×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जापानको मुद्रस्फिती दर एक दशक यताकै उच्च, आम्दानी घटेर मूल्य वृद्धि तिव्र हुँदा जनजिवन प्रभावित (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जापानको मुद्रस्फिती दर एक दशक यताकै उच्च, आम्दानी घटेर मूल्य वृद्धि तिव्र हुँदा जनजिवन प्रभावित (भिडियो रिपोर्ट)

११ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एक दशकदेखि मुद्रास्फिती दर वृद्धि गर्न लागि परेको जापान अहिले मुद्रास्फितीकै कारण समस्यामा परेको छ । हाल जापानको मुद्रास्फिती सन् १९८१ यताकै उच्च रहेको छ । नेभेम्बर महिनामा जापानको उपभोक्ता मूल्य सूचांक ३.७ प्रतिशत रहेको छ । सन् २०२१ मा जापानको मूल्यवृद्धि सूचांक नकरात्मक अर्थात -०.२३ प्रतिशत रहेको थियो ।

जापानको मुद्रास्फिती दर नेपालको तुलनामा कम भएतापनि आम्दानीमा वृद्धि नहुँदा र खाद्यान्न तथा इन्धनको मूल्य आकाशिदा जापान समस्यामा परेको हो । जुन समस्याको प्रमुख कारकको रुपमा रुस र युक्रेनको युद्धलाई लिने गरिएको छ । रुस-युक्रेन युद्धका कारण रुस समेत सामेल रहेको कच्चा तेल उत्पादक देशहरुको संगठन (ओपेक)ले कच्चा तेलको उत्पादन कटौती गरेपछि पश्चिमा देशहरुसँगै जापान पनि प्रभावित बनेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सन् २०२२ मा अमेरिकाको वार्षिक मुद्रास्फिती दर ७.१ प्रतिशत रहेको छ भने युरोप क्षेत्रका देशहरुको मुद्रास्फिती दर ११.१ प्रतिशत रहेको छ । त्यस्तै, बेलायतको मूल्यवृद्धि भने १०.१ प्रतिशत रहेको छ ।

मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक, बेलायती केन्द्रीय बैंक र युरोपियन केन्द्रीय बैंकले संकुचित मौद्रिक नीति अवलम्बन गर्दै आक्रामक रुपमा ब्याजदर बढाइरहेका छन् । तर, जापानी केन्द्रीय बैंक–बैंक अफ जापानले विस्तारित मौद्रिक नीति अपनाएको छ । जसकारण अन्तराष्ट्रिय बजारमा जापानी येन कमजोर साबित भएको छ ।

भिडियो रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

https://fb.watch/hGhsiinNwq/

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: