Skip to content
LAXMI SUNRISE BANK

महानगरका मेयर बालेन शाहले ‘हटाउनू’ भनेको नबिल बैंकको गैरकानुनी संरचना हट्दै, नबिल कहाँ चुक्यो ? अव के हुन्छ ?

सुदर्शन श्रेष्ठ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले नबिल बैंकको न्यूरोड शाखा हटाउन निर्देशन दिएका छन् । मेयर साहले बैंककको कार्यालय बेसमेन्टमा गैरकानुनी रुपमा राखेको भन्दै त्यसलाई हटाउन निर्देशन दिएका हुन् । नक्सापास विपरीत बेसमेन्टमा बैंकको कार्यालय रहेको देखेपछि बुधबारबाटै कार्यालयको सो संरचना हटाउन निर्देशन दिइएको छ । बालेन्द्र शाहको निर्देशनपछि बैंकले सो संरचना हटाउने भएको छ । बैंकको साखा सो भवनको माथिल्लो तल्लामा भएपनि पछि ठाउँ नपुगेको भन्दै बैंकको साखा प्रबन्धकको कोठा, अन्य केहि कर्मचारीको कार्यस्थल तल बेसमेन्टमा सारिएको थियो ।

बैंक भन्छ- ‘हल्ला बढी भएको हो, त्यो संरचना हटाउन हामीलाई कुनै समस्या छैन’

यता नबिल बैंक लिमिटेडका सूचना अधिकारी सुरेश त्रिपाठी बैंकले सो संरचना हटाउन लागेको बताउँछन् । ‘धेरैलाई अहिले भ्रम भएकोचाहिं नबिल बैंकको साखा नै बेसमेन्टमा हो कि भन्ने छ, जुन गलत हो । हाम्रो साखा सो भवनमा माथिल्लो तल्लामा छ । पछि कोठा नपुगेपछि हामीले बेसमेन्टमा हाम्रो संरचना बानायेका थियौं । अव महानगरले हटाउनु भनेपछि हामीले सो संरचना हटाउने भएका छौँ । त्यहाँ ब्रान्च मेनेजर लगायत ७-८ जना कर्मचारीहरु बस्नुहुन्थ्यो, जसलाई हामी अन्य साखामा एडजष्ट गर्छौं । हाम्रो न्युरोडमै पनि अन्य साखा छन् । त्यसैले हामीलाई कुअनि पनि समस्या छैन।’

उनका अनुसार तत्कालीन नेपाल बंगलादेश बैंकको साखा पनि न्युरोडमा रहेको र सो साखा अहिले नबिल भएकाले अव स्पेसको कुनै खाँचो छैन । ‘हामीले अन्य ठाउँमा नयाँ साखा खोल्नुपर्ने स्थिति छैन । माथिको साखा माथि नै रहन्छ। सो भवनमा हटाउनुपर्ने संरचनामा बसेकाहरुलाई अरु साखामा एडजष्ट गरिन्छ । बिग्रेको केहि छैन । महानगरले हटाउनू भनेपछि हामीले हटाउनु नै पर्छ । र हामी हटाउँछछौँ ।’

‘गैरकानुनी हो’ भन्ने जान्दाजान्दै न्युरोडमा नियम मिचेर संरचना बनाएको थियो नबिलले

बैंकका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार नबिल बैंक लिमिटेडले सो साखा निर्माण गर्ने बेलामा नै सो संरचना गैर कानुनी हो भन्ने थाहा पाइसकेको थियो । यस विषयमा बैंकले सम्झौताको अर्को पक्ष अर्थात घराभेटीलाई प्रश्न पनि गरेको थियो । घरभेटीले हुनचाहिं पार्किङ नै हो तपाईंहरुको रिस्कमा बस्नुस भनेका थिए भने बैंकले ‘महानगरपालिकाले दुख दिए हाकिमले मिलाईहाल्छन् नि ! भनेपछि माथिल्लो तल्लामा रहेको साखा तल बेसमेन्टमा पनि विस्तार भएको थियो । तल बेसमेन्टको संरचनामा ब्रान्च मेनेजरसहित केहि कर्मचारी बस्दै आएका थिए । ‘नबिललाई नबिलले खोल्न खोजेको साखाको ठाउँ गैरकानुनी हो र त्यहाँ बैंकको साखा खोल्न पाईदैन भन्ने थाहा थियो ।’ नबिल बैंकका एक उच्च अधिकारीले भन्छन्- ‘अहिले घरभेटीलाई दोष दिने काम भएको छ । जवकि नबिललाई यहाँ संरचना बनाउन पाइन्न भन्ने थाहा थियो ।’

यता बैंकका सूचना अधिकारी सुरेश त्रिपाठी भने सो ठाउँमा संरचना बनाउँदा त्यहाँ वरपर अरुले पनि बेसमेन्टमा संरचना बनाएकाले आफुहरुले पनि बनाएको तर्क गर्छन् । ‘अहिले पो कुरा उठ्यो त, त्यति बेला त सबैले गरेकै थिए, चलेकै थिए । चलेपछि हामीले पनि चलायौँ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने -‘अहिले महानगरले हटाउनु भनेको छ, हामी हटाउँछौँ ।’

‘अनि चलिरहेको छ भनेर गलत काम गर्न पाइयो त ?’ हाम्रो प्रश्नमा नबिलका सूचना अधिकारी त्रिपाठी भन्छन्- ‘त्यो बेला चलेको थियो र चलाइयो । हामीले सम्झौता गरेको त घरभेटीसँग न हो । घरभेटीले दिएपछि नमिल्ने भएन भन्ने भयो । अहिले गलत भन्ने भएपछी हामीले सो संरचना हटाउँदैछौं ।’

अव के हुन्छ ?

नबिल बैंकका सूचना अधिकारी त्रिपाठीले दिएको जानकारी अनुसार अव नबिलले सो संरचना हटाउँछ । साखा प्रबन्धकलाई अर्को साखामा वा माथिल्लो तल्लामा रहेको बैंकको साखामा एडजस्ट गराउँछ । ‘महानगरले भनेको समयभित्र हामी सो ठाउँ छोडीहाल्छौँ ।’ सूचना अधिकारी त्रिपाठीले अर्थ सरोकारसँग भने -‘हाम्रै पूराना साखा पनि छन्। नेपाल बंगलादेश बैंकको साखा पनि भएकाले हामीलाई कुनै पनि समस्या छैन । घरभेटीको भरपर्दा अलिकति हामीमाथि पनि प्रश्न उठ्यो, अलि समस्या त्यहिंमात्र भयो, अरु केहि पनि समस्या छैन ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK