×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रूसको विश्वव्यापी निर्यातप्रति ध्यान केन्द्रित, वस्तुहरूको मूल्यमा तीव्र वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रूसको विश्वव्यापी निर्यातप्रति ध्यान केन्द्रित, वस्तुहरूको मूल्यमा तीव्र वृद्धि

Artha Sarokar

२६ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

रूस । युक्रेनको युद्धले रूसको विश्वव्यापी निर्यातप्रति अहिले ध्यान केन्द्रित भएको छ । युक्रनेमाथि आक्रमण सुरु गरेपछि रुसमाथि लगाइएको प्रतिबन्धले विभिन्न वस्तुहरूको मूल्यमा तीव्र वृद्धि भएको छ । रूस तेल र ग्यास मात्र नभइ गहुँ, धातु र मलको पनि प्रमुख आपूर्तिकर्ता हो । रुसलाई ग्लोबल सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन मेकानिजमबाट बहिष्कार गर्दा समस्या झन् चुलिएको छ । जसको मतलब रुससँगको व्यापारको भुक्तानीका लागि डलरले अनुमति नपाउनु हो । युक्रेन युद्ध र त्यसपछि रुसमाथि लगाइएको आर्थिक प्रतिबन्ध र पश्चिमी शक्तिहरूद्वारा स्विफ्ट संयन्त्रबाट बहिष्कारका कारण भारतका निर्यातकर्ताहरूको रुसमा करिब ४००-५०० करोड डलरको भुक्तानी बाँकी छ। आर्थिक वर्ष २०२२ को १० महिनामा रुसमा भारतको निर्यात कुल ७.९० बिलियन अमेरिकी डलर आयातमा २.८५ बिलियन अमेरिकी डलर रहेको थियो ।

स्विफ्टबाट रुसलाई हटाइएपछि रुसबाट भारतीय निर्यातकर्ताले पाउने भुक्तानी रोकिएकाले रुपैया-रुबल व्यापार संयन्त्रलाई पुनरुत्थान गर्नुपर्ने चर्चा चलिरहेको छ। रुसविरुद्धको आर्थिक प्रतिबन्धलाई पश्चिमी शक्तिहरूले युद्धको हतियारको रूपमा प्रयोग गरिरहँदा रुससँग व्यापार गर्ने देशहरूले भुक्तानीको वैकल्पिक संयन्त्र विकास गर्नुपर्ने विज्ञहरुले बताइरहेका छन् । केही विज्ञहरूले भारतीय बैंकलाई पनि अन्तर्राष्ट्रिय मान्यता दिन सुझाव दिएका छन् । जसमा रुसले रूबल जम्मा गर्नेछ भने भारतले रुपैयाँ जम्मा गर्नेछ। रुसले भारतीय आयातकर्ताहरूबाट प्राप्त हुने सबै रुपैयाँबाट सामानहरू किन्न प्रयोग गर्नेछ। भारतीय निर्यातकर्ताहरूले रूसबाट प्राप्त हुने सबै रूबलहरू रूसबाट आयातको लागि भुक्तानी गर्न प्रयोग गर्नेछन् ।

रुसमाथिको प्रतिबन्धले भारत-रुस व्यापारमा प्रतिकूल असर पारेको छ। अनिश्चितताका बीचमा भारतीय रुपैयाँ अवमूल्यन भएको छ। जसले भारतीय आयात महँगो बनाएको छ। यद्यपि, रूससँग भारतको गैर(हतियार गैर(तेल व्यापार कम छ, र त्यसैले प्रभाव न्यून हुनेछ। तरपनि, प्रतिबन्धको एक भागको रूपमा स्विफ्ट प्लेटफर्मबाट रूसलाई बहिष्कार गर्ना चिया, स्टील, रसायन र औषधिको भारतीय निर्यातकर्ताहरूको भुक्तानीमा करोडौं डलर रोकेको छ । चिया निर्यातकर्ताले रुपैयाँको भुक्तानी आएको तर डलरको भुक्तानी अझै नआएको बताएका छन् । भारत रुसलाई ४३-४५ मिलियन किलोग्राम चिया निर्यात गर्ने सबैभन्दा ठूलो देश हो । केही विश्लेषकहरू पनि रुस(रुबल व्यापार संयन्त्रले ग्लोबल साउथको लागि रुससँग व्यापार जारी राख्‍ने वैकल्पिक च्यानल खोल्न सक्ने विश्‍वास व्यक्त गरेका छन् । यो सम्भव हुनेछ किनभने पहिले नै धेरै रूसी बैंकहरू भारतमा अवस्थित छन् । भारतमा उपस्थिति भएका ठूला रूसी बैंकहरूमा भीटीबी, स्बेर बैंक र जाप्रोम बैंक रहेका छन् । रुसको सरकारी स्वामित्वको विकास बैंक भीईबी पनि यस्तो व्यापारमा संलग्न छ ।

भीईबी र आरबीआई द्विपक्षीय व्यापारलाई सहज बनाउने वैकल्पिक लेनदेन प्लेटफर्मलाई अन्तिम रूप दिने प्रक्रियामा छन् । विशेषज्ञहरुका अनुसार भारत(रुस द्विपक्षीय व्यापारलाई सहज बनाउनबाहेक, रुपे-रुबल प्लेटफर्मले रूससँग ग्लोबल साउथको वैकल्पिक वित्तीय लेनदेनलाई सहज बनाउन सक्छ । बढ्दो आर्थिक प्रतिबन्धहरूले अन्य मुद्रा क्षेत्रहरूमा पनि समस्याहरू सिर्जना गरेको छ। विश्वका देशहरू डलरमा निर्भर नगरी व्यापार जारी राख्‍न मुद्रा आदानप्रदान सम्झौताहरूमा प्रवेश गरिरहेका छन् । विश्वयुद्धपछिको पश्चिमी वर्चस्वको वित्तीय संरचना धेरैलाई एक विकृत विश्वव्यापी वित्तीय प्रणालीको रूपमा देखिन्छ । यसलाई हेर्दा रुपैया-रुबल संयन्त्रले डलर बिनाको व्यापारको युग सुरु गर्नसक्ने अपेक्षा गरिएको छ । विश्वव्यापी वित्तीय प्रणालीलाई कुनै पनि देशको समूहले हतियार युद्धको रूपमा प्रयोग गर्नु हुँदैन, अन्यथा यसले विश्वास गुमाउनेछ ।

रुस विश्वको १३औँ ठूलो निर्यातकर्ता र २१औँ ठूलो आयातकर्ता मुलुक हो । सन् २०२० मा रूसबाट सबैभन्दा धेरै कार (७.७५ बिलियन डलर), सवारी साधनका पार्टपुर्जा (७.२८ बिलियन डलर), प्रसारण उपकरण (७.१५ बिलियन डलर), प्याकेज गरिएका औषधिहरू (७.९६ बिलियन डलर) र कम्प्युटर (४.१ बिलियन डलर) चीन (५०.७ बिलियन डलर), जर्मनी (२६.१ बिलियन डलर), बेलारुस (१२.८ बिलियन डलर), दक्षिण कोरिया (७.९३ बिलियन डलर) र इटाली (७.१७ बिलियन डलर) बाट आयात गरिन्छ । रुसका प्रमुख निर्यातहरू कच्चा पेट्रोलियम (७४ बिलियन डलर), रिफाइन्ड पेट्रोलियम (४८ बिलियन डलर), पेट्रोलियम ग्यास (१९.७ बिलियन डलर), सुन (१८.७ बिलियन डलर) र कोल ब्रिकेट्स (१४.५ बिलियन डलर) हुन्। जसमा धेरै जसो चीन (४९.३ बिलियन डलर)ले संयुक्तरुपमा निर्यात गर्दछ। बेलायत (२५.३ बिलियन डलर), नेदरल्याण्ड (२२.५ बिलियन डलर, बेलारुस (१५ बिलियन डलर) र जर्मनी (१४.२ बिलियन डलर) रहेका छन्।

विकासोन्मुख देशहरूको लागि सबैभन्दा ठूलो समस्या भनेको रूसले महत्त्वपूर्ण मात्रामा अन्‍न निर्यात गर्दछ र ‘रूसी बजारमा स्थिरता कायम राख्‍न’ अगस्तको अन्त्यसम्म युरेशियन इकोनोमिक युनियनमा आफ्ना छिमेकीहरूलाई अन्‍न ढुवानीमा रोक लगाएको छ । रूस, इजिप्ट र टर्कीबाट गहुँका दुई ठूला खरिदकर्ताहरूले युक्रेन युद्धको परिणामस्वरूप ब्ल्याक सी बन्दरगाहहरू बन्द भएपछि आपूर्तिमा अवरोधहरू देखेका छन् । रसिया र युक्रेन दुबैले गहुँको कुल विश्वव्यापी आपूर्तिको एक तिहाइ आपूर्ति गर्ने भएकाले, गहुँको आपूर्तिमा अवरोधले मूल्य बढेको छ । स्विफ्ट मेकानिजमबाट रुसको बहिष्कारका कारण समस्या थप जटिल हुन सक्छ । यस्तो अवस्थामा रूपै(रुबल संयन्त्र जस्ता व्यवस्थाहरू उकालो लाग्‍न सक्छन् । ग्लोबल साउथ विश्वव्यापी शक्तिहरूद्वारा युद्धमा परेको छ र उनीहरूले भारतीय मोडेललाई मार्गदर्शक सिद्धान्तको रूपमा राख्दै वैकल्पिक भुक्तानी प्रणालीलाई सुरु गर्नसक्छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी