×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

युक्रेन-रुस युद्धले अचाकली बढेको खाने तेलको मूल्य कार्टुनमै ४ सय रुपैयाँभन्दा बढिले घट्यो, आम जनतालाई राहत !

BIZBAZAR

काठमाडौं । रुस र युक्रेन द्वन्द्व सुरुवातभएसंगै मूल्य उच्च भइरहेको खानेतेलको मूल्य क्रमिक सस्तिन थालेको छ । लगातार भाउ बढेर उपभोक्ताको भान्सा महँगो बनाएको खानेतेल एक महिनायता बजारमा सस्तिन थालेको हो । प्रति कार्टुन २८ सयसम्म पुगेको सूर्यमुखी तेल २५ सयदेखि २६ सय रुपैयाँ भएको छ । २६ सय पुगेको भट्मासको तेल कार्टुनमा २२ देखि २३ सयसम्ममा आइपुगेको हो ।

यसअघि अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य बढेको भन्दै उद्योगीहरुले मूल्य बढाएका थिए । एक वर्षअघि प्रति कार्टुन २१ सय रुपैयाँ रहेको सूर्यमुखीको तेल बढेर ३५ सय रुपैयाँसम्‍म पुगेको थियो । एक महिनायता भने तेलको मूल्य विस्तारै घट्दै पुरानै लयमा फर्कन थालेको व्यवसायीहरुले बताएका छन् । अब भटमासको तेल घटेर प्रतिकार्टुन २ हजार र सुर्यमुखी तेल २१ सयभन्दा कम मूल्यमा आइपुग्ने व्यवसायीहरुको दाबी छ ।

युक्रेन र रुसका कारण देखाउदै कम्पनीहरुले तेलको मूल्य अत्यधिक बढाएका थिए । त्यतिबेला उद्योगीहरुले कच्चा पदार्थको अर्डरसमेत रोकेको भन्दै खानेतेलको मूल्य हालसम्मकै महँगो बनाएका थिए । लगातार मूल्य उच्च भइरहँदा छानबिनका लागि सरकार दबाबमा परेको थियो । अहिले दिनैपिच्छे तेलको मूल्य घटिरहेको छ । असार पहिले हप्तामा तेलको मूल्य घट्ने गरेको भए पनि यतिबेला दैनिक रुपमै घट्दै गएको छ ।

नयाँ उत्पादन आउन थालेपछि अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य घट्न थालेको आयातकर्ताको भनाई छ । स्थानीय बजारमा खाने तेलको मूल्य धेरै कारणले घटेको उनको भनाइ छ । यतिबेला वित्तीय समस्याका कारण उद्योगीहरुले तेलको मूल्य घटाएर बिक्री गर्न थालेको उनले बताउँछन् । असार मसान्त नजिकिएका कारण व्यवसायीहरुलाई कर तिर्ने दबाब भएकाले रकम जम्मा गर्नको लागि उत्पादन गरेर राखेको पुरानो स्टक कम मूल्यमा बिक्री गरिरहेको उनको भनाइ छ । यसअघि आयात भएका कच्चा पद्धार्थ टन्नै स्टक छ । पहिले महंगो परिरहेको कच्चा पद्धार्थ अहिले सस्तो हुन थालेको छ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal