×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चालु आर्थिक वर्षको ‘थर्ड क्वाटर’मा २१ वाणिज्य बैंकले साढे ४८ अर्ब रुपैयाँ नाफा कमाए, खराब कर्जा पनि बढ्यो

PRIME CA
GLOBAL IME BANK

चालु आर्थिक वर्षको ‘थर्ड क्वाटर’मा २१ वाणिज्य बैंकले साढे ४८ अर्ब रुपैयाँ नाफा कमाए, खराब कर्जा पनि बढ्यो

८ बैशाख २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २१ वटा वाणिज्य बैंकले करिब साढे ४८ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरूको खुद नाफा ११.७४ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको खुद नाफा करिब साढे ४३ अर्ब रुपैयाँ रहेको थियो ।

पछिल्लो एक वर्षको तुलनामा बैंकहरुको नाफा बढेको देखिए पनि उत्तिकै मात्रामा खराब कर्जा पनि बढेको छ । बैंकको खराब कर्जा बढेपनि स्वभाविक रुपमा सम्पत्तिको प्रतिफल पनि घटेको बैंकरहरुको भनाई छ ।

बैंकहरूले प्रकाशित गरेको चालु आर्थिक वर्षको चैत्र मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत चैतसम्म नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ११ करोड र कृषि विकास बैंकले सबैभन्दा कम एक अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्  । चार अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएर ग्लोबल आईएमई दोस्रो धेरै नाफा कमाउने बैंक बनेको छ । मर्जर तथा एक्विजिसनका कारण यी दुवै बैंकको नाफामा वृद्धि भएको हो । मर्जरमा नगएका बैंकहरूमा एनआईसी एसिया र राष्ट्रिय वाणिज्य बैंकले क्रमशः ४ अर्ब १ करोड र ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्  । तर सिटिजन्स, कृषि, प्राइम, सनराइज, माछापुच्छ्रे, सिद्धार्थ र नेपाल बैंकको खुद नाफा गर्त वर्षको तेस्रो त्रैमासको तुलनामा घटेको छ ।

बैंकहरूले चैत मसान्तमा उठ्नुपर्ने पाकेको ब्याज नउठेको बताइरहे पनि गत आर्थिक वर्षको तुलनामा यो वर्ष बैंकहरूको ब्याज आय धेरैले बढेको छ । ब्याजदर बढेकाले बैंकहरूको ब्याज आम्दानी पनि वृद्धि भएको हो । बैंकहरूको वित्तीय विवरणअनुसार गत चैतसम्म उठाउनुपर्ने करिब सवा २८ अर्ब रुपैयाँ ब्याज पनि असुली हुन सकेको छैन  ।

गत चैतसम्म वाणिज्य बैंकहरूको औसत खराब कर्जा ४ प्रतिशत हाराहारीमा छ  । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा यस्तो कर्जा १.२१ प्रतिशत थियो । गत चैतसम्म वाणिज्य बैंकहरूले कुल ४३ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जसमध्ये एक खर्ब ३९ अर्ब रुपैयाँको कर्जा खराब भएको छ । यो कुल प्रवाह भएको कर्जाको करिब ४ प्रतिशत हो । तर, स्ट्यान्डर्ड चार्टर्ड, एभरेस्ट र एनआईसी एसियालगायत बैंकको खराब कर्जा भने एक प्रतिशतभन्दा कम छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: