×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अमेरिकी बैंक सिलिकन भ्याली डुब्नुको संकेत के हो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘अमेरिकी बैंक सिलिकन भ्याली डुब्नुको संकेत के हो ?

Artha Sarokar

३० फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

पछिल्लो शुक्रबार अमेरिकी बैंक सिलिकन भ्याली बैंकलाई संकटग्रस्त घोषणा गरियो र यस बैंकलाई नियामक निकायले टेकओभर पनि गर्याे । अव फेडरल डिपोजिट इन्सुरेन्स कम्पनी (एफडिआईसी)ले उक्त बैंकको इन्स्योरेन्स गरेको निक्षेप फिर्ता गर्ने र सम्पत्ति विक्री गरेर बाँकी निक्षेपकर्ताहरुप्रतिको दायित्व पूरा गर्ने घोषणा गरेको छ । बैंकको कुल निक्षेपमा १० प्रतिशत मात्रै इन्स्योरेन्स गरिएको छ भने बाँकी ९० प्रतिशत इन्स्योरेन्स नगरिएका निक्षेप हुन् । प्रति ग्राहक २ लाख ५० हजार अमेरिकी डलर सम्मको निक्षेप रकम इन्स्योरेन्स गरिएको छ ।
सिलिकन भ्याली बैंकले बुधबार २१ अर्ब डलरको ऋणपत्र बिक्री गरेको थियो । ऋणपत्रले यो कम्पनीलाई औसत १.७९ प्रतिशत प्रतिफल दिइरहेको थियो, जुन हालको १० वर्षे ऋणपत्रको उपज लगभग ३.९ प्रतिशत भन्दा थोरै हो । यसले बैंकलाई १ अर्ब ८० करोड अमेरिकी डलर घाटा व्यहोर्न बाध्य बनायो । यो घाटा पूर्तीका लागि पूँजी वृद्धि गर्न आवश्यक थियो । बैंकले बिहीबार  २ अर्ब २५ करोड अमेरिकी डलरको साधारण शेयर र अग्राधिकार शेयर बिक्री गरेर रकम जुटाउने घोषणा गरेको थियो । ब्याजदरमा भएको बृद्धिले ऋणपत्र जस्ता कम उपज दिने सम्पत्तिको मूल्य निकै कम भएको छ । जसले गर्दा बैंकले छिट्टै रकम जुटाउन आवश्यक पर्दा समस्या भयो ।
ब्याजदर सुन्यको नजिक पुगेको बेला बैंकले आफुसँग भएको अधिकांश रकम दीर्घकालीन सेक्युरिटिजमा लगानी गर्याे । तर कोभिड १९, युक्रेन रसिया युद्धका कारण बढ्दै गएको मुद्रास्फीतिलाई कम गर्न फेडरल रिजर्भले ब्याजदर वृद्धि गर्ने नीति लिएसँर्गै सेक्युरिजिहरुको मुल्य घट्न थालेकाले बैंकले ठुलो अनरियलाइज नोक्सानी व्यहोर्नुपर्याे । एकातिर बैंकको ब्याज बढ्ने र अर्कोतिर सेक्युरिटिजमा गरिएको लगानीले दिने व्याजप्रतिफल स्थिर रहने र बजारमा सेक्युरिटिजको भ्यालु कम हुँदै जानुले बैंकलाई संकटमा पार्याे । निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न घट्दो बजामा सेक्युरिटिज विक्री गर्नुपर्दा बैंकलाई ठुलो नोकसानी व्यहोर्नुपर्याे ।
सिलिकन भ्याली बैंकको अधिकांश लगानी स्टार्टअप एवम् प्रविधिमय व्यवसायमा रहेको थियो । व्याजदर बढ्दै गएकाले ती व्यवसायहरुले सेयरमार्फत् पुँजी वृद्धि गर्न सम्भव भएन परिणामस्वरुप तिनले बैंकमा रहेको आफ्नो निक्षेप निकाल्न थाले । यसले गर्दा बैंकमा निक्षेपकर्तालाई रकम फिर्ता गर्ने रकमको अभाव भयो र यसको पुर्ति गर्नका लागि सेक्युरिटि विक्री गर्नुपर्याे ।
रसिया–युक्रेन युद्धको प्रभाव, जलवायु परिवर्तन र कोभिड १९ का कारण बेलायत, अमेरिका, न्युजिल्यान्ड र ब्राजिलले बढ्दो मुद्रास्फीतिसँग सामना गर्न ब्याजदर बढाइसकेका छन् । अमेरिकाले शतककै मूल्यवृद्धिबाट उत्पन्न कठिन परिस्थितिको सामना गरिरहेको छ र ब्याजदर अझै बढ्न सक्ने आँकलन गरिएको छ, जहाँ अमेरिकाको केन्द्रीय बैंकले हालसालै ब्याजदर बढाई सन् १९९४ पछिकै उच्चतम बिन्दुमा पुर्याइसकेको छ । यसले बैंकहरुको निक्षेप लागत एवम् उद्यमी व्यवसायीहरुको लागत बढाएको छ । त्यसैले गर्दा कर्जा लगानी माग घटाएको छ । एकातिर निक्षेप घट्दै जाने र अर्काेतिर ऋण लगानी पनि न्युन हुँदा बैंकको अवस्था खस्किँदै गएको छ ।
सन् २००७÷८ ताका अमेरिकामा घरजग्गामा भएको अप्रतयासित वृद्धिका एकाएक रोकिएका कारण सम्पत्ति बेलुन (एसेस्ट बेलुन) फुट्न गई लेह्म्यान ब्रोदर लगायतका केही बैंकहरुले संकट व्यहोर्नुपरेको थियो । उक्त समयमा बैंकहरुको लगानी घरजग्गामा अत्यधिक रुपमा हुन गयो । तर उक्त कारोबारमा मन्दी सिर्जना भएका कारण बैंकको व्याज किस्ता उठ्न नसकी खराब कर्जाको अंश बढ्दै गयो जसका कारण उक्त बैंकहरु अन्तत्वगत्वा बन्द नै गर्नु पर्ने अवस्था आयो ।
यसरी अमेरिका जस्तो ठुलो र शक्तिशाली आर्थतन्त्र भएको मुलुकमा वित्तीय संकट देखा पर्नुले कतै बजार अर्थव्यवस्थाकै संरचना दोशी त होइन भन्ने पनि तर्क गर्न सकिन्छ । त्यसैले अमेरिकी अर्थतन्त्रले अर्थशास्त्री किन्सले भनेझैँ सरकारको हस्तक्षेपकारी नीतिको आर्थिक अवधारणालाई पर्खिरहेको त छैन भन्ने प्रश्न उजागर गरेको छ ।
वास्तवमा, बैंकहरुले सम्पत्ति र दायित्वको अनुपातलाई मिलाएर राख्न नसकेका कारण नै सिलिकन भ्याली बैंक डुब्न पुगेको देखिन्छ । अल्पकालीन निक्षेप लिएर दीर्घकालीन सेक्युरिटिजहरुमा लगानी गर्दा यसले बैंकको सम्पत्ति व्यवस्थापनमा समस्या आई बैंंक डुब्न पुगेको हो । त्यसैले अब बैंकहरुले आफ्नो सम्पत्ति र दायित्वको अनुपातलाई मिलाउनतिर ध्यान केन्द्रित गर्नु आवश्यक छ । त्यसैगरी लगानी पोर्टफोलियो व्यवस्थापनमा बैंकहरु चनाखो बन्नु आवश्यक छ ।
बढ्दो ब्याजदरका कारण अमेरिकी बैंकिङ उद्योग सेक्युरिटी होल्डिङहरुमा हाल ६ खर्ब २० अर्ब डलरको ‘अनरियलाइज्ड घाटा’ मा छ । भ्याल्यू घट्नु बैंकहरुका लागि समस्या नभए पनि बाहिरिँदै गएको निक्षेपका कारण सम्पत्ति बिक्री गर्न थालेकाले लगानीकर्ताहरु सशंकित बनेका हुन् । अमेरिकी बैंकमा आएको यस्तो घटना वित्तीय प्रणालीमा कुनै किसिमको दरार आउनसक्ने संकेत हुने भएकाले समयमै सचेत हुनु जरुरी देखिन्छ ।
-लेखक सुरज घिमिरे अर्थशास्त्रका अध्येता हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी