नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले देशको अर्थतन्त्रलाई ठुलो प्रभाव पार्छ । मौद्रिक नीति कस्तो आउँछ भन्ने कुराले अव देशको अर्थतन्त्र कता जान्छ भन्ने कुराको बाटो देखाउँछ । कुनै बैंक तथा वित्तीय संस्था वा सेयर बजारमा के हुन्छ भन्दा पनि मौद्रिक नीति अर्थतन्त्रकै एउटा महत्वपूर्ण पाटो हो । र हामीले लगानी गर्दा पनि समग्र अर्थतन्त्रलाई, अर्थतन्त्रको आवश्यकता के छ भन्ने कुरालाई मध्यनजर गरेर अगाडी बढ्नुपर्छ ।
विगत दुई बर्षदेखि देशलाई कोभिड महामारीले नमज्जासँग असर गरेको छ । देशका अधिकांस व्यापार, व्यवसायहरुको स्थिति जर्जर छ । कोभिडले सबैजसोको आर्थिक स्थितिमा केहि संकुचन ल्याएको अवस्था छ । अर्कोतर्फ तरलता संकटको समस्याले सबैलाई अफ्ट्यारोमा पारेको छ । बैंकहरुको ‘सरप्लस’ एकदम कम भएको अवस्था छ । कोभिडले यस्तो गाह्रो बनाएका बेला युक्रेन र रसियाको द्वन्दले झन् पूर्ण विश्वलाई नै प्रभावित बनाएको छ । विश्वभर आर्थिक रुपमा धेरै देशहरुमा समस्या देखिएको छ । विश्वभर महंगी बढेको छ । ‘सप्लाई चेन’ नै प्रभावित बनेको छ ।
यसैबीच श्रीलंकाको आर्थिक स्थितिले झन् सबैलाई सोच्न बाध्य बनाएको छ । पाकिस्तानको अर्थतन्त्र पनि सोचेजस्तो राम्रो भएको छैन । बंगलादेश र भारतजस्ता देशको अर्थतन्त्र हेर्दा हामी एकदम ‘क्रिटिकल’ बेलामा छौं भन्ने बुझ्न गाह्रो छैन । यस्तो बेलामा आउने देशको मौद्रिक नीति पक्कै पनि ‘च्यालेञ्जिङ’ छ । र त बिकास बैंकको एउटा सीइओ भएको नाताले एक खालको अपेक्षा होला, तर अर्थतन्त्रलाई के चाहिएको छ भन्ने कुरा बढी महत्वपूर्ण छ यतिबेला । हामी सबैले ‘लक्जरी’लाई प्राथमिकता नदिएकै राम्रो हो यतिबेला ।
र त आयात हुने वस्तुहरुमा सबैलाई चाहिने खालको मात्र बस्तु आयात हुनुपर्छ भन्नेतर्फ मौद्रिक नीतिले पक्कै पनि सम्बोधन गर्छ । मौद्रिक नीतिले गाह्रो परेका उद्योगी, व्यवसायीहरुलाई पनि सम्बोधन गर्नुपर्छ र देशको अर्थतन्त्रलाई पनि सहि बाटोतर्फ लैजान सक्नुपर्छ । सँगै बैंक तथा वित्तीय संस्थामात्र होइन, अर्थतन्त्रका हरेक हिस्साहरुलाई मौद्रिक नीतिले सम्बोधन गरेमात्र देशको अर्थतन्त्र सहि दिशातर्फ लाग्छ । र त सन्तुलित मौद्रिक नीतिको विकल्प छैन ।
देशमा तरलता संकट चुलिएको छ । यो बेला हामीले ‘रियालिस्टिक’ हुन जरुरी छ । कतिपय स्थिति हाम्रो नियन्त्रण भन्दा बाहिर छ भन्ने कुरा हामीले बुझ्नुपर्छ । रेमिट्यान्सको ठुलो हिस्सा च्यानल भन्दा बाहिर छ भन्ने तथ्य मनन गरेर हामीले सकेसम्म कसरी सो पैसा हाम्रै बैंकिङ च्यानलबाट ल्याउन सक्छौँ भन्ने कुरा सोच्न र मनन गरेर अगाडी बढ्न जरुरी छ । विदेशमा रहेका नेपालीहरुले नेपालमा पैसा जम्मा गर्दै गर्दा सो पैसालाई बढोत्तरी गरेर कसरी पैसा फिर्ता लैजान सक्छन् भन्नेतर्फ पनि हामीले सोच्न जरुरी छ ।
बैदेशिक लगानीलाई भित्र्याउन हामीले गर्नुपर्ने कुराहरु के के हुन्, त्यो गरिहालेर सरकारले गर्नुपर्ने खर्च पनि समयमा गर्न के के गर्नुपर्छ भन्ने तथ्य मनन गर्दै त्यसको कार्यान्वयनतर्फ लैजान आवश्यक छ । रेमिट्यान्सलाई प्रमोट गर्नुको विकल्प छैन । सबै पैसा च्यानलबाट आउने हो भने तरलता समस्या समाधान हुन समय लाग्दैन । तर त्यसका लागि सरकारीस्तरबाट राम्रो गृहकार्य जरुरी छ ।
समग्रमा भन्दा रेमिट्यान्सलाई प्रमोट गर्नेगरी, रेमिट्यान्स च्यानलमार्फत नै नेपाल ल्याउने गरी, बिलासिताका समानहरुको आयातलाई निरुत्साहित हुनेगरी, आफ्नै उत्पादनलाई प्रोत्साहन गर्नेगरी, कोभिडले निम्त्याएका सबै समस्याहरुको सम्बोधन हुनेगरी र तरलता समस्याको समाधानका खातिर सहि अर्थमा काम हुनेगरी मौद्रिक नीति आउनुपर्छ । आजको अर्थतन्त्रको मुख्य चुनौति र आवश्यकता दुवै यहि हो ।
(अर्थ सरोकारकर्मी सुदर्शन श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्