×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बिकास बैंक केहि कुरामा पनि कमजोर छैन, हामीलाई पनि एलसी खोल्न दिनुपर्छ, मौद्रिक नीतिले यसलाई सम्बोधन गरोस्’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘बिकास बैंक केहि कुरामा पनि कमजोर छैन, हामीलाई पनि एलसी खोल्न दिनुपर्छ, मौद्रिक नीतिले यसलाई सम्बोधन गरोस्’

१४ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साउनको पहिलो साता मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । त्यसका लागि राष्ट्र बैंकले विभिन्न सरोकारवालाहरुसँग सुझावसमेत मागिरहेको छ । विभिन्न व्यावसायिक संगठन, बैंकर तथा अन्य सरोकारवालाहरुले मौद्रिक नीतिका लागि राष्ट्र बैंकसमक्ष आफ्नो सुझाव पनि पेश गरिरहेका छन् । यसैबीच बिकास बैंकहरु कस्तो मौद्रिक नीतिको अपेक्षा गरिरहेका छन् त ? अव आउने मौद्रिक नीतिमा के कस्तो व्यवस्था भयो भने बिकास बैंकहरु आफुलाई सहज हुन्छ भन्ने महसुस गरिरहेका छन् त ? हामीले डेभलोपमेन्ट बैंकर्स संघ (डिबिएन)का पूर्व अध्यक्षसमेत रहेका गरिमा बिकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकाललाई ५ प्रश्न गरेका छौं ।

१. अवको मौद्रिक नीतिमा बिकास बैंकका अपेक्षाहरु के-के छन् ?

बिकास बैंकहरुमा कोभिडका कारणले विभिन्न समस्याहरु देखिएका छन् । सबैतिर देखिएको महामारीको प्रभाव बैंकमा पनि देखिएको छ ।  तरलता संकटले गर्दा रिकभरीमा समस्या देखिएका छन् । त्यसलाई सहज हुने तरिकाले नै मौद्रिक आउनुपर्छ भन्ने हाम्रो अपेक्षा र विश्वास हो । सरकारको नीति भित्र रहेर सबैलाई सहज हुने गरी राइट सेयर इस्यु गर्न स्वीकृति दिने हिसावले मौद्रिक नीति आओस भन्ने पनि हाम्रो चाहाना हो । अर्को कुरा हामीले बिगतमा पनि कुरा राखेको तर अहिलेसम्म सम्बोधन नभएको विषय भनेको एलसीको हो । वाणिज्य बैंकहरु भन्दा बिकास बैंकहरु प्राविधिक रुपमा कतै पनि कमजोर छैनन् । मेनपावरका हिसाबले पनि हामी अगाडी छौं । यस्तो स्थितिमा बिकास बैंकहरुलाई एलसी खोल्न किन नदिने ? हामीले यो समस्याको सम्बोधन यसपाली होस् भन्ने अपेक्षा गरेका छौं ।  थर्ड पार्टी कोल्याट्रलको कुरा पनि हामीले राखेका छौं । एउटाले कम्पनी खोल्यो, आफ्नो नाममा घर जग्गा छ, त्यो घर जग्गा कम्पनीबाट काम गर्दा कम्पनीमा ट्रान्सफर गर्नु पर्ने हुँदा सानो-सानो काम गरेर खानुपर्ने व्यवसायीहरुलाई मर्का परेको देखियो । त्यसकारण प्रोप्राइटर आफैं छ र सम्पत्ति आफ्नै नाममा छ भने त्यसलाई थर्ड पार्टी नमानी काम गर्ने व्यवस्था होस् भन्ने चाहाना हाम्रो छ ।जसरी पनि अहिले बजारमा देखिएका असहज परिस्थितिलाई एडजष्ट गर्नेगरी मौद्रिक नीति आउनुपर्छ भन्ने हाम्रो अपेक्षा हो ।
२. तरलताको कुरा उठिहाल्यो, तरलता संकट कहिले सम्म जाने देख्नुहुन्छ ? 
तरलता संकट त्यसै आएको होइन र यो हल्का विषय पनि होइन । जवसम्म हामी उत्पादन बढाउँदैनौं, उपभोग्य सामान हामी आफैं उत्पादन गर्दैनौं, तवसम्म तरलताको समस्या रहीनै रहन्छ । सबैभन्दा ठुलो कुरा उत्पादन हो । हामीले आयात कम गर्नेगरी उत्पादन बढाउनुपर्छ । बैंकहरुले पनि जुन किसिमले लगानी गरेका छन्, त्यसमा अव हामीले पनि कन्ट्रोल गर्नुपर्छ । पूँजीगत खर्च नबढ्ने, हामी उत्पादन पनि नगर्ने अनि सबै कुरा आयातमै भर पर्दा तरलता संकट कम हुने स्थिति रहँदैन ।
३. उत्पादन त तत्काल हुने कुरा भएन, अहिलेकै अवस्थामाचाहिं तरलता संकट कहिले कम होला ?
सबैले के कुरा बुझ्नुपर्छ भने – नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाबाट मात्र नभएर टोटल सिस्टम बाट नै तरलता संकट आएको हो। युक्रेन र रसियाको युद्धका कारण हामीलाई सामान आयात गर्न पनि महँगो भईरहेको छ । सबै कुराको भाउ बढेको छ । महंगी यसैकारण बढेको छ । जति रकममा समान आउंथ्यो, अहिले त्यसको कष्ट नै बढेको छ । खरिद मूल्य बढेपछी त्यसले महंगी बढाउँछ नै । अव विस्तारै युद्ध कम हुँदै जाने देखियो भने केहि संकट कम त हुन्छ नै । आशन्न चुनावबाट पनि केहि पैसा सिष्टममा आउला । तर पूरै फ्री हुने अवस्था तत्काल देखिएको छैन । त्यसका लागि अझै १-२ बर्ष त लाग्छ नै । तत्काल अहिलेको अवस्था हेर्ने हो भने तरलता संकट यतिमै सकिन्छ भन्न सक्ने अवस्था छैन ।
४. तरलता समस्याको केहि हदसम्म समाधान गर्न के गर्नुपर्ला ?  केहि उपाय त होलान् नि ?
यस विषयमा लामो बहस भईरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले अनुत्पादन क्षेत्रमा लगानी कम गर्नुपर्यो । हामी नागरिकले बिलासिताका बस्तुहरुको उपयोग कम गर्नुपर्यो । हामी नेपाल सरकारलाई धेरै गाली मात्र गर्छौं । तर यस्तो अवस्थामा त हामीले सरकारलाई सहयोग पनि गर्नुपर्छ । कुन समान आयात गर्ने कुन नगर्ने वा कुन कम गर्ने भन्ने विषयमा सबै पक्ष सचेत भयो भने यो समस्या समाधानका लागि पक्कै सहज हुन्छ । अर्को कुरा भनेको रेमिट्यान्स भित्र्याउन बैंकिङ च्यानलबाट नै विशेष पहल गर्नुपर्यो । यति काम गरियो भने तरलता केहि सहज पक्कै हुन्छ । तर हामीले अहिले जे छ, त्यहि नै गरिरहयौं, र समस्या समाधानका लागि कुनै पनि पहल गरेनौं भनेचाहिं स्थिति सहज तरिकाले अगाडी बढ्दैन ।

५. अन्त्यमा मौद्रिक नीतिमा तपाईंको सुझाव ?

खासमा तथ्य के हो भने, मौद्रिक नीतिमा हामीले जे भन्छौँ, त्यो हुन्छ भन्ने होइन र हुन सक्ने अवस्था पनि रहन्न । नेपाल राष्ट्र बैंकले धेरै पक्षलाई हेरेर मौद्रिक नीति बनाउँछ । यसमा स्वयम् नेपाल राष्ट्र बैंकका पनि धेरै बाध्यताहरु हुन्छन् । केन्द्रीय बैंकले पनि आफ्ना बाध्यता र सिमाहरुमा रहेर अहिलेको परिस्थितिलाई सम्बोधन गर्नेगरी र समस्याहरु केहि हदसम्म भएपनि समाधान हुनेगरी मौद्रिक नीति ल्याउन जरुरी छ । र मौद्रिक नीति सोहि अनुसार आउँछ भन्ने अपेक्षा पनि छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: