×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लिलामी बिक्न छाडेपछि जर्जर अवस्थामा बैंकिङ रिकभरी, व्यवसायीको आन्दोलनले थप समस्या

PRIME CA

लिलामी बिक्न छाडेपछि जर्जर अवस्थामा बैंकिङ रिकभरी, व्यवसायीको आन्दोलनले थप समस्या

१० फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मुलुकमा देखिएको आर्थिक मन्दी र चर्को ब्याजदरका कारण पछिल्ला दिन बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेहरुले कर्जाको किस्ता र ब्याज नतिर्ने वा समयमा नतिर्ने क्रम बढ्दो छ । ऋणीले ऋण नतिरेपछि बैंकहरु पनि धमाधम धितो राखिएका सम्पत्ति सकार्न थालेका छन् । तर, बैंकहरुले सकारेका सम्पत्ति बिकाउन नसक्दा समस्या देखिएको छ ।

कर्जा असुली घटेका बेला गैर बैंकिङ सम्पत्ति पनि लिलामी नहुँदा बैंकहरुमा अर्को तनाब सुरु भएको छ । ‘ऋणीले बैंकबाट लिने ऋणको ग्यारेन्टी भनेकै धितो हो, ऋण नतिरेपछि धितो सम्पत्ति सकार्ने हो। तर, अहिले लिलामीमा राखिएका सम्पत्ति नै बिक्दैनन्’, एक बैंकका सीईओले अर्थ सरोकारसँग भने, ‘एउटै सम्पत्तिका लागि कति पटक सूचना निकाल्ने ? जति पटक सूचना निकाले पनि सम्पत्ति बिक्री हुँदैनन् ।’

यसो त सकेसम्म बैंकबाट प्रवाह भएको ऋणको रकम नगद नै आओस् भन्नेतर्फ सचेत रहेको पनि ती सीईओको भनाई छ । ‘ऋणीले जसरी बैंकबाट ऋण लगेको छ, त्यसरी नै फिर्ता गरोस् भन्ने चाहन्छौँ । कतिपटक किस्ता तिर्न आउनुस् भनेर सूचना निकालियो, खै ? मरिगए आउँदैनन्’, उनले भने, ‘अब अर्कोतर्फ लिलामीका राखिएको सम्पत्ति बिक्री हुने छाँटकाँट नै देखिँदैन ।’

झन् पछिल्लो समय बैंकबाट लिएको ऋण नतिर्ने भन्दै ठूलै उद्योगी व्यवसायी पनि आन्दोलनमा उत्रिन थालेपछि बैंकहरु थप समस्यामा परेका छन् । केही दिन अघिमात्रै नेपाल राष्ट्र बैंकले ऋणीको फोटोसहितको सूचना निकाल्न प्रतिबन्ध लगाएसँगै यसले पनि समस्या थप्ने बैंकहरु बताउँछन् ।

ऋणीहरु कर्जा नतिर्ने भन्दै सडक आन्दोलनमा उत्रिनु र लिलामीमा राखिएका सम्पत्ति बिक्री नहुँदा बैंकहरु धितोबापत सकारेको सम्पत्ति आफैसँग राख्न बाध्य भएका छन् ।

अर्कोतर्फ व्यवसायीहरुको आन्दोलनका कारण पनि लिलामी बिक्रीमा समस्या देखिएको व्यवसायीकै भनाई छ । ‘आजभोली बैंकहरुले निकाल्ने लिलामीको सुचना दैनिकजसो आउँछन् । कुनै पत्रिका पनि सायद खाली हुँदैनन् । अधिकांश सूचना त दोहोरिएका हुन्छन्’, एक ठूला व्यवसायीले भने, ‘लिलामीमा सहभागी जनाउने भनेकै व्यवसायीले हो तर अहिले बैंकविरुद्ध व्यवसायीहरु आन्दोलनमा छन् । व्यवसायी नै आन्दोलनमा भएका बेला लिलामीमा सहभागी हुन रिस्क नै छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: