×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘हामीले चाहेअनुसार मौद्रिक नीति आएन’– छोटेलाल रौनियार

काठमाडौं । आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति सार्वजनिक भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षका लागि नीति सार्वजनिक गरेका हुन् । मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर अधिकारीले सेयर कर्जामा रहेको अधिकतम १२ करोडसम्मको कर्जा नीति यथावत रहेको बताएका छन् । एउटा बैंकबाट अधिकतम ४ करोड र सबै बैंक तथा वित्तीय संस्थामा गरेर १२ करोड गरेर ऋण लिन पाइने पूर्ववत् नियमलाई सामान्य हेरफेर गरेर एउटा बैंकबाट १२ करोडसम्म ऋण लिन पाइने भन्दै राख्दै राष्ट्र बैंकले सो नियममा परिमार्जन गरेको हो । गभर्नर अधिकारीले मौद्रिक नीति प्रस्तुत गरेसँगै हामीले अग्रज लगानीकर्ता छोटेलाल रौनियारसँग मोद्रिक नीतिका विषयमा प्रतिक्रिया लिएका छौँ ।

४ हट्यो तर १२ हटेन नी, के भन्नुहुन्छ ?
खासमा हामीले चाहे अनुसारको मौद्रिक नीति आएन । हामीले चाहे अनुसार सेयर बजारमा लगाइएको ४–१२ को नीति पुर्ण रुपमा हट्नुपर्थो तर त्यसो भएन । गभर्नरले ४ त हटाउनुभयो तर १२ हटाउनुभएन । यद्यपी आम लगानीकर्तालाई अलिकति भएपनि राहत महशुस भएको छ । हामीले त खारेजै गर्नुपर्छ भनेका हौँ । त्यसो नभएर गभर्नरले १२ करोडको सिलिङ कायम राखिदिनुभएको छ । र एउटै बैंक गरिदिनुभएकोले पनि धेरै क्षति हुनबाट जोगिन्छ भन्नेमा विश्वास गरेका छौँ ।

यसपालीको मौद्रिक नीतिले तपाई चित्त बुझ्यो त ?
होइन, अब हामीले चाहेको कुरा पुरा भएको भए पुर्ण रुपमा चित्त बुझ्ने खालको मौद्रिक नीति आयो भनेर भन्न हुन्थ्यो । हामीले चाहेको भन्दा फरक आएपछि कसरी चित्त बुझ्यो भन्ने ? चित्त बुझाउनका लागि पहिलो काम मौद्रिक नीतिले ४–१२ नीति नै हटाउनु पथ्र्यो । र अर्को कुरा भनेको बजारमा यो तरलता संकट हटाउनका लागि, ब्याजदर नियन्त्रणका सवालमा खासै केही भएको पनि देखिएन । यसपालीको मौद्रिक नीति पुर्ण रुपमा समस्या समाधान गर्नेभन्दापनि तत्कालका लागि केही नियन्त्रण गर्ने खालको आयो ।

यस्ता छन् मौद्रिक नीतिका व्यवस्थाः
नेपाल राष्ट्र बैंकले कोरोनाको कारण स्थगित भएको काउन्टर साइक्लिकल बफर लागू गर्ने घोषणा गरेको छ । आर्थिक वष २०७९–८० सालको मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर अधिकारीले काउन्टर साइक्लिकल बफरलाई २०८० साल असार मसान्तसम्ममा कार्यान्वयनमा लैजाने घोषणा गरेका छन् । २०७६ सालको मौद्रिक नीतिमा २ प्रतिशत बिन्दुले काउन्टर साइक्लिकल बफर लगाउने नीति थियो । २०७६ सालमा कोरोना आएपछि ऋण बढाउनुपर्ने भएको हुँदा यसलाई राष्ट्र बैंकले स्थगित गरेको हो ।

त्यस्तै नेपाल राष्ट्र बैंकले मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति गर्दा धितोपत्र कारोबार रोक्ने सम्बन्धी राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेजी गरेको जनाएका छन् । सो अनुसार धितोपत्र बोर्डको नियमन बमोजिम हुने व्यवस्था गरिएको छ । त्यस्तै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कर्जा केन्द्रिकरण घटाउने बताएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात (सीआरआर)को सीमा ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ । यसको अर्थ अब बैंकहरुले निक्षेपको ४ प्रतिशत रकम अनिवार्य रुपमा मौज्दात राख्नुपर्नेछ ।

त्यस्तै यसपालीको मौद्रिक नीतिले बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको छ । राष्ट्र बैंकले ७ प्रतिशतमा रहेको बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको हो । तर्सथ बैंकहरुबीच एक आपसमा हुने कारोबारको दर अब बढ्ने भएको हो । यता गभर्नर अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा विस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण पनि गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: