×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकका सीईओ न्यौपानेलाई सिध्याउँछु भन्ने दुर्गा प्रसाईंलाई कानुन लाग्दैन ? (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआईसी एशिया बैंकका सीईओ न्यौपानेलाई सिध्याउँछु भन्ने दुर्गा प्रसाईंलाई कानुन लाग्दैन ? (भिडियोसहित)

Artha Sarokar

२७ चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौं । केहि दिन यता सामाजिक संजालमा एउटा क्लिप भाईरल भईरहेको छ । विशेषगरी सामाजिक संजाल टिकटकमा भिडियोको सानो अंश भाईरल भईरहेको छ । बैंक तथा वित्तीय संस्था र सहकारीको २० लाख भन्दा कम कर्जा मिनाहा हुनुपर्छ भन्ने अभियानमा लागेका दुर्गा प्रसाईंले एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेलाई इंकित गर्दै उनलाई ठिक पार्ने भन्दै धम्की दिईरहेका छन् । न्यौपानेलाई उनले ठिक पार्ने, तीनको पनि पालो आउनेजस्ता अभिव्यक्ति दीईरहेका छन् । अझ आम मान्छेहरुलाई सम्बोधन गर्दै उनले खुकुरी लिएर जाने, ठिक पार्ने लगायतका अभिव्यक्ति दीईरहँदा के यो हिंसात्मक कुकृत्यप्रतिको उक्साहट भएन र भन्ने प्रश्न उठेको छ।
दुर्गा प्रसाईंले उठाएका केहि विषय जायज होलान् । अव कुनै व्यापारीले प्रेम आचार्यजस्तो हविगत गर्न नपरोस् भनेर उनले उठाको विषय सहि हुन सक्ला, कसैले पनि ऋण तिर्न नसकेरै आफ्नो ज्यान नै फालिएको घटना अव नदोहोरियोस् भनेर उनले उठाएको विषय सहि हुन सक्ला, ऋण तिर्न दबाब दिएर अनैतिक काम गर्न अनुरोध कसैले गरेको भन्ने कुराको विरोध यदी सो घटना साच्चै भएको हो भने पक्कै ठिक हो, तर आम मान्छेका अगाडी उनले जसरी फलानोलाई सिध्याउनुपर्छ, फलानोको पनि पालो आउँछ, फलानो डाका हो, लगायतका अभिव्यक्ति दीईरहेका छन्, सो कार्य गलत छ ।
केहि दिन अगाडी दुर्गा प्रसाईंले एनआईसी एशिया बैंकका सीइओविरुद्ध जुन खालको अभिव्यक्ति दिए, त्यो भड्काउ अभिव्यक्ति कानुनी रुपमा पनि क्रिमिनल अफेन्स हो । प्रचण्डले मान्छे मारेको जिम्मा लिन्छु भन्ने आशको अभिव्यक्ति दिंदा उनीविरुद्ध मुद्धा चल्नुपर्छ भन्ने बहस चलिरहेका बेला, कसैको पालो आउँछ भन्ने आशय व्यक्त गर्नु कानुनविपरित पक्कै हो । विधिको शासनमा चल्ने मुलुक भएको भए उनी पक्राउ पर्न सक्थे । तर उनी खुलेआम अझै पनि कोहि व्यक्ति केन्द्रित भएर यस्ता अराजक अभिव्यक्तिहरु दिईरहेका छन् ।
बैंकर भएकै कारण भयको जिन्दगी जिउनुपर्ने अवस्था हुनु भनेको राज्यविहिनताको अवस्था हो । बैंकरविरुद्ध यसरी नाम नै किटेर धम्की सहनुपर्दा एउटा प्रोफेसनल बैंकर्सको मानसिकता कस्तो होला ? उसको अन्डरमा काम गरिरहेका हजारौं अन्य बैंकर्सहरुको मनोविज्ञान कस्तो होला ? अनि यसरी कोहि व्यक्ति विशेषले एउटा बैंकको सीइओलाई सिध्याउने अभिव्यक्ति दिंदासमेत नबोल्ने नेपाल बैंकर्स संघको मौनताले झन् कति पीडा दिएको होला आम बैंकरहरुलाई ।
हो एनआईसी एशिया बैंकका कमजोरी धेरै छन्, त्यसमा कुनै शंका नै रहेन । बैंकले चालेका कतिपय कदम गलत छन्, त्यसमा पनि शंका रहेन । बैंकमा फेक धितो राखेर ऋण दिएका, ग्राहकको पैसा नै खाताबाट हराएका, भेन्डरले बर्षौंसम्म काम गरेको पैसा नपाएका, पाएकाहरुले पनि पूरा नपाएका घटना पक्कै छन् । ग्राहकमाथि दुर्व्यवहार भएका घटना, ग्राहकलाई नक्कली नोट भिडाएका घटना पनि धेरै छन् । बैंकभित्रकै एक गिरोहले सेयर बजारमा चलखेलको प्रयास गरेका, सूचना चुहावट गरेका घटना पनि प्रशस्तै छन् । घरघरमा गार्ड पठाएर ऋणीलाई मानसिक तनाव दिने कदम सहि होइन र यसमा बैंकले पुनर्विचार गर्नुपर्छ भन्ने बहस पनि उठेको छ । बहस यसमा हुनुपर्ने हो । जनताको अरवौं डिपोजिट भएको एनआईसी एशिया बैंकलाई सुधार्ने कसरी भन्ने विषयमा बहस हुनुपर्ने हो । बैंकले जसरी नक्कली धितोउपर ऋण दिईरहेको छ, बैंकका कर्मचारीको लापरवाहीले जसरी जनताको पैसा हराईरहेको छ, यस्ता घटना अव नहोउन भनेर बैंकलाई खबरदारी गर्नुपर्ने हो, तर बैंकका सीइओलाई सिध्याइन्छ भन्ने अभिव्यक्ति सह्य हुनै सक्दैन ।
एक पटक सोच्नुहोस् त, तपाईंका श्रीमान्, तपाईंकी श्रीमती, तपाईंको छोरालाई कसैले मार्ने धम्की दिन्छ भने के तपाईं सहन सक्नुहुन्छ ? कसैले काठमाडौँमै तँलाई सिध्याईदिन्छु भनेर अझ भीडमा मान्छे उकास्छ भने के त्यो सह्य हुन सक्छ ? अहँ सक्दै सक्दैन । बैंकरमाथि आएको यस्तो धम्कीले एनआईसी एशिया बैंकका सीइओका आफन्त र परिवार पनि पक्कै चिन्तामा रहेको हुनुपर्छ । जनताको डिपोजिट सुरक्षित राख्ने, र कर्जा प्रवाह गर्ने महत्वपूर्ण काम छोडेर अव ज्यानकै चिन्ता लिनुपर्ने भएपछि न्यौपानेले कसरी काम गर्लान् ? विषय सोचनीय छ ।
बैंकर्समाथिको ब्यक्तिगत धम्की वास्तवमै गम्भीर घटना हो । यो विषय एक रोशन न्यौपाने वा कुनै अमुक बैंक र तिनका कर्मचारीप्रति होइन, यो त समग्र बैंकिङमा लागेकाहरुले सोच्नुपर्ने विषय हो । समग्र बैंकिङमाथि जसरी अविश्वास पैदा गर्नेगरी भ्रम फैलाउने काम भईरहेको छ, यसले बिगार्ने भनेको सिष्टम हो । अनेक समस्या, अवरोध र दुर्घटनाका बीच रोशन न्यौपाने एक सफलमात्र होइन सर्वाधिक सफल सीइओ हुन् । उनीमाथिको यस्तो प्रहार समग्र सिष्टममाथिको प्रहार हो, र यसले दीर्घकालीन रुपमा ठुलो दुर्घटना निम्त्याउने सम्भावनालाई नकार्न सकिन्न ।  समग्रमा सीइओ न्यौपानेलाई दिइएको धम्की कुनै पनि हालतमा स्वीकार्य छैन ।
अझ दुखको कुरा त के छ भने यस्तो अवस्थामा पनि बैंकर्स संघ बोलेको छैन । यस अघि पनि एनआईसी एशिया बैंकका कर्मचारीको टाउको फुटाइदा पनि संघ बोल्न खोजिरहेको थिएन । तर पछि बैंकका साहुहरुको संगठन बोलेपछि लाज छोप्न संघले सो घटनाप्रति आपत्ति जनाएको थियो ।  यसपटक पनि आफ्ना सदस्य बैंकका प्रमुख कार्यकारी अधिकृतमाथि निरन्तर धम्की आउँदा पनि बैंकर्स संघ बोलेको छैन । बैंकर्स संघमात्र होइन, यस्तो गम्भीर अभिव्यक्ति सार्वजनिक हुँदा बैंकहरुलाई सदस्य बनाएर साधारणसभामा भोट लिने नेपाल उद्योग बाणिज्य महासंघ पनि बोलेको छैन । नियामक नेपाल राष्ट्र बैंक, जो संरक्षक हो बैंक तथा वित्तीय संस्थाहरुको, उसले पनि बोलेको छैन ।  अव यस्तो अवस्थामा पनि बैंकर्स संघ बोल्दैन भने संघको औचित्य के भन्ने विषय सोच्ने बेला भएन र ? बैंकले आफ्ना ग्राहकसङ्ग उठाएको पैसा ती सस्थाका नाममा अव किन खर्चने ? यस विषयमा सोच्न ढिला भएन र ?
धेरै बैंक धेरै ठाउँमा चुकेका छन्, यो सत्यलाई कसैले नकार्न सक्दैन । बैंकहरुमा करोडौंको घोटाला भएका छन्, यसमा पनि कसैको दुईमत नहुन सक्छ । तर बैकिङ प्रणालीमा ब्यवहारिक समस्या भए नियामक निकाय छ । राष्ट्र बैंकमा गुनासो इकाई छ । त्यतिले पनि नपुगे अड्डा, अदालत छ । त्यहाँ पनि न्याय नपाए, सरकार छ । जनताले चुनेका जनप्रतिनिधिहरु छन् । तर यी सबै कुरा लत्याएर बैंकका प्रमुखमाथि सिध्याउने धम्की दिनु भनेको समग्र बैंकिङ सिष्टम असफल बनाएर नेपालमा उही पूराना मुखिया साहुकार वा मिटरब्याजीहरुलाई प्रोत्साहन गर्नुसरह हो । यसमा सरकारले वा सम्बन्धित नियामकले कहिले सोच्ने ?
आज धेरैलाई यस्तो गम्भीर घटना सामान्य लाग्नु अर्को गम्भीर विषय हो । सीइओलाई सिध्याउने धम्की आउँदा पनि बैंकर्स संघ नबोल्नु झन् विषय हो । राष्ट्र बैंकको मौनता गम्भीर हो, मिडियाले यस्ता विषयमा खास चासो नदिनु गम्भीर विषय हो । यस्ता गम्भीर विषयमा अव पनि गम्भीर बहस गरेर गम्भीर र निर्मम निष्कर्षमा नपुग्ने हो भने भविष्यको भवितव्य झन् गम्भीर बन्न सक्छ । किनकि एक रोशन न्यौपानेप्रतिको प्रहार फगत उनीमाथिको प्रहार हुनै सक्दैन, यो एनआईसी एशिया बैंकप्रतिको मात्र प्रहार पनि हुनै सक्दैन । बरु यो समग्र बैंकिङ प्रतिको प्रहार हो । यसमा हामी सबै सचेत हुन आवश्यक छ ।
रोशन न्यौपानेलाई सुझाव 
कसैले सिध्याईदिन्छु भनेर धमकी दिएका यस्ता घटनाहरुबाट रति पनि नहडबडाउनु होला । तर कहीं न कतै अलि सीरियस समस्या बैंकभित्र छन् है, यसमा ख्याल गर्नुहोला । बाहिर कराउनेहरुले त खासै केहि नगर्लान्, भलै यो गम्भीर विषय त हो नै, बरु बैंकभित्रै पनि तपाईंको संगत सबै सहि मान्छेसँग छैन, यसप्रति ख्याल गर्नुहोला ।
कलिलो उमेरमै तपाईंले प्राप्त गरेको सफलताले बाहिरी मान्छेमात्र होइन, सबैभन्दा बढी जलन तपाईंकै वरपरका मान्छेहरुलाई छ । आफुलाई बैंकिङको राजा ठान्ने र बैंकिङ भनेको मैले मात्र जानेको छु भन्ने केहि सीइओहरु पनि तपाईंविरुद्ध लागेका छैनन् भन्न सकिने अवस्था छैन, सचेत रहनुहोला । तपाईं धेरैका भरोसाका पात्र हो, धेरैको आदर्श हो । तपाईं पछि हट्नु वा तपाईं फेल हुनु भनेको धेरैका सपना फेल हुनु पनि हो । यसलाई विशेष ख्याल गर्नुहोला । तर, फेरी पनि तपाईंले प्राय: स्वीकार्न नखोजेको तर जति नस्वीकारे पनि सत्य बनेको एउटा कटु यथार्थ के हो भने, फेरी पनि दोहोर्याएर भन्छौँ- तपाईंका दुश्मन तपाईंकै वरपर छन्, तपाईंकै बैंकमा तपाईंकै बैंकको नुन खाएर, तपाईं विरुद्धनै बैगुन गरिरहेका छन् । आगे तपाईंकै मर्जी । भिडियोः
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी