×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

‘विश्वभर वित्तीय स्थायित्व जोखिम बढ्यो, सन् २०२३ आर्थिक रुपमा चुनौतीपूर्ण वर्ष हुनसक्छ’- क्रिस्टालिना जर्जिभा

BIZBAZAR

काठमाडौं । वित्तीय स्थायित्व जोखिम बढेको भन्दै अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सतर्कता अपनाउने आग्रह गरेको छ । ‘चाइना डेभलपमेन्ट फोरम’मा मुलुकको आर्थिक अवस्था, संकट र जोखिमको विषयमा आफ्ना धारणा राख्दै आइएमएफकी प्रमुख क्रिस्टालिना जर्जिभाले सतर्कता अपनाउन आह्वान गरेकी हुन् ।

हाल मुलुकभर आर्थिक संकटको सामान्य बाछिट्टा देखिएको भए पनि सन् २०२३ थप चुनौतीपूर्ण वर्ष हुनसक्ने जर्जिभाले बताएकी छिन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले सन् २०२३ मा महामारी, रुस-युक्रेन युद्ध र मौद्रिक कडाईका कारण विश्वव्यापी वृद्धिदर ३ प्रतिशतभन्दा कम हुने बताएकी छिन् ।

जर्जिभाका अनुसार सन् २०२४ आर्थिक रुपमा केही सहज हुने भए पनि विश्वव्यापी वृद्धिदर ऐतिहासिक औसत ३.८ प्रतिशत भन्दा कम नै रहनेछ । यस वर्षको विश्वव्यापी आर्थिक वृद्धिदर २.९ प्रतिशत रहने प्रक्षेपण गरेको आइएमएफले आगामी महिना नयाँ प्रक्षेपण सार्वजनिक गर्नेसमेत जर्जियाले बताएकी छिन् । उनका अनुसार समग्रमा पछिल्लो समय मुलुकभरको आर्थिक परिदृश्य भने निकै कमजोर रहेको छ ।

त्यस्तै, आइएमएफले न्यून आय भएका र चरम आर्थिक संकटबाट गुज्रिरहेका देशहरुलाई विशेष रुपमा हेरिरहेको जर्जिभाले बताइन् । मुलुकको आर्थिक अवस्था निरन्तर कमजोर बन्दै गएको स्मरण गराउँदै उनले सबैलाई सतर्कता अपनाउनसमेत आह्वान गरेकी छिन् ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal