×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जन्मिँदै नजन्मेको बच्चाको नाममा पनि लघुबित्तको ऋण, सबै कागज नक्कली !

PRIME CA

जन्मिँदै नजन्मेको बच्चाको नाममा पनि लघुबित्तको ऋण, सबै कागज नक्कली !

१२ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लघुबित्तहरुले टार्गेट पुर्याउने नाममा अनावश्यक ऋण प्रवाह गरेको र त्यसमा धेरै कर्जा नक्कली कागज राखेरसमेत राखेर प्रवाह भएको भन्ने तथ्य अब नौलो रहेन । तर जन्मिँदै नजन्मिएको बच्चाको नाममा पनि लघुबित्तले कर्जा प्रवाह गरेको पाइएको छ । श्रीमान र श्रीमतीका नाममा ऋण बढेपछि थप ऋण चाहिँदा नक्कली नाममा सबै कागज नक्कली बनाएर ऋण प्रवहा भएको पाईएको हो ।

घटना मेरो माइक्रोफाइनान्स बित्तिय संस्थाको हो । संस्थामा किर्ते कागजका भरमा हुँदै नभएको व्यक्तिका नाममा ऋण प्रवाह भएको पाइएपछि अहिले लघुबित्तकर्मी नै सो ऋण कसरी असुल्ने भन्ने तनावमा छन् ।

कसरी भयो घटना ?
सुस्मिता थारु (नाम परिवर्तन) को पहिला नै विभिन्न ४ लघुबित्तमा ऋण थियो । उनका श्रीमानको नाममा पनि पहिला नै ४ लघुबित्तमा ऋण थियो । सबैतिर ऋण नै ऋण भएपछि उनीहरु अब थप ऋण नलिने योजनामा थिए । तर ऋण लिएको लघुबित्तले किस्ता मागेको माग्यै गरेपछि र यहिबेला मेरो माइक्रोफाइनान्सले पनि ऋण लिन आग्रह गरेको गर्यै गरेपछी अन्तत : फेक नाम राखेर ऋण लिईएको थियो । सो फाइनान्सका एक कर्मचारीका अनुसार अरु कसैको नागरिकता प्रयोग गरि सो कर्जा प्रवाह भएको छ । ‘नागरिकता अरु कसैको प्रयोग भएको रहेछ । पछि हामीले यो नागरिकता कसको हो भनेर बुझ्यौँ । सुस्मिताजीले हाम्रो छोराको हो भन्नुभयो । छोरा खोइ त ? भनेर सोध्दा पेटमा छ भन्नुभयो । अनि पेटको छोराको नागरिकता बन्छ त ? भनेर सोध्दा, नागरिकताबारे आफुलाई थाहा नभएको र सबै कागज लघुबित्तकै कर्मचारीले बनाईदिएको बताएपछि हामीले थप खोजिनिधी गर्यौँ । ‘लघुबित्तका एक कर्मचारीले अर्थ सरोकारसँग भने-‘ पछि बुझ्दा त त्यो नागरिकता नै अर्को एक ऋणीको रहेछ ।’

उनका अनुसार अरुको कागज देखाएर ऋण लिनेको संख्या पछिल्लो समय लघुबित्तमा ह्वात्तै बढेका छन् । लघुबित्तकै कर्मचारीको मिलेमतोमैसमेत यस्ता घटना हुने ती कर्मचारीको दाबी छ ।

समस्या धेरै छन्, अब समाधानतिर लागौँ : लघुबित्त बैंकर्स संघ
यसो त ऋण डुब्लिकेसन, फेक कागजको प्रयोग, ऋण दुरुपयोग लगायतका समस्या नेपाली लघुबित्त क्षेत्रमा रहेको लघुबित्त बैंकर्स संघ नै स्वीर्काछन् । ‘समस्या धेरै खालका छन् । तर अब समस्या छ मात्र भनेर हुँदैन । त्यसको समाधान खोज्नुपर्छ । ‘लघुबित्त बैंकर्स संघका पूर्वअध्यक्ष वसन्त लम्साल भन्छन्-‘केही सहयोग नियामकले गर्नुपर्छ, केही राज्यले गर्नुपर्छ । सबै मिलेर लघुबित्तका समस्या समाधा गर्नुपर्छ ।’ केही समय अघिसम्म कर्जा सूचना केन्द्रको समन्वयको व्यवस्था नहुनु र ऋणीको विवरणलाई ट्र्याक गर्ने सिष्टम नहुँदा यस्ता समस्या देखिएको लघुबित्तकर्मीहरुको तर्क छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: