×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छोराको न्वारन गर्न कृषि कर्जाका नाममा लघुबित्तबाट ऋण, किस्ता तिर्न नसकेपछि गाउँ नै छोडेर भाग्यो परिवार !

PRIME CA

छोराको न्वारन गर्न कृषि कर्जाका नाममा लघुबित्तबाट ऋण, किस्ता तिर्न नसकेपछि गाउँ नै छोडेर भाग्यो परिवार !

१२ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सुदूरपश्चिमको बिकट गाउँमा बस्ने शान्ता (नाम परिवर्तन)को परिवारमा सन्तानको रुपमा छोरा जन्मियो । छोरा जन्मेपछि गाउँमा ठुलै उल्लास हुने गर्छ उनको गाउँमा । आर्थिक स्थिति सार्है न्यून रहेको शान्ताको परिवारमा उनी र उनका पतिबाहेक काम गरेर कमाउने कोहि छैनन् । दुई छाक टार्न उनीहरु गाउँलेको काम गर्छन् । दुई जनाले काम गरेर ३ छोरीलाई पाल्नुपर्ने अवस्था त छँदै थियो, त्यसमाथि जन्मियो अर्को बच्चा । उनको समाजमा छोरा जन्मिएपछि ठुलै तामझाम गर्ने चलन छ । तर खानै पुग्दैन, कसरी गर्ने तामझाम ! यहि चिन्तामा पिरोलिएको परिवार भेट्न लघुबित्तका कर्मचारी आए र भने-हामी दिईहाल्छौँ नि ऋण !

उनीहरुले दुई लाख ऋण लिए । ऋण लिएर धुमधामसँग छोराको न्वारन गरे । ऋण दिने लघुबित्तका कर्मचारीसमेत आएर भोज खाए न्वारनमा । तर उनलाई दिइएको ऋण कृषि कामका लागि थियो । लघुबित्तका कर्मचारीले टार्गेट पूरा गर्ने नाममा र शान्तालाई छोराको न्वारन गर्न पैसा चाहीएकाले कर्जा प्रवाह भयो । यतिसम्मकी समूहको जमानी पनि कर्मचारीले कसकसलाई कसरी राखिदिए भन्ने कुरा जमानी बसेकालाई पछि मात्र थाहा भयो । पैसा सकियो, तर दायित्व सकिने कुरै भएन । केही समयपछी लघुबित्तका कर्मचारी किस्ता माग्न आए । उनीहरुका लागि २ लाख ऋण भनेको तिर्न असम्भवजस्तै रकम हो । केही सीप नलागेपछी उनीहरुले गाउँ छोडे, लघुबित्तको कर्जा डुब्यो । ऋणी भागेको रिपोर्ट दिएर कर्मचारी पन्छिए ।

यसरी ऋणको दुरुपयोग भएको घटना सो गाउँमा पहिलो भने होइन । लघुबित्तबाट प्रवाह भएको लगभग २०% कर्जा दुरुपयोग भएको तथ्य स्वयम् लघुबित्तका कर्मचारीहरु स्वीकार्छन् । लघुबित्त बैंकर्स संघका पूर्वअध्यक्ष वसन्त लम्साल ऋण दुरुपयोगका घटना लघुबित्तमा निकै धेरै रहेको स्वीकार्छन् । ‘हामीसँग ऋणीको विवरण ट्र्याक गर्ने सिष्टम छैन । जसका कारण ऋणीको स्वघोषण्कका भरमा कर्जा प्रवाह भएको सत्य हो ।’अर्थ सरोकारसँग उनले भने ।
नेपालको कानुनले ऋणको दुरुपयोगलाई पनि कसुरजन्य कार्य भनेको छ । बैंकिङ कसुर ऐनले ऋणको दुरुपयोगलाई कसुरजन्य कार्य भनी सजायसमेत तोकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: