×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बजार फर्किएकै हो ? असार मसान्तको प्रेसरका बाबजुत पनि किन बढ्यो बजार ? यसो भन्छन् जानकार…

काठमाडौँ । लामो समयको उदेकलाग्दो घटाईपछि सेयर बजार दुई दिन हरियो देखियो । बढेको समयमा राम्रै अंकले बढ्न थालेपछि बजारले ‘लो’ लगाएर फर्किएको अनुमान धेरै लगानीकर्ताहरुले गरिरहेका छन् । धेरैले सामाजिक संजालमा बजार फर्किएको तर्क गरिरहेका छन् भने केहिले अझै पनि बजार फर्किएको भन्न नसकिने बताईरहेका छन् । बिहीबार पनि ७४ अंकले बजार बढेपछि हौसिएका लगानीकर्ताले यसपटकको ‘लो’ लागिसकेको हो त ? भन्ने अड्कलबाजी पनि सुरु गरेका छन् । यद्यपी जानकारहरुले भने यस विषयमा मिस्रित प्रतिक्रिया दिएका छन् ।
डा. श्रेष्ठ यसो भन्छन्
सेयर बजारका जानकार डा. केशब श्रेष्ठ सेयर बजार धेरै घटिसकेपछि अलिअलि बढ्नु स्वाभाविक रहेको बताउँछन् । ‘बजार फर्किएकै होजस्तो मलाई लाग्दैन ।अब धेरैनै घटिसकेपछि अलिअलि बढ्नु स्वभाविक हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने- ‘असार मसान्तको ब्याज जोहो गर्न अलिअलि जम्प भएकोजस्तै भएको अवस्था हो ।’ अहिले बजारमा असारको प्रेसर छ । तरलता समस्या केहि समाधान भएकोजस्तो देखिएपनि लगानीयोग्य रकम पर्याप्त रहेको स्थिति छैन । यस्तो बेलामा पनि आखिर किन बजार बढ्यो त ? डा श्रेष्ठ भन्छन्- ‘बजार धेरै तल आएपछि त क्यासमा बसेका मानिसहरु बजारमा लाग्ने नै भए । थोरैथोरै गरेर किन्ने मान्छेहरु पनि धेरै छन्। अव मार्केट निकै तल आइसकेपछि मान्छेहरु सेयर किन्नको लागि बजार प्रवेश गर्छन् नै । अनि त्यो बजारभित्र पसेको देखेर अबचाहिँ बजारमा उकालो लागेको लाग्यै गर्छ भन्ने मानसिकता धेरैको हुन्छ र तिनीहरुले पनि किन्न थाल्छन् । अहिले पनि यसरी नै बजार बढेको हो । तर बजार बढेपछि निश्चित आधारहरु बिना बजार बढ्यो है भन्ने भयो भने फेरी पनि लगानीकर्ताहरु १०० /२०० अंकले बजार बढ्ने बित्तिकै नाफा बुक गर्न थाल्छन् । जसले बटममा किनेका छन्, तिनीहरुलाई त केहि न केहि नाफा भईहाल्छ । उनीहरुले बेच्न थाल्छन् फेरि सेलिङ प्रेसर आउँछ । त्यसो गर्दा समग्रमा बजार साइड लाइनतर्फ जाने प्रवित्ति हुन्छ । मैले बुझेको चाहिँ त्यस्तो हो ।’
उनका अनुसार अवको बजार साइवेजमा जाने अवस्था धेरै छ । ‘केहि समय बजार साइडवेजमै जाने देखिन्छ ।
त्यसपछिचाहिँ जव म्युचुअल फण्डहरुले लाभांश घोषणा गर्न थाल्छन् । अनि विस्तारै राम्रा कम्पनीहरुले पनि लाभांश घोषणा गर्न थाल्छन् । त्यसपछि बिस्तारै सम्हालेर थोरैथोरै गरेर माथि जाँदा राम्रो हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने ।
‘बजार प्रवेश गर्न डराइरहेकाहरुलाई के सुझाव दिनुहुन्छ ?’ भन्ने हाम्रो प्रश्नमा उनले बजार बढेको बढ्यै गर्छ भानु र बजार घटेको घट्यै गर्छ भन्नु दुवै ‘अतिवाद’का नमुना भएको जिकिर गरे । ‘अव सामान्यतया बजार नबुझेको मान्छेहरुले चाहिँ बजार बढ्दा बजार बढेको बढ्यै गर्छ भनेर उन्मात देखाउँछन् । बजार घटेको बेला अव बजार घटेको घट्यै गर्ने भयो भनेर तिनै मान्छे प्यानिक हुन्छन् । यो दुवै अतिवाद हो । सेयर बजारमा त्यो अतिवादबाट बर्च्नुपर्छ। सो अतिवादबाट बचनको लागिचाहिँ निश्चित समयको आफ्नै अनुभव चाहिन्छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने- ‘बजार तल खसेको बेलामा खसेकै खस्यै हुन्छ भनेर डराइ राख्नु हुँदैन । फण्डमेन्टल कम्पनीहरु राम्रा कम्पनीहरु एउटा उचित दरमा पाईराखिएको अवस्थामा, अझ भन्नुपर्दा ११ सयको बिन्दुमा भएको मूल्यभन्दा पनि तल्लो तहमा विभिन्न सेयरको मूल्य हेर्दा त डराउनुपर्ने स्थिति छ जस्तो लाग्दैन । अब एकदमै बटम पोइन्ट मह मात्रै गैर मैले किन्न पाए हुन्थ्यो भन्ने लोभ धेरैलाई हुनु स्वाभाविक हो । तर त्यो बटम कसैलाई पनि थाहा हुँदैन । तर बजारमा जथाभावी काम गर्नुभन्दाचाहिं डराएकै राम्रो हो ।’
बजार फर्किएकै हो ? रामहरि नेपाल के भन्छन् ?
यसैबीच हामीले बजार फर्किएकै हो त ? भन्ने प्रश्न सेयर बजारमा पछिल्लो पुस्ताका निकै प्रिय विश्लेषक रामहरि नेपाललाई सोधेका थियौँ । उनले प्राविधिक रुपमा जनवरी देखिको घटाईको सृंखला तोडिएको बताएका छन् । ‘बजारमा एउटा बुल रिर्भस नै भयो भन्ने कुराचाँहि नगरौं । किनकी बजारले भखरै एउटा रेसियो मात्र पार गरेको छ । तर हाम्रो २२ सयदेखि २९ सम्मको जुन स्वीङ आएको थियो, लगभग त्यस्तै किसिमको एउटा माओल चाँहि बन्छ नै ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने- ‘एकै पक्षलाई मात्र बजारले न्याय गर्ने मिल्दैन । मतलव, अहिले बजारले बायरलाइ न्याय गर्यो । अवचाँहि सेलेरलाई न्याय दिनको लागि पाँच-सात सयको स्वीङ आउन सक्छ । तर अब बुलनै रिर्भसन भयो भन्न चाँहि मिल्दैन । जबसम्म २९ सयको लेबल पार हुँदैन, तवसम्म बुल नै हो भन्नचाहिं मिल्दैन । तर ५ महिना देखिको ट्रेन्ड तोडिएको छ । त्यसैले बिहीबारको वृद्धिको केहि अर्थ छ ।’
असारको प्रेसर र लगानीयोग्य रकमको अभावका बीच पनि कसरी सेयर बजार बढ्यो त ? भन्ने हाम्रो प्रश्नमा नेपाल भन्छन्- ‘बजारको ‘प्राइमरी नेचर’ भनेकै बढ्नु हो । विभिन्न अन्य मानवीय व्यवहार, पोलिसी, लगायतका विषयले बजारमा घटबढ हुन्छ । त्यसकारण बजार बढ्नुको कारण नै बजार हो । बजार बढ्नु भनेको समाजको प्रगति हुनु हो । हामी पनि धनी बन्न चाहानु, देश समृद बन्न चाहानु भनेकोजस्तै बजारको पहिले काम नै बढ्नु हो । बजार बढ्न लागेपछि लहर पनि आउछ । बजार बढ्न थालेपछि बजार प्रवेश गर्नेहरु पनि बढ्छन् र बजार बढी नै हाल्छ । घट्नु भनेको नै बढ्नुको कारण हुन्छ ।
‘त्यसो भए अवको बजारको याता कतातिर हो त ?’ विश्लेषक नेपाल भन्छन्- ‘बजार केहि साइडलाइनमा जानसक्छ । तर जति बढ्छ, त्योभन्दा कमले घट्छ र जति कमले घट्छ त्यो भन्दा अलि कति भन्दा बढिले भए पनि बढ्छ । यो ‘नेचर’ अनुसार बजार केहि समयचाँहि साईडवेज जाने सम्भावना छ । अर्को कुरा भनेको असार मसान्तसम्मको क्लोजिङको पेसरले बजारमा आउनुपर्ने जति फन्ड अलि आउदैन । त्यहि भएर बजारले विस्तारैमात्र राम्रो रुप लिन्छ । बिस्तारी बजारले राम्रो रुप लिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: