×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गौतमश्री प्रकरण प्रभाव : ‘राम्रै चलेका सहकारी’बाट पनि ग्राहकले भकाभक पैसा झिक्न थाले, ‘माटोमै मिल्ने भो विश्वास’ !

काठमाडौं । केहि समय अगाडी कुलेश्वरमा रहेको गौतमश्री सहकारीका संचालक भागे । उनी अहिले बचतकर्ताको सम्पर्कमा त आएका छन्, तर ब्याज दिन सक्दिन, सावाँचाहिं तिर्छु भनिरहेका छन् । यहिबीच काठमाडौँको न्युरोडमा रहेको ३२ सहकारी भागेको खबर पनि बाहिर आयो । देशका विभिन्न स्थानमा सहकारीको करोडौं रकम कुम्ल्याएर भाग्नेहरुको संख्या ठुलो छ । यतिसम्म कि ‘सहकारी त भागिहाल्छ नि !’ भन्ने परेको छ धेरैलाई । यसैबीच बैंकहरुले पनि राम्रो ब्याजदर दिईरहेको र सहकारीहरु भकाभक भागिरहेको खबर सुनेपछि बचतकर्ताहरु सहकारीको विकल्प खोज्न थालेका छन् । काठमाडौँका अधिकांस सहकारीको पछिल्लो ७ दिनको तथ्यांक हेर्ने हो भने पैसा राख्ने भन्दा झिक्नेहरु बढेका छन् । सहकारीबाट झिकिएको पैसा बैंकमा राख्नेहरु बढेका छन् ।
‘सहकारी भागिसक्यो कि चलिरहेको छ भनेर सोध्न,हेर्न आउने पनि बढे’
सहकारीमा स्रोत नखोजिने हुनाले पनि गलत काम गरेर पैसा जम्मा गर्नेहरुको पहिलो रोजाईमा सहकारी पर्छ । अर्कोतर्फ ब्याज बढी आउने लोभमा पनि बचतकर्ताहरु सहकारीमा थुप्रिएका छन् । सहकारीकर्मीहरुका अनुसार धेरै सहकारी भागे भन्ने खबर फैलिएपछि अहिले राम्रै चलेका सहकारीहरु पनि भागे कि छैन भनेर बचतकर्ता अफिसमै आएर हेर्न र सोधपुछ गर्न थालेका छन् । ललितपुरकै एक सहकारीकर्मीले दिएको जानकारी अनुसार    अनुसार हजारौं बचतकर्तालाई रुवाएर भागेका गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतम भूमिगत भएदेखि नै बचतकर्ताहरुले अन्य सहकारीबाट पनि पैसा झिक्न थालेका छन् । ‘सबैजसो सहकारीमा ‘विथड्र’ बढेको छ । सहकारी भागिसक्यो कि चलिरहेको छ भनेर हेर्न आउने पनि बढेका छन् ।’ उनका अनुसार गौतम भागेको खबरले ललितपुरका अन्य सहकारीमा पनि भीड बढेको छ । राम्रै चलेका सहकारीमा पनि बचतकर्ताहरु ‘सहकारी भाग्यो कि भन्ने डरले हेर्न आएको’ भन्ने तर्क गरिरहेका छन् ।
‘सहकारीबाट पैसा झिक्ने बढे, मुद्दती निक्षेप राख्ने नयाँ ग्राहक सार्है कम’
यसो त पछिल्लो हप्ताको मात्र तथ्यांक हेर्ने हो भने पनि सहकारीबाट पैसा झिक्नेहरुको संख्या निकै बढेको छ । कतिपयले त आफ्नो व्यक्तिगत कारण देखाउँदै मुद्दती निक्षेप पनि झिकीपाउँ भनेर निवेदन दिईरहेका छन् ।ललितपुरमै रहेको अर्को एक सहकारीमा कार्यरत कर्मचारीहरु भन्छन्-  ‘नयाँ सदस्य थपिने क्रम सार्है सुस्त भएको छ । मुद्दतीमा निक्षेप राख्नेहरु त झन् सून्य प्राय भएका छन् । सबैजसो पैसा झिक्न खोज्छन् । राम्रै चलेका सहकारीको पनि विश्वास गुमेको छ । यस्तै हो भने नेपालका धेरै सहकारीहरु डुब्ने खतरा छ । यहि बेला बैंकहरुले पनि राम्रो पैसा ब्याज दिन थालेपछि झन् सहकारीबाट पैसा झिकेर बैंकमा राख्नेहरु बढेका छन् ।’ यसैबीच थुप्रै सहकारी भागेको खबरले केहि गलत सहकारीका कारण राम्रै सहकारीको पनि बदनाम भएको बताउँदै सहकारीका संचालकहरुलेसमेत चिन्ता व्यक्त गर्न थालेका छन् ।  ‘राम्रै गर्नेहरुलाई पनि हेर्ने नजर उही होला भन्ने पीर भयो । पछिल्लो समय बचतकर्ताको फोन र अफिसमै आउने बचतकर्ताको अनावश्यक भीडले सहकारीप्रतिको विश्वास घटिरहेको छ भन्ने तथ्य प्रमाणित भएको छ ।’ काठमाडौँको कोटेश्वरस्थित एक सहकारीका संचालक भन्छन्- ‘अव त सहकारीको संचालक भन्न पनि अफ्ट्यारो हुने स्थिति नआउला भन्न सकिन्न।’
कमजोर नियामक हुँदाको दुर्गति, ‘माटोमै मिल्नेभो विश्वास’ !
यसो त सहकारीहरुलाई नियमन गर्ने निकाय सहकारी विभाग आफैंमा सार्है कमजोर छ । भाग्ने सहकारीका संचालकहरुसँग नै विभागका कर्मचारीले साँठगाँठ गर्छन् भन्ने चर्चा र पछिल्लो समय भागेका सहकारीहरुलाई केहि पनि गर्न नसक्ने विभागको ‘रबैया’ले पनि सहकारीप्रतिको जनविश्वास घटाएको छ । ‘सहकारी विभागले नियमन गर्ने सहकारी नै कम छन् । नियमन पनि गतिलो छैन । सबै सेटिङमा चल्छ।  नियामक कमजोर हुँदा त्यसको फाइदा गलत मान्छेले लुटिरहेका छन् ।’ कोटेश्वरमा संचालित एक सहकारीका संचालक भन्छन्, ‘भाग्दा पनि केहि नहुने रहेछ भन्ने तथ्य प्रमाणित भयो भने र यो सन्देश जनस्तरमा गयो भने त्यहाँभन्दा नराम्रो कुरा अरु के हुन सक्ला र ? सहकारीप्रतिको विश्वास त माटोमै मिल्ने भो’
गौतमश्री सहकारीका संचालक भाग्दा पनि सहकारी विभागले ‘काम गरेको जस्तो मात्र गरेको तर खासमा काम नगरेको’ आरोप धेरैको छ । यसो त सहकारी विभागले सो सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिसकेको छ भने सहकारीका सबै सम्पत्ति रोक्का गर्नसमेत सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ । तर सो सहकारीका संचालकले नै आफुले सहकारी विभागसँग कुरा गरिसकेको भन्दै खुलेआम अभिव्यक्ति दिनुले सबै कुरा ‘सेटिङ’मा चल्छ र बचतकर्ताको पक्षमा कोहि छैनन् भन्ने तथ्यलाई थप बल दिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: