×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घाटामा पीआईए : प्राधिकरणको सञ्चित नाफाबाट किस्ता तिर्ने तयारी,  आम्दानीभन्दा किस्ताको रकम झण्डै ८ गुणा बढी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

घाटामा पीआईए : प्राधिकरणको सञ्चित नाफाबाट किस्ता तिर्ने तयारी,  आम्दानीभन्दा किस्ताको रकम झण्डै ८ गुणा बढी !

काठमाडौँ । चिनियाँ बैंकबाट लिईएको ऋणको किस्ता नै आम्दानी लक्षभन्दा निकै बढी भएपछि पोखरास्थित पोखरा अन्तराष्ट्रिय विमानस्थल घाटामा जाने निश्चित देखिएको छ । चिनियाँ एक्जिम बैंकबाट लिईएको ऋणको किस्ता आउँदो चैत्रदेखि तिर्नुपर्ने स्थितिमा विमानस्थलको बार्षिक आम्दानी लक्ष नै जम्मा ३० करोड हुँदा विमानस्थल चरम घाटामा जाने निश्चित भएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल बनाउन सरकारले २०७२ सालमा उक्त बैंकसँग सम्झौता गरेको थियोभने २०७९ साल पुषमा यो विमानस्थलको औपचारिक उद्घाटन भएको थियो ।
कति छ ऋण ?
नेपाल सरकारले चिनियाँ एक्जिम बैंकबाट लिएको ऋणको पहिलो किस्ता झण्डै १ अर्ब २ करोड रुपैयाँ आउँदो चैत्रमा तिर्नुपर्नेछ । यो ऋणको किस्ता हरेक ६-६ महिनामा तिर्नुपर्छ भने बार्षिक रुपमा तिर्नुपर्ने किस्ताको रकम २ अर्ब ४ करोड रुपैयाँ हुन आउँछ । सम्झौतामा नै ऋण लिएको २० वर्षसम्म सबै ऋण तिरिसक्नुपरने अवस्था भएकोले २०९२ साल असोज १ गतेभित्र किस्ता तिरिसक्नुपर्ने हुन्छ ।
सम्झौता अनुसार ऋणको ग्रेस अवधि ७ वर्ष सकिएर किस्ता तिर्ने समय शुरू हुन लागेको हो । तर १ अर्व २ करोड रुपयाँ किस्ता तिर्नुपर्ने अवस्थासम्म आईपुग्दा विमानस्थलको आम्दानी आर्थिक बर्ष २०७८/७९ मा १३ करोड रुपैयाँ थियो । अहिले यो रकमको लक्ष बढाएर प्राधिकरणले चालू आर्थिक बर्ष २०७९/८० मा ३० करोड रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखेको विमानस्थल कार्यालयका प्रवक्ता जशोधा सुवेदीले जानकारी दिइन् । तर लक्ष अनुसारको आम्दानी भएको खण्डमा पनि किस्तालाई दाँजेर हेर्दा कुल आम्दानी नै किस्ताभन्दा ८ गुणा कम हुन आउँछ ।
विमानस्थलको घाटाको भार अर्थमन्त्रालयलाई भिडाउने प्रयास,नसके सञ्चित नाफाबाट किस्ता तिरिने !
यसो त विमानस्थलको बिजनेशबाट किस्ता तिर्न नसक्ने भएपछि यसको भार अर्थ मन्त्रालयलाई भिडाउने तयारी भईरहेको छ । नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अर्थ मन्त्रालयमार्फत चिनियाँ बैंकलाई तिर्नुपर्ने किस्ताको भुक्तानी हुनेछ । सरकारले किस्ता भुक्तानी नगरेको अवस्थामा प्राधिकरणको सञ्चित नाफाबाट सो किस्ता तिरिने उनको भनाई छ ।
प्राधिकरणको तथ्यांकअनुसार २०७९ असारसम्म सञ्चित नाफा १ खर्ब ४६ अर्ब ५३ करोड रुपैयाँ छ । २०७८ असारसम्म प्राधिकरणको सञ्चित नाफा १ खर्ब ४७ अर्ब १२ करोड रुपैयाँ थियो । यसपालीको सञ्चित नाफा अघिल्लो बर्षको तुलनामा कम हो । तर प्राधिकरणको सञ्चित नाफा प्रयोग हुँदा यसले फेरी पनि सरकारकै ढुकुटी कमजोर हुने स्पष्ट छ । यहि तथ्य थाहा पाएर नै उद्घाटनकै दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो ऋणलाई अनुदानमा परिणत गर्न अनुरोध गरेका थिए । तर प्रचण्डको अनुरोधका बाबजुत पनि चिनियाँ पक्षले यसबारे कुनै पनि प्रतिक्रिया दिएको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: