×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ सफ्टवेरका कारण टेलिकममा भद्रगोल, बर्षेनी ३ अर्बभन्दा बढी रकम गायब, कमिसन लिएर गरिन्छ नविकरण !

PRIME CA
GLOBAL IME BANK

चिनियाँ सफ्टवेरका कारण टेलिकममा भद्रगोल, बर्षेनी ३ अर्बभन्दा बढी रकम गायब, कमिसन लिएर गरिन्छ नविकरण !

७ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । पछिल्ला दिन नेपाल टेलिकमको नेटवर्कमा दिनहुँजसको समस्या आउने गरेको छ । कहिले सिस्ट नै डाउन हुने त कहिले नेटवर्कमा अत्याधिक डिस्टर्ब हुने कारणले टेलिकमका ग्राहक मर्कामा पर्दै आएका छन् । यतिमात्र होइन केही दिन अघि नेपाल टेलिकमका ‘पोस्टपेड युजर’को सिमबाट ब्यालेन्स नै गायब भयो । नेपाल टेलिकममा एकाएक ग्राहकको पैसा हराएपछि दुरसञ्चार प्राधिकरणले छानबिन सुरु गरेको थियो ।

छानबिनपछि चिनियाँ सफ्टवेर प्रयोग गरेको नेपाल टेलिकममा बिलिङमा वर्षेनी अबौंको चलखेल भईरहेको खुलासा भएको छ । टेलिकमको सिस्टमबाट वार्षिक ३ अर्बभन्दा बढी रकम बिलिङमै नदेखिने गरेको पाइएको छ । सामान्यतया १ देखि १.५ प्रतिशतसम्म ‘भेरिएशन’लाई सामान्य मानिए पनि वर्षौंदेखि १० प्रतिशतसम्म ‘भेरिएशन’ आउँदा पनि आन्तरिक चलखेलका आधारमा यसलाई हटाउन टेलिकमकै अधिकारीले अटेर गर्ने गरेका छन् ।

वर्षेनी ३ अर्बभन्दा बढी रकम गायब
नेपाल टेलिकमले सन् २०११ मा बिलिङको जिम्मा चिनियाँ कम्पनी एसियन इन्फो (एआई)लाई दिएको थियो । एआईले बिलिङ गर्दा नै १० प्रतिशत सिस्टमबाट हराउने गर्छ । यसरी वार्षिक ३२ अर्ब रुपैयाँभन्दा धेरैको बिलिङ गर्ने नेपाल टेलिकमलाई हालको अवस्थामा वार्षिक ३ अर्ब २० करोड रुपैयाँभन्दा बढी रकम घाटा भएको देखिएको छ । चिनियाँ सफ्वेरको प्रयोग गरेकै कारण यति ठूलो घाटा भएको हो भन्ने बारेमा जानकार हुँदाहँदै पनि टेलिकमले पुनः पाँच वर्षका लागि चिनियाँ कम्पनी एशियन इन्फोसँगै सम्झौता गरेको छ ।

टेलिकममा चिनियाँ कम्पनीको एकछत्र राज 

यसो त नेपाल टेलिकममा चिनियाँ कम्पनीको एकाधिकार छ । नेपाल टेलिकमसँगको मिलेमतोमा चिनियाँ कम्पनी एशियन इन्फोले टेलिकमको बिलिङ प्रोसेस आफ्नो सफ्टवेयरबाट मात्रै हुने बनाएको छ । अर्थात टेलिकमको बिलिङमा एशियन इन्फोको बाहेक अन्य कुनै पनि उपकरण प्रयोग गर्न मिल्दैन । यसकारण पनि एआईले आफ्नै बोलकबोलअनुसारको पैसामा मर्मत समेत गर्दै आएको छ ।

करोडौंको काममा बोलपत्र गरेर पारदर्शी प्रक्रिया अपनाउनुको सट्टा एशियन इन्फोसँग जस्केलाबाट एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट गरेको पाइएको हो । यो कम्पनीले अन्य कम्पनीको विभिन्न उपकरण जडान गरेर बिलिङ सिस्टमलाई एसेम्बल गरेको छ ।

चिनियाँ कम्पनी पोस्न टेलिकमभित्रै चलखेल

विश्व बजारमा इन्फोजस्तै अन्य बिलिङ सफ्टवेयर पनि छन् । अन्यबाट बिलिङ गर्दा १.५ प्रतिशतमात्रै बिलिङ सिस्टम भन्दा बाहिर जाने नेपाल टेलिकमका प्राविधिक र अधिकारी जानकार छन् । तर, पनि अहिले बिलिङमा १० प्रतिशत ‘गायब’ भइरहेको हो । यसलाई सुधार गर्नसक्दा अहिले हराइरहेको ३ अर्ब २० करोडबाट ४० करोडमा झार्न सकिन्छ ।

चिनियाँ सफ्टवेरको प्रयोगकै कारण ठूलो घाटा भईरहेको पाइएपछि नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले चिनियाँ कम्पनी एशिया इन्फो (एआई)सँगको सम्झौता रद्ध गर्न खोजे पनि उनी सफल भने हुन सकेनन् । टेलिकममा नयाँ बिलिङ सिस्टम खरिद गर्नका लागि २ अर्ब प्रस्ताव गरे पनि प्रबन्ध निर्देककै रुपमा रहेका सुनिल पौडेलले भने उक्त प्रस्ताव खारेज गरेर ६ अर्बमै एशियन इन्फो किन्ने चलखेल भएको स्रोतको दाबी रहेको छ ।

यसो त बिलिङ प्रणाली मर्मत तथा अपग्रेडमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रक्रिया तत्काल रोक्न निर्देशन दिएको थियो । तर, अख्तियारको निर्देशनलाई समेत अटेर गरेको नेपाल टेलिकमले आन्तरिक चलखेलमा बोलपत्र निकालेर मर्मत सम्झौता गरिसकेको पाइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: