×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आन्दोलन चर्किएपछि बैंक तथा वित्तीय संस्थाका ४ संगठन एक भए, भने – ‘ऋण नै तिर्दिन भन्नू अराजकता भयो’

PRIME CA

आन्दोलन चर्किएपछि बैंक तथा वित्तीय संस्थाका ४ संगठन एक भए, भने – ‘ऋण नै तिर्दिन भन्नू अराजकता भयो’

१९ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पछिल्लो समय देशव्यापी रुपमा चर्किरहेको बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनको बैंक तथा वित्तीय संस्थाका ४ संगठनले संयुक्त रुपमा आपत्ती जनाएका छन् । एक विज्ञप्ती जारी गर्दै नेपाल बैंकसं संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा आपत्ती जनाएका हुन् ।

विज्ञप्तीमार्फत ४ संगठनहरुले बैंक/वित्तीय तथ लघुवित्त संस्थाहरुविरुद्ध भएका आन्दोलनको घोषणा र धम्कीपूर्ण अभिव्यक्ति र अराजक व्यवहारप्रति आपत्ती जनाएका छन् । बैंक/वित्तीय तथा लघुवित्तको ऋण तिर्दिन भनेर आन्दोलन गर्नू अराजक भएको आशय प्रस्तुत गर्दै ४ संगठनहरुले यस्ता गतिविधीलाई निरुत्साहित गर्नसमेत माग गरेका छन् । ‘कुनै पनि विरोधको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई हुने अराजक घट्नालाई समयमै नियन्त्रण गर्नेतर्फ राज्यको ध्यान गएको छ भन्नेमा हामी विश्वस्त छौँ ।’– विज्ञप्तीमा भनिएको छ ।

मुलुकको आर्थिक समृद्धिमा बैंक/वित्तीय तथा लघुवित्तको भूमिका अब्बल रहेको र नियामकीय मापदण्डभित्र रहेर बैंकिङ कारोबार गर्दा पनि अराजक गतिविधि मौलाउनु गलत भएको भन्दै बेलैमा सेचत हुनुपर्ने बैंकर्स संघका एक सदस्यले बताएका छन् । ‘बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायी/ऋणीहरुलाई हेरेन, सँधै नाफामा मात्रै केन्द्रित भयो भनेर आन्दोलन गर्छन् तर बैंक/वित्तीय संस्थाले गरेको सहयोग र योगदान हेर्दैनन् ।’ उनले भने, ‘हामीले गत आर्थिक वर्षमा मात्रै राज्यलाई ३४ अर्बभन्दा बढी रकम करमात्रै तिरेका छौँ । अनि कोरोना माहामारीका बेलामा मुलुक नै ठप्प हुँदा ब्याजदर छुट भनेर ऋणीहरुलाई प्रत्यक्ष रुपमा १० अर्ब भन्दा धेरै ब्याज छुट दिएका छौँ । यो सब चाहिँ बैंक तथा वित्तीय संस्थाले सहयोग गरेको होइन ?’

त्यस्तै, बैंक/वित्तीय तथा लघुवित्तबाट ऋण लिएपछि समयमा किस्ता तिर्नु वा ऋण चुक्ता गर्नू ऋणीको पहिलो दायित्व भएको बताउँदै ऋण तिर्दिन भन्नु भने अपराध हुने ४ संगठनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘विभिन्न सर्तहरुको अधिनमा रही बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए पछि नतिर्ने भन्नु अराजकता हो ।’- विज्ञप्तीमा भनिएको छ ।

योसँगै ४ संगठनहरुले बैंकिङ कारोबार सञ्चालनमा कहिँकतै नितिगत त्रुटी भए सुधार गर्न तयार रहेको बताउँदै बैंक÷वित्तीय र लघुवित्तविरुद्धको आन्दोलन बन्द गर्न र बैंकिङ क्षेत्रलाई थप सबल र सुदृढ बनाउँदै मुलुकको आर्थिक विकासमा मद्धत गर्नसमेत आग्रह गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: