Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंक घोटाला प्रकरण : बैंकका पूर्व सीइओसहित ११ जना बिरुद्द १ अर्ब १० करोडको बिगो दाबी, अव के हुन्छ…?

अर्थ सरोकार

काठमाडौँ । कुमारी बैंक घोटाला प्रकरणमा सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले ११ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । बैंकका तत्कालीन सीइओ अनुजमणि तिमिल्सीना, तत्कालीन डेपुटी सीइओ मनिष तिमिल्सीना लगायत ११ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको हो । सम्पत्ति शुद्धीकरणको कसुर गरेको पाइएपछि विभागले ११ जनालाई विशेष अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । मुद्धा दायर भएकामध्ये केहि हाल पनि बैंकमै कार्यरत छन् ।
भएको के थियो ?
कुमारी बैंकमा केहि समय अघि घटेका विभिन्न काण्डहरुमध्येको एक घोटाला प्रकरण हो यो । बैंकका तत्कालीन सीइओ, डेपुटी सीइओ लगायतको मिलेमतोमा फर्जी कागज उपर ऋण दिएको केस यस अघि नै सीआईबीले अनुसन्धान गरी जिल्ला अदालत काठमाडौँमा मुद्धा दायर गरेको थियो । विल्वा भुमिवन प्रालिको नाममा दर्ता कायम रहेको बाराको जग्गालाई बैंककै उच्च तहका कर्मचारीको मिलेमतोमा डेनियल ट्रेडिंङ प्रालिले खरिद गरेको भन्ने ब्योहोरको फर्जी कागजातहरु खडा गरी कर्जा प्रयोजनका लागि कुमारी बैंकमा पेश गरिएको पाइएको थियो । यसरी फर्जी कागज बनाएर करिव १९ करोड ऋण प्रवाह भएको थियो । सोहि केसमा सीआईबीले अनुसन्धान गरेको थियो । सीआईबीले अनुसन्धानका क्रममा लिखत सम्बन्धि कसुर भएको भन्दै अदालतमा मुद्धा दायर गरेपछि सम्पत्ति सुद्धिकरण विभागले पनि यस विषयमा अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा सम्पत्ति शुद्दिकरणको कसुर भएको भन्दै विभागले बिगो दाबी सहित बिशेष अदालतमा अभियोगपत्र दायर गरेको हो ।
फर्जी कागजात बनाएर लिएको कर्जा रकम मेरालायन इन्टरप्राइजेज कम्पनी प्रालिको नाममा प्रयोग गरी सम्पत्ति शुद्धीकरणको कसुर गरेको विभागको दाबी छ । विभागले जारी गरेको विज्ञप्ति अनुसार उनीहरुबिरुद्द सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३० को उपदफा १, २, ७ र ८ बमोजिम अलग–अलग सजाय माग गरेको छ । विभागले त्यसै ऐनको दफा ३४ को उपदफा १ र २ बमोजिम अपचलन भएको रकम जफत गर्न समेत विशेष माग गरेको छ ।
अव के हुन्छ ?
विशेष अदालतले ११ जनाबाट १ अर्ब १० करोड ४३ लाख ३६ हजार ४ सय रुपैयाँ बिगो दाबी गरेको छ । विशेष अदालतले यो केसमा विभागका पक्षमा विभागकै मागदाबी अनुसार फैसला सुनाएको खण्डमा ती ११ जनाले गरी कुल १ अर्व १० करोड ४३ लाख ३६ हजार ४ सय रुपैयाँ बिगो जरिवाना तिर्नुपर्नेछ । सो रकम तिर्न नसकेको खण्डमा ११ जना जेल जानुपर्नेछ । उनीहरुले यो मुद्धा जितेको खण्डमा अर्थात विभागले हारेको खण्डमा विभाग पुन: पुनरावेदनमा जानेछ । पुनरावेदनमा पनि ११ जनाले मुद्धा जिते यो मुद्धा खारेज हुनेछ भने त्यहाँ उनीहरुले मुद्धा हारे भने सो जरिवाना र तोकिएको सजाय भोग्नु नै पर्ने हुन्छ । ११ जनाको विपक्षमा हुनेगरी अदालतको फैसला आयो भने उनीहरुले निश्चित रकम धरौटी राखेर पुनरावेदन गर्न सक्नेछन् । पुनरावेदनका क्रममा पनि उनीहरुले मुद्धा हारे भने उनीहरुले फैसला अनुसारको दण्ड जरिवाना तिर्नुपर्ने छ भने पुनरावेदनमा उनीहरुले जिते भने यो मुद्धा खारेज हुनेछ ।
यता जिल्ला अदालतमा समेत यहि प्रकरणमा लिखत सम्बन्धि मुद्धा जारी छ । सो मुद्धा कुमारी बैंकका तत्कालीन कर्मचारी रहेकाहरुले हारे भने उनीहरुसँग दुई विकल्प हुन्छ, कि पुनरावेदन गर्ने, कि अदालतले दिएको सजाय र जरिवाना भुक्तान गर्ने । उनीहरुले पुनरावेदन गरी यो केस अघि बढ्यो भने पुन: उच्च अदालतले यस विषयमा अर्को फैसला गर्नेछ । उच्च अदालतले जिल्ला अदालतका फैसला बदर गरेका धेरै घटनाहरु छन् । उच्च अदालतले यो केस बदर गर्यो भने सीआईबीको जाहेरीमा दर्ता भएको सो मुद्धामा नेपाल सरकार पुन: सर्वोच्च जान सक्छ । नेपाल सरकार सर्वोच्च गयो भने पुन: यो केस सर्वोच्च पुग्छ र सर्वोच्चले जे भन्यो त्यहि हुन्छ । यदी, जिल्लामै प्रतिवादीका पक्षमा फैसला आयो भने एक पटक नेपाल सरकार उच्च अदालत जानेछ । उच्चको फैसला पनि प्रतिवादीकै पक्षमा आयो भने मुद्धा सकिन्छ । तर यहाँ उच्चको फैसला प्रतिवादीका पक्षमा आयो भने पुन: केस सर्वोच्च जान्छ ।
कहाँ छन् प्रतिवादीहरु ?
प्रतिवादीमध्येका मुख्य व्यक्तिहरु अनुजमणि तिमिल्सिना र मनिष तिमिल्सीना काठमाडौँमै छन् । प्रतिवादीहरुमध्ये केहि त अझै पनि कुमारी बैंकमा नै काम गरिरहेका छन् । अदालतले सजाय नतोकेसम्म उनीहरु अभियुक्त मात्र भएकाले उनीहरु बैंकमा काम गर्न पाउँछन् पनि । तर प्रमाण नष्ट गर्न सक्ने हुनाले यस्तो कामलाई ‘इथिकल’ भने मानिन्न । प्रतिवादीहरुमध्ये केहि त अहिले बैंकिङ नै छोडेर पनि बसेका छन् । उनीहरुले एकातिर जिल्ला अदालतको तारेख धाईरहेका छन् भने अर्कोतर्फ अव विशेष अदालतको तारेख पनि धाउनुपर्ने भएको छ । यस अघि उनीहरुसँग सम्पत्ति सुद्धिकरण विभागले बयान लिएर, लामो अनुसन्धान गरेपछि यो केस विशेष अदालतसम्म पुगेको हो ।
तिमिल्सेनाले एनसिसी र कुमारी बैंकको मर्जर अगाडी नै स्वैच्छिक अवकास याेजना लिएर कुमारीबाट विदा भएका थिए। गायक याेगेश्वर अमात्यकाे जग्गा धिताेमा अर्कैलाई ऋण गएकाे घटनामा मुछिएको भन्दै तिमिल्सेना विवादमा तानिएका थिए।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK