×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईफोन कहिल्यै नदेखेका मोबाइल चोरहरुको चर्तिकला, व्यवसायीले ‘मिस’ गरे गृहमन्त्रीमा रवि लामिछाने (भिडियो)

PRIME CA
GLOBAL IME BANK

आईफोन कहिल्यै नदेखेका मोबाइल चोरहरुको चर्तिकला, व्यवसायीले ‘मिस’ गरे गृहमन्त्रीमा रवि लामिछाने (भिडियो)

३ फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौं । सोमबार बेलुकी यातायात मजदुर संगठनको आन्दोलन थियो । आन्दोलनका क्रममा उनीहरु यति अराजक बने, कि त्यति अराजक त स्वयम् अराजक शब्द पनि छैन होला । उनीहरुले प्रहरीको भ्यान जलाए, सरकारी सम्पत्ति फुटाए, अरु के के गरे गरे । यहाँसम्म त छँदै थियो तर आन्दोलनका नाममा केहि आतंककारीहरुले ल्होत्से मलभित्र प्रवेश गरेर करोडौंको मोबाइल लुटे ।
पशुपतिका बाँदरहरु बरु केरा देखेर संयमित हुन्छन्, तर मजदुरका नाममा लुटेर खान पल्किएका डाकाहरुले मोबाइल पसलभित्र पसेर लुट्नसम्म मोबाइल लुटे । लुटिएका ती मोबाइल सरकारले चाहे चल्दैनन् भन्ने जान्दाजान्दै, र सरकारले चाहे उनीहरुको यो पाप धुरीबाट कराउँछ, जनताको पसल लुट्ने ती भुसतिग्रे लुटेराहरु कसैगरी पनि भाग्न सक्दैनन् भन्ने थाहा पाउँदा पाउँदै पनि, बाँदरले केरा पाएजसरी उनीहरुले मोबाइल लुटे ।
लुटेरै खान पल्केका लुटेराहरुले मोबाइल पसलमा गरेर यसरी लुट मच्चाए कि मानौं यो नेपाल होइन, गृहयुद्धमा बसेको कुनै आतंकवादी देश हो । अझ लुटेराहरुले खुलेआम लुट मच्चाईरहँदा भ्यालेन्टाइन डेमा सिंगलहरु टोलाएजसरी टोलाएर बस्ने प्रहरी प्रशासनसमेत यो प्रकरणमा दोषी छन् । कमजोर सुरक्षा संयन्त्र, कमजोर गृह प्रशासन र कमजोर प्रहरीको आदेश नीतिका कारण सोमबार काठमाडौँमा लुटेराहरुको ताण्डवनृत्य चल्यो । प्रशासन रमिते बन्यो ।
व्यवसायीहरुका अनुसार आन्दोलनकारीका नाममा पसल पसेका लुटेराहरुले करोडौंको मोबाइल लुटेका छन् । पसलमा अन्य लाखौँको क्षति गराएका छन् । बनाउन भनेपछि राती छोराछोराछोरी बनाउन बाहेक केहि नजानेका ती पाखण्डीहरुले पसलमा ठुलो क्षति मात्र पुर्याएका छैनन्, बरु नेपालमा लुट्न सक्नेले जसरी पनि लुटे हुन्छ भन्ने सन्देश दिएर देशकै बदनाम गरेका छन् । कहिले ट्याक्सीमा यात्रु लुट्ने, कहिले बसमा यात्रु लुट्ने, जिन्दगीमा लुट्न मात्र जानेकाहरुले गरेको यो लुटलाई प्रहरी प्रशासनले ट्वाँ परेर हेरेकै कारण स्थानीयहरु त्राहिमामसमेत बनेका छन् ।
मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्यादोले दुई ओटा पसलमा ९ करोड बराबरको क्षति भएको दाबी गरेका छन् । उनका अनुसार लुटेराहरु पसेको एउटा पसलमा मात्रै ८ करोडको क्षति भएको छ । आफुले दुख गरेर कमाएको पैसाले एउटा टुकटुके मोबाइलसमेत बल्लबल्ल किनेका र बाँकी यात्रुका मोबाइल चोरेरै चलाउन पल्केका लुटेराहरु परेछन सायद, उनीहरुले छुन पनि नपाएका आईफोन देखि, भिडियोमा मात्र देख्न पाएका मोबाइलहरु पनि लुटेर लागेका छन् ।
लुटेर खान पल्केका ती दुई कौडीका मोबाइल चोर पाखण्डीहरुले सायद बुझेका छैनन्, उनीहरुले सो मोबाइल चलाए मात्र भने पनि उनीहरु प्रहरीको फन्दामा पर्नेछन् । र अहिले प्रहरी र व्यवसायीले दूरसंचार प्राधिकरणसंग मिलेर  मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम मार्फत ती मोबाइल बन्द गराउने तयारी रेहको छ । बाँदरको हातमा नरिवल भनेजस्तै अव ती पाखण्डीहरुको हातमा ती मोबाइल बेकामे डिभाइसमात्र हुनेछन् ।  पसलबाट लुटिएका मोबाइल नेपाल तथा विदेशमा समेत नचल्ने बनाउनमिल्छ । र नेपाल दूरसंचार प्राधिकरण यहि गर्ने तयारीमा छ ।
अव यी लुटेराहरुका कुरा छोडौं, तीनका त दुई पैसे बुद्धिले जे जान्यो त्यहि गर्यो, प्रहरी प्रशासनचाहिं यसरी खुलेआम लुट मच्चिंदा के गरेर बसेको थियो ? यसको जिम्मा प्रहरीले लिनुपर्दैन ? हो, यहि कारण हो जनताहरुलाई गृहमंत्रीका रुपमा रवि लामिछाने चाहिएको । आज सरकारमा रवि लामिछाने हुन्थे भने, ती एक एक लुटेराहरुलाई समातेर जेल कोच्ने सामर्थ्य राख्थे रविले । रविले रविकै भाषामा भन्दा ती मोबाइल चोरहरुलाई जेल भित्र राखेर, उडेर, घुमाएर एक एक किक खानु पर्थ्यो । तर अहिले त प्रचण्ड प्रधानमन्त्री छन्, गृहमन्त्रालय पनि उनकै हातमा छ । कठै ! ती चोरहरुलाई एक एक गरी ठेगान लगाउनु त कहाँ हो कहाँ ? त्यस्ता चोरहरु मिसिएको आन्दोलनका हाकिमहरुसँगै आन्दोलन पो गरेछ सरकारले ।
यो सरकारबाट खासै आशा नगरेका जनताले ती मोबाइल चोरहरु पक्राउ पर्छन् भन्ने अपेक्षासमेत गरेका छैनन् । तर खबरदार सरकार । यति जनताका पसलमा दिनदहाडै हुने यस्ता लुटपाट नियन्त्रण गर्न सक्दैनौ भने तीमी पनि लुटेराको नाइके बाहेक केहि हुन सक्दैनौ । जनताको सम्पत्ति माथिको यो लुट मच्चाउनेहरुलाई छुट दिने हो भने तिमीलाई त्यो सरकारी कुर्सीमा बस्ने अधिकार पनि छैन । र त आज जनताहरु, व्यवसायीहरु, अधिकारकर्मीहरु भनिरहेका छन्, कि ती लुटेराहरुलाई पक्राउ गर, होइन भने कुर्सी छोड । तर लुटेराहरुलाई संरक्षण गरेर जनतामारा सकारको बिल्ला भिरेर लाज पचाएर कुर्सीमा नबस । किनकि व्यवसायीले गरी खान पाउने अधिकारसमेत खोसिने यो देश तिम्रा बाउको विर्ता होइन ।
आशा गरौँ, मोबाइल चोरहरुलाई प्रहरीले छिट्टै पक्राउ गर्नेछ । र उनीहरुले गरेको क्षति उनीहरुबाट नै भराउनेछ सरकारले । लुट्ने ती लुटेराहरु, चोर्ने ती नामर्द चोरहरु, अनि त्यसको क्षतिपूर्ति सरकारले दिने भन्ने कुरा पनि सहि हुनै सक्दैन । सरकारले तीनैलाई पक्राउ गरोस्, तीनका सात पुस्ताका सम्पत्ति जफत गरेर भए पनि व्यवसायीलाई क्षतिपूर्ति तिरोस् । यस्तो कारवाही गरियोस् कि चोर्न त परकै कुरा बाटोमा मोबाइल भेटिए पनि तर्सिउन् ती चोरेर खान पल्केका डाकाहरु । अहिले नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ । उनीहरुको ठाउँमा उनीहरुका कुरा ठिक होला किनकि उनीहरुलाई सरकारले सुरक्षा नदिएकै कारण यस्तो लुट मच्चिएको हो । तर सरकारले भने क्षतिपूर्ति त दिने तर ती चोरहरुबाट असुलेर दिनेगरी कारवाही अगाडी बढाउनुपर्छ ।
घटनाको सीसीटिभि फुटेज बाहिर आएको छ । अर्थात मोबाइल लुट्ने ती चोरका खन्तीहरु यहि देशकै कुनै कुनामा लुकेर बसेका छन् र ती को हुन् भन्ने पत्ता लगाउन प्रहरीलाई गाह्रो छैन । त्यसैले त्यस्ता फाटाहा, लुच्छाहरुलाई प्रहरीले पक्राउ गरेर कानुनी कारवाही अगाडी बढाओस् । कानुनमै नभए पनि दुई चार झाप्पु र ३-४ लात्तीले तीनलाई भकुरे पनि पाप लाग्दैन । किनकि ती लुटेरामात्र होइन, नामर्द लुटेरा हुन् ।  (भिडियो)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: