×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘आर्थिक मन्दीले पोलिसी सरेण्डर बढेको सत्य हो, तरलता समस्या समाधान भएसँगै धेरै कुरा ठिक होला…’ (अन्तर्वार्ता)

काठमाडौं । जीवनबीमा कम्पनीहरुमा पोलिसी सरेण्डर गर्नेहरु ह्वात्तै बढेका छन् । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा मात्रै जीवन बीमा कम्पनीहरुमा ३६ हजार ९ सय ३३ जनाले पोलिसी सरेण्डर गरेका छन्, जसको बीमाङ्क रकम झण्डै ५ अर्ब ५७ करोड ६ लाख ६२ हजार रुपैयाँ हुन आउँछ ।  पछिल्लो तथ्यांक हेर्ने हो भने मंसिर महिनामा मात्रै जीवन बीमा कम्पनीहरुमा एक अर्ब एक करोड ६२ लाख ३१ हजार रुपैयाँका ७ हजार ६ सय ५० पोलिसी सरेण्डर भएका छन् । आखिर जीवनबीमा कम्पनीहरुमा पोलिसी सरेण्डर गर्नेहरु किन यसरी ह्वात्तै बढे ?  अर्थ सरोकारले जीवन बिमक संघका अध्यक्ष पोषक पौडेलसँग कुराकानी गरेको छ ।
१. लाईफ इन्स्योरेन्स कम्पनीमा पोलिसी सरेन्डर गर्ने  किन यसरी बढे ?
हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष पोलिसी सरेण्डर गर्नेहरुको संख्या ह्वात्तै बढेकै हो । तर, अझ पछिल्लो तथ्यांकले पोलीसी सरेण्डर गर्नेहरुको संख्या केहि कम भएको हो कि जस्तो लाग्छ । अघिल्लो महिनामा नयाँ बिजनेश भन्दा सरेण्डरको भोलुम अझ बढी थियो, अहिले केही कम भएको छ । कमजोर अर्थतन्त्र र बजारमा तरलता अभावको समयमा पैसाको आवश्यकता परेपछि सरेण्डर गर्नेहरुको संख्या बढेको हो । बिस्तारै तरलता सहज हुँदै जाँदा अन्य क्षेत्रहरुजस्तै इन्स्योरेन्स सेक्टरमा पनि सुधार आएको अवस्था छ ।
२. पोलिसी सरेन्डर गर्नेहरु बढ्नुको कारण चाहीँ के हो ? 
सरेन्डर गर्ने बीमितको रहरभन्दा पनि केही बाध्यता छन् । तर, मुख्य कारक चाहीँ आर्थिक मन्दी नै हो । पोलिसीको पैसा तिर्न नसक्दा कतिपयले बाध्यताले पनि पोलिसी सरेण्डर गर्छन्, कतिपयले पैसा आवश्यक परेकाले पनि पोलिसी सरेण्डर गर्छन् । बीमा क्षेत्र नागरिकको अन्तिम अस्त्र हो, बजारमा सबै विकल्प सकिएपछि मान्छेले इन्स्योरेन्स रोज्छन्, चाहे त्यो खरिद गर्दा होस् वा सरेण्डर गर्दा । तर पछिल्लो पाँच महिनामाचचाहिँ ठूलो संख्यामा सरेण्डर भएको देखिन्छ ।
३. पैसा चाहियो भने त बीमा कम्पनीबाटै पनि ऋण लिन मिल्ने सुविधा पनि छ नि होइन र ? 
यसमा दुईवटा कुरा हुन्छन् । पहिलो, मान्छेलाई पैसा चाहियो भने ऋण लिने हो, तर पैसा तिर्न नसक्ने भयो भने चाहीँ पोलिसी नै सरेण्डर  गर्ने नै  हो । अव मसँग पैसा नै छैन, तिर्नै सक्दिन, आम्दानीको स्रोतहरु घटे, पोलिसीलाई निरन्तरता दिन सक्दिन भन्ने स्थिति आएपछि के गर्ने त ? त्यसैले सरेण्डर अन्तिम विकल्प हो, त्यो नागरिकको अवस्थामा भर पर्छ ।
४. अर्थतन्त्र सुधार र तरलता बढ्दै गएपछि यो क्रम रोकिन्छ त ? 
यस्तो हुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ, किनभने कार्तिक र मंसिर महिनाको रिपोर्ट नै हेर्ने हो भने पनि सरेन्डर गर्नेहरु घटेको स्पष्ट देखिन्छ । अव यो प्रक्रियालाई अझै केही लामो समय नहेरी त ठ्याक्कै भईसक्यो भन्न पनि गाह्रो छ । तर, अघिल्लो महिनासँग तुलना गर्ने हो भने पनि यो महिना सरेण्डर गर्नेको संख्याचाहिँ घटेको छ । पोलिसी सरेण्डर घट्नेमात्र होइन, अहिले इन्स्योरेन्स सेक्टरको बिजनेश पनि बढेको छ । र यसरी व्यवसायमा पनि क्रमिक रुपमा सुधार भएकोले आगामी दिनमा राम्रो हुन्छ भन्ने अपेक्षा गर्ने प्रशस्तै ठाउँ छन् ।
५. भनेको भविष्यचाहिँ राम्रो देख्नुहुन्छ ?
अँ ! राम्रो नै हुन्छ भन्ने अपेक्षा गरौँ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: