×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लड्दै, उठ्दै अर्वपति, कम्प्युटर बेच्ने Elon Musk यसरी बने Twitter का मालिक…Biography of Elon Musk

PRIME CA

लड्दै, उठ्दै अर्वपति, कम्प्युटर बेच्ने Elon Musk यसरी बने Twitter का मालिक…Biography of Elon Musk

अर्थ सरोकार

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार

काठमाडौं । विश्वका धनाड्यहरुको सूचीमा अग्रस्थानमा रहेका एलन मस्कले विश्व प्रख्यात सामाजिक संजाल ट्वीटर किनेका छन् । विद्युतीय सवारीसाधन निर्माता टेस्ला र अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्स लगायतका विश्वप्रख्यात कम्पनीका मालिक रहेका एलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर किनेका हुन् । अनुमानित सम्पत्ति २७३.६ अर्ब डलरका मालिक मस्क फोर्ब्स पत्रिकाका अनुसार विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । सुरुमा ट्वीटर खरिद बिक्रीको विषयमा केहि विवाद भए पनि अन्ततस् सो विवाद मिलेपछि मस्कले ट्वीटर खरिद गरेका हुन् ।

एलन मस्कले ट्वीटर किनेपछि पहिलो दिन नै सीइओसहितका ४ शीर्ष कार्यकारीहरुलाई बर्खास्त गरेका छन् भने उनले यसलाई ट्वीटरको सफाई भनेका छन् । नक्कली खाताहरूलाई हटाउने उद्घोष गरेका मस्कले नयाँ सुविधा थप्ने, विश्वाश बढाउन तथा उसका सामग्रीमाथिका प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तन गर्ने उद्घोष गरेका छन्। स्प्याम बटहरूलाई पराजित गरेर पहिलाको भन्दा राम्रो ट्वीटर बनाउने उद्घोष गरेका मस्कको नेतृत्वसँगै अव ट्वीटरमा केहि समयपछि ठुलो परिवर्तन हुने अपेक्षा धेरैले गरिरहेका छन् ।

एलन मस्कले केही दिन अगाडि ट्वीटरको ९ प्रतिशत सेयर किनेका थिए । अब भने उनले ट्वीटरको सबै सेयर किनेका हुन् । उनले ट्वीटर कम्पनी ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेका छन् । सम्झौतापछि ट्वीटरको सबै सेयर होल्डर्सलाई क्यासमा आकर्षक प्रिमियम प्राप्त हुने छ भने सेयरधनीलाई यसबाट ठुलो फाइदा हुने छ । ट्वीटरको बोर्डले पनि मस्कले कम्पनी किन्नु सेयर होल्डरका लागि यो राम्रो अवसर भएको बताएको छ।

सामाजिक संजाल ट्वीटर किन्ने मस्क आखिर को हुन् त ?
एलन मस्कको पूरा नाम एलन रिभ मस्क हो । सन् १९७१ जुन २८ मा जन्मिएका मस्क दक्षिण अफ्रिकाको प्रिटोरियामा जन्मेका थिए भने उनी त्यहीं हुर्केका थिए । १७ बर्षको उमेरमा क्यानडा सर्नुअघि उनले प्रिटोरिया विश्वविद्यालयमा पढेका थिए । उनकी आमा क्यानडामा जन्मिएका हुनाले क्यानडाको नियमअनुसार उनले आमामार्फत नागरिकता प्राप्त गरेका थिए । क्यानाडा आएको दुई वर्षपछि उनले क्वीन्स युनिभर्सिटी ९ओन्टारियो० मा म्याट्रिक गरे र युनिभर्सिटी अफ पेन्सिल्भेनियामा थप अध्ययनका लागि पुगे । त्यहाँ उनले अर्थशास्त्र र भौतिकशास्त्रमा स्नातक डिग्री प्राप्त गरे।

१९ बर्षको कलिलो उमेरमै कलेजमा पीसीको व्यापार सुरु गरेका उनी स्ट्यानफोर्ड विश्वविद्यालयमा पढ्न भनी सन् १९९५ मा क्यालिफोर्निया गएका थिए । तर आफ्ना भाइ किम्बलसँग मिलेर उनले वेब सफ्टवेयर कम्पनी जीप टुको स्थापना गरे । उनले सुरु गरेको सो स्टार्टअप कम्पनीलाई कम्प्याक नामक कम्पनीले सन् ज्ञढढढ मा ३०७ मिलियन डलरमा अधिग्रहण गरेको थियो । यतिबेला उनी मात्र २४ बर्षका थिए । त्यसपछि उनी २८ बर्षको हँदा उनले  एक्स डटकमको स्थापना गरे, जुन कम्पनी सन् २००० मा कन्फिनिटीसँग गाभिएर पेपल भयो । इबे नामक कम्पनीले १।५ बिलियन डलरमा सन् २००२ मा पेपल किनेको थियो ।

३० बर्षको हुँदा उनले सन् २००२ मा स्पेस एक्स नामक कम्पनी स्थापना गरे ।  अन्तरिक्ष यातायात सेवा कम्पनी स्पेस एक्सको प्रमुख इन्जिनियर र सीइओका रुपमा काम गरेका मस्कले पछि सन् २००४ मा इलेक्ट्रिक गाडी निर्माता  टेस्लामा लगानी गरे । पछि सन् २००८ मा उनी त्यहाँको सीइओ भए ।

४४ बर्षको उमेरमा अर्थात २०१५मा उनले ओपन एआई, मैत्रीपूर्ण कृत्रिम बुद्धिमत्ता प्रवर्द्धन गर्ने गैर(नाफामुखी अनुसन्धान कम्पनीको सह(स्थापना गरे । सन् २०१६ मा उनले मस्तिष्क(कम्प्यूटर इन्टरफेसहरू विकास गर्नमा केन्द्रित न्यूरोटेक्नोलोजी कम्पनी  न्युरालिंकको स्थापना गरे । त्यसपछि उनले सुरुङ निर्माण कम्पनी बोरिङ कम्पनी स्थापना गरे। यो कम्पनी स्थापना  गर्दा उनी ४५ बर्षका थिए । र अन्ततस्  सन् २०२२ मा मस्कले ४४ बिलियन डलरमा ट्विटर किने  उनी हाल ५१ बर्षका छन् ।  यसरी १९ बर्षमा कलेजको छात्रबासमा कम्प्युटर सेटहरु बेच्ने मस्क ५१ बर्षको हुँदा ट्वीटरको सीइओमात्र बनेनन्, बरु विश्वकै धनी मान्छे बने ।

अव उनी विश्वका धनी मान्छे मात्र होइन, विश्वकै शक्तिशाली व्यक्तिमध्येका एक बन्न सफल भएका छन् । र अहिले मस्कको यहि ट्वीटर खरिदको विषय विश्वमै टक अफ दी वर्ल्ड बनेको छ ।   यसो त विश्वका धनी र शक्तिशाली बनेका मस्कको व्यापार यात्रा सजिलो भने पक्कै थिएन । आफ्नै कम्पनीबाट कुनै बेला शक्तिशाली पदबाट घटुवा गरिएका मस्कले हिम्मत हारेनन् । जिप टुमा रहंदा उनले आफैंले सुरु गरेको कम्पनीको शक्तिशाली पदबाट हट्नुपरेको थियो । तर अनेक वेवधानलाई शक्तिमा बदलेका मस्कले पछि स्टार्ट एक्स नामक कम्पनी सुरु गरे, जुन पछि पेपल भयो ।

अनेक अवरोधहरूको सामना गर्दै उनले  पेपलमा रहंदा पनि खुब दुख गरे ।  अपत्यारिलो कुरा त के छ भने पेपललाई १९९९ मा बर्षको सबैभन्दा खराब व्यापार विचारका रुपमा परिचित भएको थियो । यद्यपि, मस्क र सह-संस्थापक म्याक्स लेभचिनले अनलाइन वालेट सिर्जना गर्नमा ध्यान दिन थाले जसले पेपललाई नयाँ उचाइमा पुर्यायो।

टेस्ला कम्पनी स्थापना गर्न पनि उनले खुब दुख गरे । यो कम्पनी नाफामा जानुअघि  धेरैले यो कम्पनी असफल हुने प्रक्षेपण गरेका थिए।  सन् २००८ मा पतनको बाटोमा पुगिसकेको टेस्लालाई मस्कको मेहेनत गरेर बचाए । यतिसम्मकि सो कम्पनीलाई बचाउन उनले आफ्नो व्यक्तिगत सम्पत्तिको पनि प्रयोग गरे । आफ्ना साथीहरुबाट ऋण लिएर पनि उनले आफ्नो व्यापारलाई जारी राखे । यतिसम्मकि कम्पनीको खर्च बचाउन उनी कारखानाको भुईमैसमेत सुते । उनको निरन्तरको मेहेनतपछि टेस्लाका केहि उत्पादहरुले बजार पिटे र उनी यो प्रोजेक्टमा पनि सफल भए ।

उनाले  त्यसपछि स्पेस एक्स सुरु गर्दा पनि धेरैले यो कम्पनी असफल हुन्छ भन्थे।  तर निकै गाह्रो झेलेर पनि सो कम्पनीले सन् २०१६ को मध्येमा सफलतापूर्वक यी तीनवटा रकेटहरू क्रमशः अवतरण गर्यो । यद्यपि, त्यही वर्ष विपत्ति आइलाग्यो जब उनीहरूले यो उपलब्धि तीनको सट्टा चार पटक दोहोर्याउने प्रयास गरे । तर पनि मस्क हारेनन् । ‘मंगल ग्रहमा मानिसहरू पठाउनु’ जस्तो जोखिमपूर्ण काममा पनि उनी सफल भए ।

मस्कको व्यापारिक यात्रामा यतिसम्म उल्झनहरु थिए कि उनको व्यक्तिगत जीवन जटिलतातर्फ जाँदै थियो । पत्नीसँगको डिभोर्स प्रक्रियाको अवधिमा मस्क गहिरो डिप्रेसनले गुज्रिएका थिए । स्पेस एक्सको घाटाको यात्राले उनलाई झन् सिथिल बनाएको थियो।  तर पछि नासाले स्पेस एक्सलाई  ६ बिलियन डलर दिने भएपछी उनी जोगिए। यसरी मस्क विश्वकै धनी बन्ने यात्रामा हिडिरहे र उनी अहिले ट्वीटरको मालिक बनेका छन् । उनको जीवन आफैंमा पाठशाला त हो नै, उनले गरेका दुख र उनले भोगेको गाह्रोपन पनि हामी धेरैका लागि प्रेरणा हुन सक्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: