काठमाडौँ । अनिल केशरी शाहले नबिल बैंक लिमिटेड छोड्दै गर्दा उनको सम्मानमा ‘टिम नबिल’ले एउटा भिडियो बनायो । ६ मिनेट १२ सेकेन्डको सो भिडियो, मात्र भिडियो वा भिडियो सन्देश थिएन, बरु आम नागरिकको मन छुने सामाग्री थियो । अहिले यो भिडियो सामाग्रीले नेपाली बैंकिङ क्षेत्रमा मात्र होइन, समग्र संचार क्षेत्रमा पनि चर्चा कमाईरहेको छ । ‘कति मिठो क्रिएसन’, ‘कसले बनाउँछ यस्ता मन छुने भिडियो ?’ लगायतका कमेन्ट जोडेर सामाजिक संजालमा सो भिडियोलाई सेयर गरिएका छन् । भिडियोमा अनिल केशरी शाहलाई धन्यवाद भनिएको मात्र छैन, अनिल शाहसँगको आत्मीयतालाई निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ ।

६ मिनेटमा अनेक भावना बोलेको भिडियो
असार २०७९ को मिति देखाएर, नबिल बैंक लिमिटेडको प्रधान कार्यालयमा गाडीबाट कोहि निस्किएको दृश्यबाट भिडियो सुरु हुन्छ । अनिल शाहलाई नदेखाईए पनि उनी अनिल शाह हुन् भन्ने बुझ्न गाह्रो हुन्न । दृश्य अगाडी बढ्दै गर्दा गार्डले स्यालुट ठोक्छन् । हिंडाईका आवाजसँगै दृश्य टेलरतिर मोडिन्छ । सबैले अविभादन गर्छन् । त्यसपछि अनिल शाहको नामका अक्षरहरुमा नबिल बैंकका कर्मचारीको बुझाई प्रस्तुत हुन्छ । यहाँसम्म भिडियोको प्रस्तुती सामान्य छ । तर यसपछि जव अनिल शाहको कोठा बाहिर कर्मचारी हिंडेको र अनिल शाहप्रति कर्मचारीको बुझाईहरुलाई चित्रण गरिएका ब्यानरहरु देखिन थाल्छन्, दृश्यहरुले मन छुन्छ । नेपथ्यमा बजिरहेको ‘असारे महिनामा’ गीतको भाकाले भिडियोलाई अझ सुन्दर बनाएको छ ।
‘तिमी खास नेतृत्वकर्ता थियौ, जसलाई बाटो थाहा थियो। त्यहि बाटोमा हिड्थ्यौ अनि हामीलाई पनि त्यहि बाटो देखाउँथ्यौ ।’ कर्मचारीले देखाएका व्यानरमा अनिल शाहको काम गराई झल्किन्थ्यो । एकैछिनमा मनोज ज्ञवाली देखिन्छन् । उनी ‘तिमीजस्तो बोस प्रिय थियौ’ भन्ने ब्यानरका साथ देखिन्छन् । त्यसपछि अन्य कर्मचारीले देखाएका ब्यानरले पनि अनिल शाहको यथार्थ बोलिरहेको देखिन्छ । अनिल शाहले कर्मचारीलाई नेतृत्व गर्न सिकाएको, विश्वास गर्न सिकाएको, र विश्वास गरेको तथ्य देखाईएको मात्र छैन, यस्ता सीइओलाई गुमाउनुपर्दाको पीडा भिडियोमा देखाइएको छ । सबैले शाहलाई धन्यवाद दिएको शैलीले भिडियोलाई उत्कृष्ट बनाएको छ ।

भिडियोको मिठास अझ थपिन्छ, जहाँ नबिलका कर्मचारीले मात्र होइन, अनिल शाह बस्ने कोठा, उनको कुर्सीले के भन्छ भन्ने काल्पनिक कुरालाई सार्है मिठोसँग देखाइएको छ ।
‘तिमी सीइओ भएर आयौ, तर हिरो भएर गयौ’ यो दृश्य सार्है आकर्षक तरिकाले प्रस्तुत गरिएको छ । भिडियोको २:४३ सेकेन्डमा पुग्दै गर्दा ‘हामी तिमीलाई यहाँ सार्है मिस गर्नेछौं’ भन्ने दृश्य देखाईदा हेर्नेहरु जति भावुक हुन्छन्, त्यहाँभन्दा बढी अर्को दृश्यमा क्यामरालाई हातले छेक्न खोजेर कर्मचारीले आफुले शाहलाई ‘कति मिस गर्नेछु’ भन्ने तथ्य व्यक्त गर्न खोज्दाखोज्दै पनि नसकेको दृश्यले हेर्नेहरुको आँखा भिजाउँछ । त्यसपछि देखिने हरेक दृश्यले अनिल शाहको सम्मानमात्र गरेको छैन, कर्मचारीले उनीमाथि राखेको विश्वास र उनले सिकाएको पथमा कर्मचारी झन् दृढ भएर लाग्छन् भन्ने तथ्य बुझाइएको छ । भिडियोका हरेक ‘शट’ मन छुने खालका छन् । ४ मिनेट ५२ सेकेन्डमा कर्मचारीहरुले बिदाईका हात हल्लाएको दृश्य अर्को भावुक दृश्य हो, जहाँ पुगेपछि हेर्नेहरु भक्कानिन्छन् ।
भिडियोको अन्तिममा अनिल शाह बोस मात्र नभई, दाईसमेत रहेको ‘टेक्स्ट पर्फर्मेन्स’ले भिडियो थप सुन्दर बनाएको छ । समग्रमा शाहको बिदाईका लागि बनाइएको एउटा सामान्य भिडियोले असामान्य मन जितेको छ । अहिले यो भिडियो दोहोर्याएर मात्र होइन, दशकौं पटक हेर्नेहरु छन् ।अनिल शाहले पनि सबैलाई धन्यवाद दिंदै यो भिडियो सेयर गरेका छन् । अन्य बैंकका कर्मचारीहरुले पनि ‘हेर ! भिडियो भनेको यस्तो हुनुपर्छ !’ भनेर चर्चा गरिरहेका छन् ।

नबिल बैंकमा कसले गर्छ यस्ता मनछुने ‘गज्जबका क्रिएसन’ ? कहाँबाट फुर्छ यति मिठो कन्सेप्ट ?
धेरैको प्रश्न हुन सक्छ- ‘यति मिठो भिडियो कसले बनायो ?’ यसको सरल उत्तर छ, बैंकका कृष्ण सुबेदीको नेतृत्वमा यो भिडियो बनेको हो । भिडियोको सबै कन्सेप्ट, र स्क्रिप्ट उनकै हो । उनले स्क्रिप्ट फाइनल गरेपछि एम्निल नामक एजेन्सीले सो भिडियोलाई खिच्ने र सम्पादन गर्ने काम गरेको हो । यस अघि नबिल बैंक लिमिटेडले बनाएका दुई चर्चित भिडियोहरु (कोरोना कालका) भने बिजनेश एडभान्टेज नामक एजेन्सीले बनाएको थियो । यसपटक झन्डै १५ दिन लगाएर कृष्ण सुबेदीले यो भिडियो तयार गरेका हुन् र यसको निर्देशक पनि उनै हुन् ।
‘अनिल सरको बिदाईका लागि एउटा भिडियो बनाउँ भन्ने सोचेर काम गरें । कन्सेप्ट, स्क्रिप्ट, सबै तयार भएपछी भिडियो खिचियो । बैंकका साथीहरुलाई उहाँहरुको दृश्यबारे थाहा भएपनि अन्तिम भिडियो भने मैले एकैपटक बिदाई समारोहमा सर्प्राइज दिएर राखेको थिएँ । अहिले सबैको प्रतिक्रियाले सार्है खुसी लागेको छ । सबैले कति राम्रो काम गरेको भनेर प्रशंसा गरेपछि झन् खुसी भएको छु। ‘ अर्थ सरोकारसँग कुराकानी गर्दै सुवेदीले भने, ‘फाइनल आउटपुट राम्रो हुन्छ भन्ने त थाहा थियो, तर यति राम्रो मानिदिनुहुनेछ भन्ने सोचेको थिईन । सबैको प्रतिक्रियाले कति खुसी छु, व्यक्त नै गर्न सक्दिन ।’
‘कहाँबाट फुर्छ यस्तो मिठो कन्सेप्ट ?’ हाम्रो प्रश्नमा उनले भने, ‘यस्तो कन्स्पेटमा काम गरौँ भन्ने भयो । कहाँबाट फुर्यो, फुर्यो । जे होस्, कामलाई रुचाईदिनुभयो, म त्यसमै खुसी छु।

कला र कन्सेप्टका यति धनी सुवेदी कसरी बने बैंकर ?
कृष्ण सुबेदी केहि समय यतादेखि नबिल बैंकको रिटेल लायाबलिटिज, कर्पोरेट कम्युनिकेसन, मिडिया र सीएसआर विभागका प्रमुख भएर काम गरिरहेका छन् । यसभन्दा अघि उनी माछापुच्छ्रे बैंकमा काम गर्थ्य । माछापुच्छ्रे बैंकभन्दा अघि उनी एनएमबि बैंकमा काम गर्थे । एनएमबि बैंकभन्दा अघि वरुण वेभरेजमा काम गर्थ्य । एनएमबि र माछापुच्छ्रेमा राम्रो ट्रयाक रेकर्ड भएपनि उनी बैंकिङमा यति सफल ठहरिएका भने नबिल आएर हो । नबिलमा उनको कामदेखि प्रभावित भएर अहिले विभिन्न अरु बैंकले पनि उनलाई सार्है गतिला अफरहरु गरिरहेका छन् ।एउटा उदाहरण -‘कसैले ब्राण्डीङमा सबै भन्दा राम्रो बैंकर को छ ?’ भनेर सोध्दा धेरैले कृष्ण सुबेदीकै नाम लिने गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्