×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ बर्ष २०२३ को अवसरमा सेयर लगानीकर्तालाई शिवचन्द्रका १० टिप्स : यसो गरे ‘आँखा झिमिक्क, माल गायब’ भनेझैं हुँदैन…

PRIME CA

नयाँ बर्ष २०२३ को अवसरमा सेयर लगानीकर्तालाई शिवचन्द्रका १० टिप्स : यसो गरे ‘आँखा झिमिक्क, माल गायब’ भनेझैं हुँदैन…

१६ पुष २०७९, शनिबार

पढ्न लाग्ने समय: < ३ मिनेट

लामो समयको सुस्तपछि चलमलाउन सुरु गरेको सेयर बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताले लिनुपर्ने रणनीति
बर्ष २०२२ सेयर बजारको लागि उतारचढाव र तनावयुक्त नै रह्यो । एकातिर तरलता अभाव र बढ्दो ब्याजदरका बीच नयाँ ऋण ठप्प जस्तै रह्रो भने ऋण लिएर लगानी गरेका लगानीकर्ताको हकमा भने ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार’ सिद्द भयो । चर्को मुल्य हालेर ऋणमा लगानी गर्नेहरुले न त कौडीको भाउमा बिक्री गर्न नै सके, न त ब्याज मार्जिन कल लगायतको चापको कारणले सहजै आफ्नो सम्पत्ती जोगाउन नै सके । यो अवधिमा एकातिर बजारबाट घाटा खाएर पलायन हुनेहरु पनि छन् भने अर्कोतिर आफ्नो व्यवहार  मिलाएर मर्मतसंभार (Maintenance) गरी आजको दिनमा आफुलाई दरिलो रुपमा प्रस्तुत गर्नेहरु पनि नभएका हैनन् ।
बजार जतिजति माथिल्लो बिन्दुमा चढ्डै जान्छ, त्यति नै तरकारी बजार, चिया पसलदेखि ठुलाठुला ब्यापारिक गृहसम्म सर्वत्र सेयर बजारकै चर्चा परिचर्चा चल्दै जाने कारण नयाँ लगानीकर्ताको बजार प्रतिको आकर्षण पनि बढ्दै जान्छ । झन् भर्खर लगानी गरेर छोटो समयमा लगानिको अनुपातमा सोच्दै नसोचेको कमाउनेहरुले त यो बजार कुनै दिन घट्छ र घाटा पनि हुन्छ भन्नेसम्म त सोच्नै भ्याउँदैनन् ।
बजार तल्लो बिन्दुमा आएको समयमा नयाँ बर्ष सँगै नयाँ राजनीतिक समिकरणमा सरकार गठन भएको छ। जसको सकारात्मक प्रभाव गएको चार कार्यदिनमा तीन दिन उल्लेख्य रुपमा बजार बढ्दा देखिएको छ ।
अर्थतन्त्रमा कुनै परिवर्तन नभई सरकार मात्र परिवर्तान हुँदा सेयर बजारले एकैपटक छलनङ मार्छ भनेर सोच्नु भनेको चाहिं दिवा स्वप्न नै हो । तथापी सरकार परिवर्तन हुँदा लामो समय देखी सुस्ताएको बजारले सकारात्मक दिशा परिवर्तन गर्नु भनेको सुखद पाटो हो, जसलाई बजारले बिश्वाश गरेको र भावी दिनको लागी एउटा मजबुत जग खडा गरेको आधारको रुपमा लिन सकिन्छ ।
 नयाँ लगानीकर्ताले सेयर बजारमा प्रवेश गर्नुपूर्व ध्यान दिनुपर्ने केहि सामान्य तर महत्वपूर्ण कुराहरु:
• लगानी गर्नुपूर्व आफुमा आत्मबल बढाउन एउटा लिस्ट बनाएर राजनितिक आर्थिक तथा बजारसँग सम्बन्धित आन्तरिक  सकारात्म तथा नकारात्मक पक्षहरुको चार्ट बनाई दुई अवस्था बीच तुलना गर्नुहोस्, यसले तपाईंलाई लगानी गर्ने वा नगर्ने भन्ने निर्णय लिन अत्यन्त सहज हुन्छ ।
• सबैभन्दा पहिले दोस्रो बजारको कारोवार प्रकृयामा अरुको भर नपरी आफै प्रष्ट हुने । थोरै थोरै रकमले दुई चार पटक प्रयोग (Experiment) गर्ने ।
• सुरुमै ऋण लिएर कारोबार गर्ने बारे नसोची आफ्नो बचतको केहि अंशलाई परिचालन गर्ने ।
• तपाईले कसैलाई कुन सेयर राम्रो भनेर प्रश्न गर्दा सबैले आफुसँग भएको सेयर नै राम्रो भन्ने गर्दछन् । तसर्थ कारोबारको लागि आफै नै सक्षम हुनुहोस् । कम्पनीको EPS, PE Ratio, Networth, Supply of shares, Dividend history, Daily top 10 trading stocks,  म्युचुअल फण्डहरुले होल्ड गरेका कम्पनीहरु  ईत्यादीको अध्यान गर्न कुनै महाभारत छैन ।
• मिडिया, सामाजिक संजालहरुको पूर्णरुपमा भर नपर्ने। विभिन्न माध्यमबाट प्राप्त सूचनाहरु भेरीफाई र फिल्टर गर्न आफुलाई सक्षम बनाउने ।
• आफुले लगानी गरिसकेपछि तुरुन्तै सोचे अनुरुप परिणाम नआउन पनि सक्छ । बजारको आन्तरिक तथा बाहृय कारण क्षणिक उथलपुथल आउन सक्छ त्यतिबेला मनोबैज्ञानिक रुपमा आफुलाई मजबुत बनाउँदै  लगानी गर्दा ताकाको आफ्नो उदेश्य र जोशलाई बचाई राख्नुहोस् ।
• प्राय: प्राविधिक बिश्लेष्लण (Technical Analysis) गरेर लगानी गर्नेहरुले कम्पनीको आधारभुत पक्षलाई खासै महत्व दिदैनन्। प्राविधिक बिश्लेष्लणबाट गरिने लगानी क्षणिक र छोटो अवधीको लागी गरिने हुँदा यसमा कम्पनीहरुको कारोबारमा प्राबिधिक पक्षलाई मात्र बिशेष प्राथमिकता दिईन्छ। नयाँ लगानिकर्ताले नबुझिकन प्राबिधिक बिश्लेषणको आधारमा लगानी गरी समयलाई क्लिक गर्न नसक्ने हो भने ‘आँखा झिमिक्क माल गायव’ भनेझैं नराम्रोसँग डुबिन्छ। तसर्थ लगानिको लागी प्राथमिकतामा कम्पनीहरुको आधारभुत पक्षलाई नै राख्नु पर्दछ।
• बजारमा कसैले नकारात्मक अफवाह फैल्याउँदै छ भने बुझ्नुस् उ सेयर बिक्री गरेर खरिदको अवसर कुरेर बसेको छ त्यस्तै कुनै कारण बिना बजारको उचाई मात्र देखाउँदै छ भने बुझ्नुस्, उ बिक्री गर्ने मौकाको पर्खाईमा छ।
• अल्पकालामा जग नभएका कम्पनीबाट पनि नसोचेको कमाई होला। तर कुनै समयमा जुवाबाट कमाएँ भन्दैमा जुवालाई नै करीयर बनाउने बारे नसोच्नुहोस् यसले तपाईंलाई कालन्तरमा ठुलो पीडा दिन्छ। बित्तिय रुपमा बलियो र निरन्तर रुपमा लाभांश दिने कम्पनी रोज्दा छोटो समयमा नसोचेको कमाई नदेला तर कालान्तरसम्म जिवन सहज हुनेछ।
• सेयर बजारको एक पाटो जती सुन्दर हुन्छ अर्को पाटो त्यती नै निर्मम, कुरुप र निर्दयि हुन्छ । यसले साना, ठुला, नयाँ, पुराना सबैलाई एउटै ब्यवहार गर्दछ। बजारले “यो चाहिं गरिव छ, यो समस्यामा छ, यसको ऋण छ यसलाई बचाईदिउँ” भनेर भन्दैन भन्ने कुरामा लगानी गर्नु पुर्व नै प्रष्ट हुनु जरुरी छ।
अन्त्यमा,
देश तथा बिदेशमा रहनुभएका समस्त मान्यजन तथा मित्रजनहरुलाई नव बर्ष ईस्वी संवत २०२३को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
थैन्कु ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: