×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सहकारी मर्जरको ट्रेण्डः काठमाडौंका ११ सहकारीले मर्जर सम्झौता गरे, अन्य पनि मर्जरको लाईनमा

काठमाडौं । काठमाडौंमा ११ वटा सहकारी संस्थाले मर्जरमा जाने सम्झौता गरेका छन् । सहकारी क्षेत्रमा बढ्दै गएको विकृति र अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गर्न देशभर सहकारी संस्थाहरुले बिग मर्जर अभियान नै सुरु गरेका छन् । सोही अभियान अन्तर्गत शनिबार काठमाडौंमा ११ सहकारीले मर्जर सम्झौता गरेका हुन् ।

काठमाडौंको न्युरोड स्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, बालाजुको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, बागबजारको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था, चाबहिलको लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था, तारकेश्वरको योजना बहुउद्देश्यीय सहकारी संस्था, कलंकीको उषाकिरण बचत तथा ऋण सहकारी संस्था, हात्तिसारको माउण्ट अपि बचत तथा ऋण सहकारी संस्था, नयाँबानेश्वरको सुर्यदेव बचत तथा ऋण सहकारी संस्था, न्युरोडको हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्था, दुर्गामाश्रिता बचत तथा ऋण सहकारी संस्था र पिपुल श्रोता बहुउद्देश्यीय सहकारी संस्थाले मर्जरमा जाने सम्झौता गरेका हुन् ।

एकीकरणपछि संस्थाको नाम राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था रहने प्रस्ताव गरिएको छ । संस्थाको मुख्य कार्यालय न्युरोडमा रहने भएको छ । नरेन्द्र विष्ट अध्यक्ष रहेन संस्थाको प्रमुख कार्यकारी अधिकृतमा इन्द्रप्रसाद गेलाल रहने प्रारम्भिक सहमती समेत भएको छ । संस्थामा ११ जनाको सञ्चालक समिति, ३ जनाको लेखा सुपरिवेक्षण समिति रहने छ । मर्जरपछि संस्थाको सदस्य संख्या ४१ हजार हुनेछन् भने कुल कर्मचारी संख्या ५१० जना पुग्ने अध्यक्ष नरेन्द्र विष्टले जानकारी दिएका छन् । विष्टका अनुसार संस्थाको सेयर पुँजी ५५ करोड ५ लाख, बचत निक्षेप ५ अर्ब ६५ करोड, ऋण लगानी ५ अर्ब ७५ करोड, कुल कोष ३१ करोड ५ लाख र कुल सम्पत्ती तथा दायित्व ७ अर्ब ७५ करोड हुनेछ ।

हाल शुक्रपथ बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष रहेका विष्टले संस्थालाई दीगो र सक्षम संस्था बनाउने उद्देश्यले मर्जर सम्झौता गरेको बताएकाछन् । ‘पछिल्ला दिनमा सहकारी क्षेत्रमा विकृति मौलाएको छ । आफु–आफैमा भएको अस्वस्थ प्रतिस्पर्धाले एकाध बाहेक कसैलाई फाइदा गर्दैन’, उनले भने, ‘राज्यमा गरिबी निवारणमा ठूलो योगदान गरहेको सहकारी संस्थाको साख जोगाउनका लागि र सहकारीको सही उद्धेश्य स्थापित गर्नका लागि मर्जर सम्झौता गरेका हौँ ।’

त्यस्तै एकीकरणमा जाने सहकारीहरुले एक महिना भित्र वार्षिक साधारणसभा सम्पन्न गर्ने र त्यसको १५ दिन भित्र एकीकृत साधारणसभा सम्पन्न गर्ने समेत सम्झौता भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: