×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सीआरआर कायम गर्न राष्ट्र बैंकसँग सस्तोमा लिएको पैसा उसैलाई महँगोमा बेच्दै बैंकरहरु, ‘फोकटमा ३ प्रतिशत नाफा’ !

काठमाडौँ । नेपाल राष्ट्र बैंकसँग सस्तोमा लिएको सापटीलाई राष्ट्र बैंकलाई नै महँगोमा बेचेर बैंकहरुले नाफा कमाएको पाइएको छ ।एक साताका लागि उपलब्ध हुने एसएलएफ सुविधा लिएर बैंकहरुले राष्ट्र बैंक बैंकसँग सस्तोमा लिएको सापटी लगानी गरेर २८ दिनभन्दा माथिका ऋणपत्रमा महँगो दरमा लगानी गरेर नाफा कमाएका हुन् ।

अहिले स्थायी तरलता सुविधाको ब्याज दर ७ प्रतिशत छ भने ट्रेजरी बिलको ब्याज दर (बट्टा दर) १० प्रतिशत माथि छ । यसरि राष्ट्र बैंकसँग लिएको सस्तो सापटी महँगोमा बेचेर बैंकहरुले ठाउँको ठाउँ ३ प्रतिशत नाफा कमाउन बैंकहरु सफल भएका हुन् । राष्ट्र बैंकका अनुसार, २८ दिने ट्रेजरी बिलको दर १०.०६ प्रतिशत छ भने ९१ दिनेको १०.७९ प्रतिशत छ । यस्तै यो दर  १८२ दिनको १०.८१ प्रतिशत र ३६४ दिनको १०.४६ प्रतिशत छ ।
बसी-बसी ३ प्रतिशत नाफा कमाउन पाएपछि चुपचाप बैंकहरु 
बैंकहरुले केहि समय अगाडी ७ प्रतिशत ब्याज नै महँगो भयो भन्दै आवाज उठाउने गरेका थिए । तर तरलता संकटका कारण ब्याजदर माथि बढ्दै जाँदा बैंकहरुले ट्रेजरी बिलमा १० प्रतिशतभन्दा माथि लगानी गर्न पाउने भएपछि अहिले बैंकहरु चुप छन् । ‘हामीलाई ठाउँको ठाउँ ३ प्रतिशत नाफा छ । नाफा भएपछि हामीले धेरै बोल्ने कुरा पनि भएन । तर राष्ट्र बैंकले पनि यस विषयमा पक्कै ख्याल गरेको हुनुपर्छ। ‘ अर्थ सरोकारसँग कुरा गर्दै एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘तरलता संकटका कारण एक ठाउँ भयो । तर रकमको उपयोगीता भने भएन ।’
उनका अनुसार राष्ट्र बैंकले दिने स्थायी तरलता सुविधा भनेको सीआरआर कायम गर्नका लागि मात्र हो । ‘अहिले सीआरआर ३ प्रतिशतमा झारिएको छ । पहिला यो दर ६ प्रतिशत थियो । अहिले सीआरआर पनि कम कायम गर्नुपर्ने अनि ट्रेजरी बिलमा बढी ब्याज आउने भएपछि नाफा कमाइएको छ । तर यस्तो ‘रमाइलो’ अव धेरै दिन हुँदैन भन्ने पनि धेरैलाई थाहा छ । जहाँसम्म मलाई लाग्छ, सीआरआर ६ प्रतिशत नै पुर्याउने तयारीमा राष्ट्र बैंक छ।’

अहिले नेपाल राष्ट्र बैंक मौद्रीक नीतिको तयारीमा छ । विभिन्न सरोकारवाला निकायहरुसँग सुझाव माग्ने काम राष्ट्र बैंकले गरिरहेको छ भने आउँदो साउन पहिलो सातामा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । विभिन्न बैंकहरुले सीआरआरका लागि लिईने रकमलाई नाफा कमाउनेगरी उपयोग गरेको देखेको राष्ट्र बैंकले अव बैंकहरुलाई यस्तो ‘रमाइलो’ गर्न धेरै दिन दिने छैन भन्ने कुरामा भने खासै शंका छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: