×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चलचित्र क्षेत्रमा मन्दीको प्रभाव: ‘निर्माण घट्यो, व्यापार झनै घट्यो, महंगीले स्टुडियो बाहिर निस्केर छायांकन गर्ने स्थिति छैन’

PRIME CA

चलचित्र क्षेत्रमा मन्दीको प्रभाव: ‘निर्माण घट्यो, व्यापार झनै घट्यो, महंगीले स्टुडियो बाहिर निस्केर छायांकन गर्ने स्थिति छैन’

२२ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अघिल्लो वर्षको तुलनामा यसवर्ष चलचित्रको निर्माण संख्या घट्ने भएको छ । गत वर्षको तुलनामा यसवर्ष छायाङ्कन भइरहेको चलचित्रको संख्या कम देखिन्छ ।

यसो त पानी पर्ने समय भएकाले पनि यो समयमा ‘स्टुडियो’भन्दा बाहिर छायाङ्कन सहज हुँदैन । यद्यपि संख्याकै हिसाबमा पनि कम देखिएको निर्माताको छाता संगठन नेपाल चलचित्र निर्माण सङ्घका अध्यक्ष नवल खड्काले बताएका छन् । ‘अहिले अन्य क्षेत्रमा समेत मन्दी देखिएको छ । चलचित्र त्यसबाट अछुतो छैन । सबैभन्दा पहिले गाँस, बास र कपास हो । त्यसपछि मनोरञ्जन आउँछ ।’, उनले भने, ‘निर्माण लागत विविध कारणले बढिरहेको छ । बजारबाट न्यूनतम आउने व्यापारको कुनै मापन नै छैन ।’

त्यस्तै, निर्देशक ज्ञानेन्द्र देउजाले अहिले बजार बुझ्न सहज नरहेको बताएका छन् । ‘पहिला चलचित्र निर्माण भएर प्रदर्शन हुँदा यतिसम्म लगानी फिर्ता हुन्छ भन्ने अनुमान गर्न सकिन्थ्यो ।’, उनले भने, ‘हामीले राख्ने कलाकारकै कारण वितरकबाट उठ्ने लागत पनि थियो । अहिले त्यो छैन ।’ हाल आफू पनि चलचित्रको पटकथामा व्यस्त भएको देउजाले बताएका छन् ।

अहिले चलचित्र व्यवसाय मात्र होइन, निर्माण पनि घट्न थालेको छ । अहिले भने ‘ह्यासट्याग माया’, ‘दिमाग खराब’, ‘देववाणी’ लगायत केही चलचित्र छायाङ्कनमा छन् । केही निर्माता पर्ख र हेरको अवस्था रहेको बुझिन्छ । आउँदो भदौबाट सम्भावना बोकेका नेपालीसँगै विदेशी चलचित्र प्रदर्शन हुँदैछन् । तिनले गर्ने व्यापारले पनि चलचित्र क्षेत्रको मार्गनिर्देश गर्ने नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनको भनाई रहेको छ ।

‘अहिले चलचित्र भवनमा धेरै तथ्य बुझेर आउने गरेको पाएको छु । चलचित्र हेर्न जाउँ भनेर आइहाल्ने दर्शक कम हुनुहुन्छ ।’, महर्जनले भने, ‘दसैँ आसपासका चलचित्रले राम्रो व्यापार गरेमा निर्माणमा तिब्रता आउने छ ।’ चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष विसं २०७९ मा नेपाली ५२ चलचित्र प्रदर्शन भएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: