×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘वित्तीय अपराध हामीले होइन लघुवित्तले गरेका छन्, हामीले गरेको प्रमाणित गर्नुस्, जेल जान तयार छु’- मनिराम ज्ञवाली

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

‘वित्तीय अपराध हामीले होइन लघुवित्तले गरेका छन्, हामीले गरेको प्रमाणित गर्नुस्, जेल जान तयार छु’- मनिराम ज्ञवाली

काठमाडौं । लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिले प्रतिरोधात्मक आन्दोलनको ‘भाग २’ घोषणा गरेको छ । विगत १ वर्षदेखि आन्दोलनरत रहँदा पनि सरकाले आवाज नसुनेपछि र लघुवित्तकै कारण आत्महत्या गर्ने क्रम नरोकिएपछि ‘भाग २’ को कार्यक्रम घोषणा गर्नुपरेको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले बताएका छन् ।

लघुवित्त वित्तीय संस्थाहरु खारेजी, सामुहिक ऋण मिनाह, गरिब किसानहरुलाई निःशुल्क ऋण, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था र समाजवादी अर्थतन्त्रको विकास लगायतका ५ बुँदे माग समितिले राखेको छ ।

फागुन १ गतेदेखि सुरु हुने दोस्रो चरणको आन्दोलनमा फागुन १ गते पुर्व-पश्चिम राजमार्ग चौराहाहरुमा न्याय खोज्दै दिप प्रज्वलनसहित १२ बजेदेखि दिउँसो २ बजेसम्म सडकमा सुत्ने, फागुन २ गते ७७ जिल्लाका मालपोत कार्यालय र प्रशासन कार्यालयहरुमा सहजिकरण पत्र बुझाउने, फागुन १६ गते जिल्ला प्रशासन अगाडी धर्ना, जुलुसका साथै विरोध प्रदर्शन र फागुन ३० गते सिंहदरबार अगाडी विशाल विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको ज्ञवालीले जानकारी दिएका छन् ।

अर्थसरोकारकर्मी सुदर्शन श्रेष्ठले संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीसँग गरेको कुराकानीः

लघुवित्त विरुद्धको संघर्ष कहाँ पुग्यो ?
यो संघर्ष विगत १ वर्षदेखि यहाँसम्म आईपुग्दा असोज २५ गतेसम्म एउटा स्टेजमा थियौँ, अब भने प्रतिरोधात्मक अभियानको भाग दुई घोषणा गरेका छौँ । अहिले हामीलाई उत्पीडनमा परेका महिला तथा पीडितहरुको साथ पनि मिलेको छ । सबैजना एकजुट भएका छौँ र हाम्रो आन्दोलन राष्ट्रिय आन्दोलनको रुपमा अघि बढेको छ ।

एकपटक सहमति भयो भन्ने चर्चा थियो नि ? सहमतिपछि पनि आन्दोलन चाहिँ किन गुर्नुपर्यो ?
यो सहमतिको विषयमा धेरै कुरा हाँस्यास्पद छ । भएको के हो भने, हाम्रो महासचिव एलिना खातुनले हाम्रो आन्दोलनलाई भित्रभित्रै भाँड्न खोज्नुभएको थियो । उहाँ कहाँ जानुहुन्छ ? कुन सीईओसँग भेट्नुहुन्छ ? को सँग के डिल हुन्छ ? त्यो सब कुराको रिपोर्टिङ मसँग थियो । उहाँहरु छुट्टै समानान्तर कमिटी बनाउने र बाग्रेनिङ गर्नेतिर लाग्नुभयो, अझ भन्दा उहाँहरु यो आन्दोलन तुहाउनतर्फ केन्द्रित हुनुभयो । त्यो सब थाहा पाएपछि महासचिवको पद नै नरहने गरी उहाँलाई खारेज गर्यौं । मैले सहमति गर्न अस्वीकार गरेको हुँ, तर कार्वाहीमा परेका साथीहरुले १२ बुँदे सहमति गर्नुभएछ जोसँग हाम्रो कुनै सम्बन्ध छैन । हामी वार्ता र छलफलबाटै अघि बढ्छौँ ।

‘भाग १’ को कार्यक्रम असफल भएर ‘भाग २’ सुरु गर्नुभएको हो ?
त्यस्तो होइन, प्रतिरोधात्मक कार्यक्रमको भाग १ को म्याद अझै बाँकी छ, फागुन १ गतेसम्म । जसअन्तर्गत हामीले प्रदेश केन्द्रित प्रदर्शन गरिरहेका छौँ । जुन बेला आन्दोलन घोषणा भएको थियो, अहिले आन्दोलन त्यसबेला भन्दा थप सशक्त बनिसकेको छ । फागुन २ गतेदेखि गाउँगाउँमा गएर सदस्यलाई टर्चर दिने काम गरे भने हामी हामी सशक्त रुपमा प्रस्तुत हुन्छौँ, जसको जिम्मेवार स्वयम लघुवित्तकर्मी नै हुन्छन् । अर्थात, ‘भाग १’ को विकसित रुप ‘भाग २’ हो ।

राष्ट्र बैंककका गभर्नरले ‘ऋण तिर्दिन भन्नु वित्तीय अपराध हो’ भन्नुभयो, त्यो अर्थमा तपाई त अपराध गर्दै हुनुहुन्छ नि ? होइन ?
हामीले कस्तो खालको वित्तीय अपराध गर्यौं ? निमुखा÷गरिबलाई जोगाउन खोज्नु वित्तीय अपराध हो भने हाल्नुस् जेल, हामी तयार छौँ जेल जान । तर, विगत १० वर्षदेखि राष्ट्र बैंकले ‘घ’ वर्गको ट्याग दिएर गाउँगाउँमा आर्थिक र सामाजिक रुपान्तरण गर्न पठाएका लघुवित्तले निर्देशिका विपरित काम गरेका छन्, अनि ति लघुवित्त अपराधि कि हामी ? हामीले त निर्देशिका विपरित काम गर्दा गलत भयो, गरिबहरु ठगिए, वैधानिकताको नाममा गरिब ठग्न पाईदैन भनेर पने विद्रोह गरेका हौँ । अनि हामी गरेको काम वित्तीय अपराध कसरी भयो ? म राष्ट्र बैंकलाई अनुरोध गर्छु एकपटक आएर लघुवित्तका कामको स्थलगत अनुगमन गर्नुस्, त्यसपछि हामी गलत भए अपराधी बनौँला तर वित्तीय अपराधको धम्कीदेखि हामी डराउदैनौँ ।

ऋण लिने बेलामा लिने अनि तिर्ने बेलामा ‘म तिर्दिन’ भन्न मिल्छ र ?
त्यस्तो होइन, हामीले ऋण तिर्नुहुन्न भनेकै होइन । खाएको ऋण तिर्ने हो तर व्यवसायिक रुपमा न्यायपूर्ण ऋण तिर्ने हो । यहाँ त लघुवित्तले अन्यायपूर्ण ऋण लगाएका छन्, चक्रवर्ती ऋणमा फसाएर आर्थिक र सामाजिक शोषण गरेका छन् । त्यसैले लघुवित्तले यसरी फसाएर लगाएको ऋण नतिरे पनि पाप लाग्दैन भनेर नतिर्नुस् भनेका हौँ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: