×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

अर्थ सरोकारको फलोअपपछि अजोड इन्स्योरेन्स प्रकरणको फाइल पुन: अनुसन्धान हुँदै, ‘लुकाइएको प्रतिवेदन’ झिकाइयो…

SAGARMATHA CEMENTS

काठमाडौँ । युनाईटेड इन्स्योरेन्ससँग मर्जरमा जान लागेको अजोड इन्स्योरेन्सको भित्री कारोबार प्रकरणको फाइलमाथि भएको भनिएको अनुसन्धानको प्रतिवेदन किन लुकाइयो भनी अर्थ सरोकारले सार्वजनिक गरेको अजोड इन्स्योरेन्स प्रकरणको फलोअप गरेपछि धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको निर्देशनमा सो केससँग सम्बन्धित फाइलको पुन: अनुसन्धान सुरु भएको छ । तत्कालीन समयमा अजोड इन्स्योरेन्स प्रकरणमा भित्री कारोबार भएको उजुरीपछि यस विषयमा छानविन समिति गठनसमेत भएको थियो । तर सो समितिले के निष्कर्ष निकाल्यो भन्ने सार्वजनिक नै भएन । बरु बोर्डका तत्कालीन कार्यकारी निर्देशक निरज गिरीले नेपालको कानुन नै कमजोर भएकाले यस्ता केसमा कारवाही गर्न नसकिने भन्दै सार्वजनिक अभिव्यक्तिसमेत दिएका थिए । अन्तत: बोर्डले गलत गर्ने अन्यलाई भकाभक कारवाही गर्दा पनि अजोडको केस कसरी ढिसमिस भयो भनी अर्थ सरोकारले फलोअप समाचार लेखेपछि बोर्डका अध्यक्षको निर्देशनमा सो केसको फाइल पुन: अनुसन्धान भईरहेको छ ।

बोर्ड अध्यक्ष रमेश हमालले अजोडको केसमा फाइल झिकाएर थप अनुसन्धान भईरहेको पुष्टी गरेका छन् । ‘गलत गर्ने कसैलाई पनि बोर्डले छोड्दैन । अजोडको केस के थियो र के भयो भन्ने कुराको फाइल मगाएर अनुसन्धान गर्न निर्देशन दिईसकेको छु । अनुसन्धानमा दोषी देखिए कारवाही हुन्छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै हमालले भने ।

 

भएको के थियो ?
कुरा २०७७ साल चैत्र १३ गतेको हो । २०७७ चैत १३ को दिउँसो साढे दुई बजे बसेको अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्‍चालक समितिको बैठकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । तर सो निर्णय गर्नु अगावै कम्पनीको सेयर मूल्यमा अस्वाभाविक वृद्धि भइरहेको थियो । अर्थात यो सूचना लिक भएर सेयर कारोबारमा चलखेल भईरहेको भान हुनेगरी सेयर कारोबार भईरहेको थियो । अझ सञ्‍चालक समितिको निर्णय भएको एक हप्तापछि यो निर्णय बीमा समितिको निर्देशनमा स्थगन भयो । यसले सो कारोबारमा चलखेल नै भएको रहेछ भन्ने तथ्यलाई प्रमाण गर्ने थप आधार दियो ।

यस विषयमा बोर्डमा उजुरीसमेत परेपछि बोर्डले अम्विकाप्रसाद गिरीको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गर्‍यो । छानबिन उपसमितिले अनुसन्धानका क्रममा नेपाल स्टक एक्सचेञ्‍ज, सिडियस एन्ड क्लियरिङ र सम्बन्धित धितोपत्र दलाल व्यवसायीसँग गोप्य पत्राचार गरी विवरण माग्यो र यस विषयमा थप अनुसन्धान गर्यो । अनुसन्धानका क्रममा चैत १६ गते अजोडको कारोबार संख्या, कारोबार रकम र कारोबार मूल्य अचानक वृद्धि भएको देखिएकाले आवश्यक छानबिनका लागि उपसमितिले सिफारिस गर्‍यो ।

कम्पनीको संचालक समितिमै रहेका कसैले सो सेयर खरिद नगरेको भए पनि उनका नातेदारसम्म छानविन पुग्नै सकेन । चैत १६ मा अजोडको सेयर खरिद गरेका दुई सय ४३ जना मध्ये को-को संचालकका आफन्त छन् वा संचालकले चलाएको समूहका मान्छे छन् भन्नेसम्म छानविन नै पुगेन । एकैदिन ८३.८९ प्रतिशत सेयर खरिद भएको भए पनि छानविनसमितिले यस विषयमा आवश्यक छानविन गर्न खोजेन । उपसमितिले ४९ लगानीकर्ताको नेप्से युजर आइडी र विवरण मागेर अनुसन्धान गर्दा ४९ मध्ये ३९ खरिदकर्ताले चैत १६ मा खरिद गरेको सेयर बिक्री गरिसकेको पाइएको थियो । बिमा समितिले जारी गरेको सूचना सार्वजनिक हुनु अगाडी नै सूचना चुहावट भएको हुनसक्ने आधार देखिएको प्रतिवेदनमा उल्लेख समेत भएको थियो । गत भदौ ४ मा उपसमितिले प्रतिवेदन पेस गरिसकेको छ । प्रतिवेदनमा ‘ऐनले प्रदान गरेको अधिकारप्रयोग गरी छानबिन कारबाही टुंगो लगाउनुपर्ने’ भनिएकोमा सो काम अझै भएको थिएन ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal