×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेन आगमनको १०० दिन सन्दर्भ: फुटपाथदेखि नर्भिकका कुरा एकै ‘स्टाटस’मा

PRIME CA
GLOBAL IME BANK

बालेन आगमनको १०० दिन सन्दर्भ: फुटपाथदेखि नर्भिकका कुरा एकै ‘स्टाटस’मा

१९ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: < ४ मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफुहरु १०० दिनको मात्रै दोडमा नरहेको बताएका छन् । मेयर पद सम्हालेको १०० दिनको सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाहले आफुहरुसँग पाँच वर्षको फुल म्यान्डेड रहेको बताएका हुन् ।

यसैबीच मेयर शाहले आफ्नो १०० दिनको समयावधिमा मनमा छोएका ६ वटा सन्दर्भलाई बुँदागत रुपमा उल्लेख गरेका छन्ः

१. फुटपाथ खालि गरेर समृद्दिको सुरुवात
केहि समय अघि समाजिक संजालमा एउटा भिडियो निकै भाइरल बन्यो । जुन भिडियोमा केहि नगरप्रहरीहरुले जबर्जस्ति मकैको ठेला गाडीमा हालेको देखिन्थ्यो । एकजना बृद्द नगरप्रहरिहरुलाई रोक्ने प्रयास गरिरहेका देखिन्थे, नसकेपछि उनले आफ्नो हातमा भएको ’प्लेट’ले महानगपालिकाको गाडीमा हिर्काउदै आक्रोस पोखेको देखिन्छ । त्यहि भिडियोमा पछि–पछि एकजना बृद्दा आँसु पुछ्दै खसेका मकैका ’घोगा’ उठाउँदै गरेको देखिन्छिन । सो भिडियो सामाजिक संजालमा भाइरल भएपछी धेरैले आ–आफ्नो प्रतिक्रियासमेत जनाए । धेरैले सो कामलाई समर्थन गरे भने ठुलो संख्याले त्यसको विरोध । तर, मेयर बालेनले उक्त प्रयास महानगर विकासको पहिलो कडी भएको तर्क प्रस्तुत गरेका छन् ।

आइतबार मेयर शाहले सामाजिक संजालमा १०० दिनको समिक्षा गर्दै सहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खालि गर्न जरुरि भएको बताएका छन् । ’महानगरले पहिले फुटपाथका व्यापारीहरुलाई अन्यत्र राखेर खुल्ला गर्ने कोशिस गरेको थियो, जुन पुर्णरुपमा असफल भएको थियो । दिएको ठाउँ पनि भरिने र पुनः फुटपाथमा नयाँ व्यापारीहरु आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो । यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यहि गरियो र गरिदैछ । यदि हामी महानगरमा नभएर संघीय सरकारमा भइदिएको भए हामीले गर्ने प्रयास फरक हुन सक्थ्यो । यो भन्दा अलग किसिमले राष्ट्रियस्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला । हाम्रा लागि यो सम्भावनाको कुरा मात्र हुन्छ । हामीले वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पर्थ्यो, त्यहि गर्यौँ । जसको नतिजा बानेश्वर तथा असन लगायतका क्षेत्रहरुमा सकारात्मक रुपमा देखिन थालेको छ ।’ –शाहको पोष्टमा उल्लेख गरिएको छ ।

२. ईस्पोर्ट्सका लागि १ करोड विनियोजन
मेयर शाहले आफ्नो १०० दिनको कार्य समिक्षा गर्दै महानगरपालिकाले ईस्पोर्ट्समा गरेको लगानीपनि मुख्य उपलब्धि भएको दाबि गरेका छन् । पछिल्लो समय ईसपोर्टस पनि खेलका रुपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरबको विषय बन्न सक्ने कुराको प्रक्षेपण गर्दै यसमा महानगरपालिकाको लगानी रहेको बताएका छन् । ’हिजोका दिनमा महिला कलाकारलाई सम्मान भन्दा धेरै अफ्ठ्यारा धेरै थिए। तर, अहिले अभिभावाकहरु आफ्ना सन्तानलाई सम्बन्धित रियालिटी सो जिताउनका लागि आफै लागी परेका छन्, जुन हामीले देख्दा देख्दै आएको परिवर्तन हो ।’ उनले भनेका छन् –’त्यस्तै अहिले ईस्पोर्ट्समा पछिल्लो पिढिको रुचि बढेको देखिन्छ । र त्यहि परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि महानगरपालिकाले बजेट छुट्याएको हो ।’

’बजेट छुट्याउने बित्तिकै आएका प्रतिक्रिया र मानिसहरुले बुझ्दै गए पछि आएका प्रतिक्रियाहरु फरक पर्न थाले । इस्पोर्टसमा हामीले चाहे जस्तै कार्यक्रम भए पछि हामीले बजेट छुट्याउनुको उपादेयता पनि हासिल हुन सक्ला । त्यो दिन पर्खौँ ।’ –शाहले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

३. यमबुद्दको सालिक
मेयर बालेन्द्र शाह (बालेन)ले केहि समय अघि हिपहप गायक यमबुद्दको शालिक निर्माण गर्ने घोषणा गरेसंगै समाजिक संजालमा यसको चर्को आलोचना भयो । तर, मेयर शाहले यो निर्णयलाई आफ्नो १०० दिनको कार्यकालमा भएका विभिन्न काममध्ये मन छोएको सन्दर्भका रुपमा प्रस्तुत गरेका छन् । सामाजिक संजालमा लेख्दै शाहले यमबुद्द नेपालि संगीतमा नयाँ विधाका रुपमा उदाएको ’हिपहप’को लागि सुहाउने नाम भएको बताएका छन् ।

शाह आफै पनि हिपहप गाएक हुन् । त्यसैले पनि उनले भनेका छन् –’बजेटमा पार्क मात्रै भनेर पछि खुसुक्क सालिक बनाइदा कसैलाई वास्ता नहुन पनि सक्थ्यो । तर बजेटमा धेरै भन्दा धेरै पारदर्शीता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा राखियो । आममानिसबाट आएका प्रतिक्रियाले हामीले निर्णयमा केहि फेरबदल गर्यौँ । यति हुँदाहुँदै पनि समाजको एउटा पुस्ताको ठुलो संख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरवबोध नै भएको छ ।’

४. कार्यक्रममा मध्यपान र मुकुट परिवर्तन
’मान्छे एउटै जीवनभित्र फरक फरक भुमिकामा हुन्छ । म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहदा घरमा छोरोको रुपमा अव्यवस्थित, पतिकारुपमा प्रेमील र साथीहरुसँग जिस्किदै फुटसलमा रमाइरहेको हुन सक्छु । यी हरेक भुमिकाका लागि अर्को भुमिका भन्दा विपरित हुनु पर्ने पनि हुन सक्छ । माहौलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहौललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोहीरुपमा बुझिदिनु हुन आग्रह गर्दछु । सँगसँगै, सार्वजनीक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरुले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको जानकारी गराउँदछु ।’ –समाजिक संजाल फेसबुकमा उनले लेखेका छन् ।

५. फोहोर व्यवस्थापनमा ढिलाई
काठमाण्डौ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएसंगै शाहको एउटै दृढ संकल्प थियो, ’काठमाडौलाई फोहोर मुक्त शहरका रुपमा स्थापित गर्ने।’ तर महानगरपालिकाको फोहोर उनले सोचेको जस्तो गरि उठ्न भने सकेन । जुन कुरालाई मेयर शाहले स्वीकारेका छन् । सामाजिक संजाल फेसबुकका लेख्दै शाहले भनेका छन् –’१०० दिन भित्र फोहोर व्यवस्थापनका सन्दर्भमा हामीले जस्तो सोचेका थियौँ, हुबहु हुन सकेन । तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौँ । यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्ने भएका छौँ ।’

६. नर्भिक लगायतको अनाधिकृत संरचना हटाउने सन्दर्भ
मेयर शाहलाई एउटा आरोप छ, नर्भिकको संरचना भत्काउन नसक्ने अनि गरिबका टहरा भत्काउदै हिड्ने ? तर सत्यता भने त्यस्तो थिएन । १०० दिनको कार्य समिक्षा गर्दै मेयर शाहले नर्भिक होस् वा अन्य कुनै निकाय, जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यहिरुपमा प्रयोग हुनुपर्ने बताएका छन् । ’कुनै पनि शर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ । यी कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौँ, सम्बन्धित व्यक्तिसामू चर्को स्वरमा आक्रोश पोख्यौँ । आममानिसहरुको आवाज हामीले सम्बन्धित ठाउँसम्म पुर्याउने सेतुका रुपमा मात्रै हामीले ति कार्यहरु गरेका छौँ । सायद जनप्रतिनिधी हुनुको औचित्य पनि त्यहि हो ।’ उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

सामजिक संजाल फेसबुकमै लेख्दै मेयर शाहले आफुहरु १०० दिनको दौडमा नरहेको बताएका छन् । ‘हामीसँग ५ वर्षका लागि योजना छन् । हामी अझै केहि समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर, हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: