काठमाडौँ । एभरेष्ट बैंक असुरक्षित रहेको र सकेसम्म यो बैंकमा पैसा नराख्दा नै राम्रो भन्ने बुझेपछि बैंकमा रहेको आफ्नो पैसा झिक्नेहरु बढ्दै गर्दा एभरेष्ट बैंकले आत्तिएर विज्ञप्ति निकालेको छ । बैंकले सामाजिक संजाल र विभिन्न संचारमाध्यममा आएका समाचारप्रति ध्यानकार्षण भएको बताउँदै ती समाचारका पछि नलाग्न भनेको छ । जवकि सार्वजनिक समाचार नेपाल प्रहरीले नै पठाएको विज्ञप्तिलाई आधार बनाएर सार्वजनिक भएका छन् ।
अर्कोतर्फ बैंकले विज्ञप्तिमै ग्राहकको रकम अनाधिकृत रुपमा रकमान्तर भएको स्वीकारेको छ । बैंकले खातावालहरुको रकम चोरी भएको पनि स्वीकारे पनि सबै घटना शुक्रबार नै भएजसरी प्रहरीले विज्ञप्ति सार्वजनिक गरेको भन्दै आपत्तिसमेत जनाएको छ । एभरेष्ट बैंकका मिडिया कोअर्डीनेटर पुष्प राज उप्रेतीले प्रहरीले सबै घटना शुक्रबार नै भएको र बैंकका अन्य कर्मचारी पनि सो कार्यमा संलग्न रहेकोजसरी भ्रम छरेको आरोप लगाएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उप्रेतीले निरज प्रधानमात्र दोषी छन् भनेर जाहेरी दिएकोमा प्रहरीले अन्य पनि दोषी हुन सक्ने खालको विज्ञप्ति जारी गरेर भ्रम छरेको आरोप लगाएका छन् ।

‘एक त सबै घटना अहिलेको जसरी कुराहरु आयो प्रहरीबाट । जवकि घटना अलि अगाडीको हो । त्यसमाथि हामीले निरज प्रधानमात्र दोषी छन् भनेर छानविन गरीसकेपछि जाहेरी दिएका हौँ । प्रहरीले त अरु कर्मचारीलाई पनि पोलेको जसरी कुरा आयो । यसमा हाम्रो आपत्ति हो ।’ उप्रेतीले अर्थ सरोकारसँग भने ।
यता सुनसरी प्रहरीले भने अनुसन्धानका लागि बैंकका आधा दर्जन बढी कर्मचारी समातिएको र उनीहरु उपर अनुसन्धान भईरहेको बताएको छ । तर प्रहरीभन्दा नै माथि बैंक हो भनेजसरी बैंकले दाबी गरिरहेको पाइएको छ ।
प्रहरीलेसमेत बैंकमा ग्राहकको रकम चोरी गर्ने पक्राउ भन्ने विज्ञप्ति निकालेको अवस्थामा एभरेष्ट बैंकले आफ्नो बैंक असुरक्षित रहेको तथ्यलाई लुकाउन प्रहरी संयन्त्रलाई नै बदनाम गराउने दुष्प्रयास गरेको भन्दै अहिले एभरेष्ट बैंकको आलोचना गर्नेहरु बढेका छन् ।
शनिबार बैंकका आधा दर्जन कर्मचारीलाई प्रहरीले सार्वजनिक गरेपछि आइतबार एभरेष्ट बैंकबाट पैसा निकाल्नेहरु ह्वात्तै बढेपछि बैंकले कार्यालय समय सकिएपछि विज्ञप्ति निकालेर समाचारको पछि नलाग्न भनेको हो ।
यता कानुनका जानकारहरु पनि प्रहरीले पठाएको विज्ञप्तिलाई नै गलत भन्नु एभरेष्ट बैंकको दादागिरी रहेको बताउँछन् । ‘बैंकले आफ्नो बैंक सुरक्षित छ भन्ने गरेको दाबी त गलत प्रमाणित नै भईसकेको छ । बैंकका ग्राहकको रकम चोरी भएको भन्दै प्रहरीले बैंकका कर्मचारीसमेत पक्राउ गरिसकेको छ । चोर्नेले मैले चोरेको हुँ समेत भनिसकेको अवस्थामा बैंक सुरक्षित छ भनेर कसरी विश्वास गर्ने ? त्यसमाथि प्रहरीले नै गलत गर्यो भन्ने अधिकार अहिले एभरेष्ट बैंकलाई हुँदैन । अनुसन्धानका गर्न प्रहरीलाई नै दिने अनि प्रहरीले अनुसन्धान गर्दै गर्दा फलानो दोषी र फलानो निर्दोष छ भन्ने बैंकको दाबी कानुनविपरित हुन्छ ।’ कानुन व्यवसायी कृष्ण न्यौपाने भन्छन्- ‘एभरेष्ट बैंकले यतिबेला गल्ती स्वीकारेर अनुसन्धानलाई सहयोग गर्नुपर्छ । प्रहरीले गलत भन्यो भन्ने खालको अभिव्यक्ति सोभनीय हुँदैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्