×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘प्रभुको १५.१३ ब्याज रेमिट्यान्स बचतमा मात्र हो’ : सीइओ

काठमाडौं । प्रभु बैंक लिमिटेडले सार्वजनिक गरेको ब्याजदरले शुक्रबार विहानैदेखि सामाजिक संजाल तातेको छ । एकैपटक बचतमा ब्याज १५.१३ प्रतिशतसम्म ब्याज पुर्याएको भन्दै कतिपयले राष्ट्र बैंकको नियम विपरित प्रभु बैंकले ब्याजदर बढाएको भ्रम फैलाईरहेका छन् । राष्ट्र बैंकले एक पटकमा अधिकतम १० प्रतिशतसम्म मात्रै ब्याजदर बढाउन सक्ने व्यवस्था गरेको स्थितिमा प्रभुले कसरी मुद्दती बचतको ब्याज १५. ३ पुर्याउन मिल्यो भन्दै सामाजिक संजालमा रोहिलो छ । तर प्रभु बैंकले भने १५.१३ प्रतिशत ब्याज रेमिट्यान्स बचतमा मात्र भएको स्पष्ट पारेको छ । अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकले उन्नती बचतमा दिइने १५. ३ प्रतिशत ब्याज रेमिट्यान्स बचतको हकमा मात्र लागु हुने स्पष्ट पारेको हो ।
‘हामीले १५.१३ प्रतिशत ब्याज दिने रेमिट्यान्स बचतमा मात्र हो । पढ्दै नपढी, बुझ्दै नबुझी केहि साथीहरुले भ्रम फैलाउनुभएको रहेछ । उन्नती बचत खाता भनेकै रेमिट्यान्स बचतका लागि हो ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने -‘रेमिट्यान्स बचतमा अन्य बचतको तुलनामा न्युनतम १ प्रतिशत बढी ब्याज दिनुपर्ने भनिएको छ । बढीमा जति पनि दिन पाइन्छ । बढीमा क्याप नै छैन ।’
उनले नियमित मुद्दती बचतमा भने बचतका स्किम अनुसार १२.१३ प्रतिशत नै ब्याज दिईरहेको स्पष्ट पारेका छन् । ‘हामीले ३ महिना वा सो भन्दा बढी बचत राख्नेहरुका हकमा संस्थागतलाई १०. ३ र व्यक्तिगतलाई १२.१३ ब्याज दिईरहेका छौं । प्रभु उन्नती बचत खाता भनेकोचाहिं विशुद्ध रेमिट्यान्सको रकम जम्मा गर्नेहरुलाई हो । यसमा राष्ट्र बैंकको स्पष्ट नीति नियममा रहेर हामीले १५.१३ प्रतिशत ब्याज दिने भएका छौँ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकका सीइओ शेरचनले भने ।
उनका अनुसार बैंकमा रेमिट्यान्स बचत गर्नका लागि सो रकम रेमिट्यान्सवापतको रकम हो भन्ने प्रमाण पुग्ने आवश्यक कागजातसमेत चाहिन्छ । बैध च्यानलबाट रेमिट्यान्स भित्र्याउने उद्देश्यले राष्ट्र बैंकले रेमिट्यान्स बचतको हकमा न्युनतम १ प्रतिशत बढी ब्याज दिनुपर्ने नियम बनाएको छ । केहि समय अगाडी केहि बैंकहरुले स्व:घोषणा गरेर गैर रेमिट्यान्स बचतलाई रेमिट्यान्स बचत भन्दै मनपरी गर्न थालेपछि नेपाल राष्ट्र बैंकले आवश्यक कागजात चाहिने र सो रकम रेमिट्यान्सकै रकम हो भन्ने प्रमाणित हुनुपर्ने निर्देशन बैंकहरुलाई दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: