×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबिले ग्राहकबाट लिएको अतिरिक्त सि-आश्वा शुल्क फिर्ता गर्यो, सिद्धार्थ बैंक भने अझै ‘अवैध असुली-धन्दा’मा !

काठमाडौं । नेपाल धितोपत्र बोर्डको निर्देशन विपरित सि-आश्वा शुल्कका नाममा एनएमबि बैंकले गैरकानुनी रुपमा ग्राहकबाट असुली गरेको अतिरिक्त रकम फिर्ता गरेको छ । बैंकले आईपीओ भर्दा लाग्ने सि-आश्वा शुल्कवापत ग्राहकबाट लिएको २० रुपैयाँमध्ये नियमानुसार लिन मिल्ने ५ रुपैयाँ राखेर बाँकी १५ रुपियाँ ग्राहककै खातामा फिर्ता गरेको हो । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाहरुलाई सि-आस्वा शुल्कवापत अधिकतम पाँच रुपैयाँसम्म लिने पाउने गरी निर्देशन जारी गरेपछि पनि बैंकले सीआश्वा शुल्कका नाममा २० रुपैयाँ असुल गरेको थियो । बोर्डको निर्देशनपछि पनि बैंकले बढी रकम लिएको खबर अर्थ सरोकारले प्रकाशन गरेपछि एनएमबि बैंकले सो शुल्क फिर्ता गरेको हो ।

एनएमबिले रकम फिर्ता गरेपछि ग्राहकहरु खुसी भएका छन् । ‘एनएमबिले लुट्यो’ भन्दै अर्थ सरोकारको सम्पर्कमा आएका धेरै ग्राहकहरुले समाचार प्रकाशनपछि बढी लिएको रकम फिर्ता गरेको प्रमाण अर्थ सरोकारलाई पठाउँदै बैंकलाई धन्यवादसमेत दिएका छन् । ‘बोर्डले ५ रुपैयाँभन्दा बढी पैसा नलिनु भन्दाभन्दै पनि बैंकले २० रुपैयाँ शुल्क काटेको थियो । तर अर्थ सरोकारले समाचार प्रकाशन गरेपछि बैंकले बानकी १५ रुपियाँ फिर्ता गरिदियो । यो सार्है सराहनीय काम हो ।’ एनएमबि बैंकका एक ग्राहकले अर्थ सरोकारसँग भने -‘२० रुपैयाँ धेरै ठुलो रकम होइन, तर नियम भनेको नियम हो, सबैले मान्नुपर्छ । एनएमबि बैंकले ग्राहकको विश्वास कायम राखेको छ । बैंकलाई दिल खोलेर धन्यवाद दिनैपर्छ।’

 सिद्धार्थ बैंक अझै लुट-धन्दामा !

धितोपत्र बोर्डले बढीमा ५ रुपैयाँ शुल्क मात्र लिन पाउने भन्ने उर्दी जारी गर्दागर्दै सिद्धार्थ बैंक भने लुटधन्दामै लागेको छ । बोर्डको निर्देशनविपरित बैंकले शनिबारसम्म पनि तोकिएको शुल्कभन्दा बढी शुल्क लिईरहेको छ । बैंकले सि-आश्वा शुल्कका रुपमा नियमविपरित १० रुपैयाँ असुली गरिरहेको छ । कतिपय बैंकले सीआश्वा शुल्क नै खारेज गरेको अवस्थामा सिद्धार्थ बैंकले भने नियम विपरित रकम असुल गरिरहेको छ ।

यता धितोपत्र बोर्डले पनि यसरी गैरकानुनी रुपमा रकम असुल गर्ने बैंकविरुद्ध कानुनी कारवाही हुने चेतावनी दिइरहेका बेला सिद्धार्थ भने आफ्नै ढिपीमा बसेको छ । यस विषयमा सिद्धार्थ बैंकका गुनासो व्यवस्थापन अधिकारी सुरेश राज महर्जनलाई फोन गरेका थियौँ । तर अत्याधिक गुनासो आउन थालेपछि उनको फोन भने सम्पर्क हुन नसक्ने बनाएर राखिएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: