×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘बुझ्दाबुझ्दै साना लगानीकर्ताहरु घाटामा गए, उनीहरुलाई उकास्नेगरी मौद्रिक नीति आउनुपर्छ’

काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना लगानीकर्ताहरुले सेयर बजार बुझ्दा-बुझ्दै घाटा व्याहोरेकाले उनीहरुलाई उकास्नेगरी मौद्रिक नीति आउनुपर्नेमा जोड दिएका छन् । काठमाडौँको होटल र्याडिसनमा महासंघले गरेको आर्थिक बर्ष २०७९-८० को मौद्रिक नीतिको समिक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । डिम्याट खातावहाक नै ५५ लाख कटिसकेकाले उनीहरुलाई ध्यान दिएर मौद्रिक नीति आउनुपर्ने उनको भनाई थियो । नेपाल राष्ट्र बैंकले ल्याएको ४-१२ को सेयर कर्जा नीतितर्फ संकेत गर्दै गोल्छाले यस्ता नीतिहरुले साना लगानीकर्ताहरुलाई निकै गाह्रो पारिरहेको बताएका छन् ।
‘अहिले डिम्याट खाता खोल्नेहरु नै ५५ लाख कटिसके । उनीहरुलाई ख्याल गरेर मौद्रिक नीति ल्याईनुपर्छ ।’ कार्यक्रममा बोल्दै उनले भने, ‘मौद्रिक नीतिमा साना सेयर लगानीकर्ताका पक्षमा आवश्यक नीतिहरु आउन आवश्यक छ ।’ कार्यक्रममा बोल्दै उनले आउँदो मौद्रिक नीतिले व्यवसायीका समस्याहरु पनि समाधान गर्न सक्नुपर्ने बताएका छन् ।
 नीजि क्षेत्रले मौद्रिक नीतिले चासोका रुपमा हेरेको भन्दै उनले अवको आउने मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान बनाउने खालेको हुनुपर्नेमा जोड दिए । अध्यक्ष गोल्छाले बैंकलाई नाफामा कडाइ गरेर अगाडि बढ्नुपर्ने र आयातमा सतप्रतिशत मार्जिनको व्यवस्थामा पुनरबिचार गर्नुपर्नेतर्फ नेपाल राष्ट्र बैंकको ध्यानाकर्षणसमेत गराएका छन् ।

‘उद्योग व्यवसायीले कर्जा नपाएको गुनासो गरिरहेका छन्, तरलताको समस्या समाधान गर्न मौद्रिक नीतिले केही सहज गर्नस सक्ने हाम्रो अपेक्षा छ । अहिले ठूलो चुनौति नभएपनि केही खास समस्या भने छ, साना उद्यमीको सम्झौता गरिसकेको ऋण नपाएको गुनासो गर्ने गरेका छन् भने कच्चा पदार्थको मूल्य बढ्दा मुल्यवृद्धिमा असर परेको छ ।’ कार्यक्रममा बोल्दै उनले भने-ब्याजदर कम हुँदा पनि धेरै बिकृति थिए, अहिलेको ब्याजदर र मूल्यवृद्धि धान्नै नसक्ने खालको छ।,’ अध्यक्ष गोल्छाले अनुत्पादकशिल क्षेत्रमा कडाइ गर्यो भने अर्बौंको राजश्व गुम्ने भन्दै त्यसले अर्कै समस्या निम्त्याउँने हुनाले त्यसतर्फ पनि ध्यान दिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरे ।

महा संघमा बैंकहरुले अतिरिक्त शुल्क नलिई ऋण नदिएको सम्बन्धि दर्जनौं उजुरी आएको पनि अध्यक्ष गोल्छाले खुलासा गरे ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: