×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ब्याजकै लोभले सहकारीमा पैसा राखेका बचतकर्तालाई ‘सावाँ तिर्छु, ब्याज सक्दिन’ भन्न पाइन्छ ? के भन्छ सहकारी विभाग ?

काठमाडौं । हजारौं बचतकर्तालाई रुवाएर भागेका गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतम सार्वजनिक भएका छन् । सहकारी बन्द गरेर एक हप्तादेखि फरार भएका गौतम शुक्रबार सहकारीको केन्द्रीय कार्यालय, कुलेश्वरमा सार्वजनिक भएका हुन् । सहकारी विभागले उनलाई खोजिदिन प्रहरीलाई पत्राचारसमेत गरेको थियो ।
तर हजारौं बचतकर्तालाई अन्यौलमा राखेर भागेका उनलाई उनका केहि नजिकका आफन्त, सहकारीका कर्मचारीले फूलमालाले स्वागत गरेका थिए । सहकारीमा फर्केपछि बचतकर्तालाई सम्बोधन गर्दै उनले आफुले सबैको सावाँ तिर्ने तर ब्याज भने छुट दिन बचतकर्तालाई आग्रह गरे ।
‘फर्किनासाथ ठूला निक्षेपकर्ता र सहकारी विभाग लगायतसँग कुरा गरें, सबैलाई भेटघाट गरें,’ बचतकर्ताहरुलाई सम्बोधन गर्दै उनले भने- ‘ढुक्क रहनुस्, एक पैसा तलमाथि हुने छैन । मेरो सम्पत्ति बेचेर पनि तपाईंहरुको पैसा तिर्छु ।’केही समय दिनुस् । पहिले त दिनमा १०/२० करोड मात्रै कारोबार हुने भएर व्यवस्थापन भएको थियो, अहिले सबै जना एकैपटक माग्न आउनु भयो भने दिन सक्दिनँ । यस्तो भयो भने त राष्ट्र बैंकले पनि सक्दैन । तपाईंहरुले पनि केही ब्याज माफी दिनुस्, तपाईंको बचतभन्दा मेरो सम्पत्ति धेरै छ । ऋण उठ्न पनि बाँकी छ, तिर्न सक्छु ।’
बचतकर्ताहरुलाई सम्बोधन गर्दै गौतमले आफु सहकारीकै भवनमा बस्ने र कहीँ नभाग्ने दाबी गरे । ‘तपाइँहरुले नै मलाई सुरक्षा दिनुस्,’ उनले भने,’ अब शनिबार पनि अफिस खोल्छु । ५-५ जनाको समूह बनाएर आउनुस् सबैलाई भेट्छु । मन्त्रालय गएर तपाईंहरुको पैसा फर्काउने प्रतिवद्धता गर्छु,’ गौतमले भने,’षडयन्त्रपूर्वक यस्तो भयो, जे भएपनि कसैको एक पैसा डुब्ने छैन ।’ उनले भने ।
‘ब्याज दिन सक्दिन’ भन्न पाइन्छ ?
सहकारी विभागका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार उनले सकेसम्म ब्याज तिर्नु नपरेहुन्थ्यो भनेर मात्र त्यसो भनेका हुन् । ‘भनिएको ब्याज दिनुपर्छ । अव कोहि बचतकर्ताले भैगो, म ब्याज नै लिन्न भन्यो भने फरक कुरा हो । तर सहकारीका मालिकसमेत भेटिईसकेको अवस्थामा विभागका तर्फबाट ब्याज छुट दिलाउनेगरी निर्णय हुन सक्दैन ।’ ती अधिकारीले अर्थ सरोकारसँग भने, ‘भन्नु र गर्नु र त्यसमा कानुनी प्रावधान के छ भनेर अगाडी बढ्नु फरक कुरा हो । गौतमजीले भनेजस्तै सबैले ब्याज छुट दिन मान्छन् भन्ने छैन । बचतकर्ताका अगाडी हाजिर गरिसकेपछि ब्याज पनि दिनुपर्छ । सहकारी समस्याग्रस्त घोषणा हुँदैछ । समस्याग्रस्त घोषणा हुँदा ब्याज के गर्ने भन्ने विषयमा माथिबाटै निर्णय भयो भनेचाहिं, ब्याजमा केहि छुटको निर्णय हुनसक्ला, तर अहिलेसम्म त्यस्तो भएको थाहा छैन। ‘
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: