद्यपी सबैजस्ता यस्ता सर्टिफिकेट एकै लटमा देखिएकोले र सबैजसो खाता एउटै साखाबाट खोलिएको देखिएकोले कन्सलटेन्सी र बैंकको मिलेमतोमा विद्यार्थी डुबाउने काम भएकोसमेत शंका गर्ने ठाउँ छ ।
जो विदेश जाने हो, उसैको नाममा कर्जा स्वीकृत हुनुपर्छ : बैंकिङ विज्ञ
यस विषयमा घटनाको प्रकृति हेर्दा बैंक, अभिभावक र कन्सलटेन्सी सबैको गल्ती भएको विज्ञहरुको तर्क छ । ‘बैंकले जो विदेश जाने हो, उसैका नाममा ऋण स्वीकृत गर्नुपर्थ्यो । पैसा उसको खातामा हालिदिएर बाँकी काम अगाडी बढाउनुपर्थ्यो । यति कुरा त बुबा-आमाले पनि बुझ्नुपर्छ । अनि परामर्शको नाममा हजारौं शुल्क उठाउनेले पनि यस विषयमा भनिदिनुपर्थ्यो ।’ एक विज्ञले भने-‘जे भने पनि विद्यार्थी नेपाल फर्कनुपरेको स्थिति सार्है दुखद हो । यस्तो गल्ती बैंकबाट हुनु हुँदैन। ‘
बोल्नै मान्दैनन् बैंकका सीइओ
यस विषयमा बुझ्न हामीले पटक पटक बैंकका प्रमुख कार्यकारी अधिकृतसँग सम्पर्क गर्ने प्रयास गर्यौं । तर उनी हाम्रो सम्पर्कमा नै आएनन् । फोन नउठेपछि हामीले उनलाई एसएमएससमेत गरेका थियौं । तर उनी त्यहाँ पनि आफ्नो कुरा राख्न तयार भएनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्