×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललिता निवासको जग्गा राखेर कुन बैंकबाट कहिले र कसले कति लियो ऋण ? कुन बैंकको कति डुब्यो ? (विवरणसहित)

अर्थ सरोकार

प्रकाशित मिति : २४ असार २०८०, आईतवार

PRIME CA

ललिता निवासको जग्गा राखेर कुन बैंकबाट कहिले र कसले कति लियो ऋण ? कुन बैंकको कति डुब्यो ? (विवरणसहित)

काठमाडौँ । यतिबेला ललिता निवास प्रकरण सतहमा छ । केहि समय अगाडी अनुसन्धान भई धरौटीमा प्रतिवादी छुटेका भए पनि पुन: यो प्रकरण अनुसन्धानमा तानिएपछि अव सो ऋण पक्का डुब्ने भयो भन्ने पीर बैंकहरुलाई छ । यस अघि नै अनुसन्धान भएको विषय भएकाले धेरै बैंकहरुले ललिता निवास धितो राखेर ऋण दिएको रकमलाई ‘प्रोभिजनिङ’ गरिसकेका छन् । र बैंकहरुको सो ऋण लगभग डुब्ने पक्कापक्कीजस्तै भईसकेको छ ।
बैंक, फाइनान्स र सहकारी गरी ललिता निवासको जग्गा धितोमा राखेर करोडौं ऋण प्रवाह भईसकेको छ । ऋण प्रवाह गर्ने कतिपय बैंक तथा वित्तीय संस्था त अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जरमासमेत गईसकेका छन् । कतिपय बैंकहरुले त सो जग्गा किन्नका लागि समेत ऋण दिएका छन् भने कतिपय बैंक तथा वित्तीय संस्थाले सो जग्गा धितो राखेर ऋण प्रवाह गरेका छन् ।
ललिता निवासको जग्गा राखेर कुन बैंकबाट कहिले र कसले कति लियो ऋण ?
ललिता निवासको जग्गा राखेर २०६१ साल चैत २९ गते विवेक कुमार सुवेदीले नेपाल इन्भेष्टमेन्ट बैंकबाट १० करोड रुपैयाँ ऋण लिएका थिए । हाल यो बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको छ । तत्कालीन मेगा बैंक नेपाल र नेपाल इन्भेष्टमेन्ट बैंक मर्ज भई हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको हो । यता सोहि बैंकबाट पुरुषोत्तम पौडेलले २०६३ साल माघ २३ गते २६ करोड ऋण लिएको पाइएको छ भने सोहि बैंकबाट इन्दु शर्माले २०६४ साल बैसाख २३ गते ६९ करोड १० लाख रुपैयाँ कर्जा लिएको पाइएको छ ।
ललिता निवासको जग्गा धितोमा राखेर तत्कालीन नेपाल डेभलपमेन्ट एन्ड इमप्लायमेन्ट प्रमोसन बैंकबाट नुतन श्रेष्ठले पनि २० लाख रुपैयाँ ऋण लिएको पाइएको छ । सो ऋण उनले २०६४ साल साउन १४ गते लिएका थिए । हाल एनआईसी एशिया बैंक रहेको तत्कालीन बैंक अफ एशियाबाट प्रविण ताम्राकारले २०६५ साल फागुन २८ गते ७५ लाख ७८ हजार १२५ रुपैयाँ कर्जा लिएको पाइएको छ । २०६६ असार २६ गते तत्कालीन युनिक फाइनान्स इन्स्टिच्युसनलबाट बद्री लक्ष्मी श्रेष्ठले १ करोड कर्जा लिएको पाइएको छ भने भने प्राइम बैंकबाट सन्ध्या शाक्यले २०६६ माघ ११ गते ६० लाख ऋण लिएको पाइएको छ ।
यस्तै आईएमई फाइनान्स इन्स्टिच्युटबाट उमाकुमारी ढकाल र माधवी सुवेदीले १ करोड ९० लाख रुपैयाँ ऋण लिएको पाइएको छ । सो ऋण २०६७ असोज २५ गते प्रवाह भएको थियो । युनिक फाइनान्स इन्स्टिच्युसनबाटै मन्ती गोर्खालीले ललिता निवासको जग्गा धितो राखेर २०६७ चैत २२ गते २ करोड ऋण लिएको पाइएको छ ।
हाल प्रभु बैंक रहेको तत्कालीन किष्ट बैंकबाट सरस्वती घले गुरुङ र सरला गुरुङले २०६८ मंसिर ६ गते १० करोड रुपैयाँ ललिता निवासको जग्गा धितो राखेर ऋण लिएको पाइएको छ । तत्कालीन काठमाण्डप डेभलपमेन्ट बैंकबाट २०७० कात्तिक ११ गते नितु गुरुङले १ करोड ४० लाख कर्जा लिएको पाइएको छ । यता ग्लोबल आईएमई बैंक शोभाकान्त र उमा कुमारीले २०७० माघ ८ गते ३ करोड ७५ लाख रुपैयाँ ऋण लिएको पाइएको छ ।
हालको राष्ट्रिय बाणिज्य बैंक रहेको तत्कालीन एनआईडीसी डेभलपमेन्ट बैंकबाट २०७१ वैशाख २ गते डिएलएफ डेभलपर्स १५ करोड कर्जा लिएको पाइएको छ । यता, तत्कालीन यती डेभलपमेन्ट बैंकबाट सन्दीप ढकालले २०७१ पुस ३ गते ४९ लाख रुपैयाँ जग्गा धितो राखेर कर्जा लिएको पाइएको छ भने नेपाल बैंकले १० लाख कर्जा दिएको पाइएको छ । यता २०६६ साल माघ ११ गते ६० लाख रुपैयाँ ऋण लिएकी सन्ध्या साक्यले पुन : २०७१ जेठ ११ गते १८ करोड २० लाख ऋण लिएको पाइएको छ भने लक्ष्मी बैंकबाट सरला गुरुङले २०७१ माघ १९ गते १८ करोड ३५ लाख ऋण लिएको पाइएको छ भने लक्ष्मी बैंकबाट नै कामना गुरुङले २०७१ माघ १९ गते १४ करोड ३५ लाख र कल्याण गुरुङले २०७१ माघ १९ गते १४ करोड ३५ लाख कर्जा लिएको पाइएको छ ।
यता नेपाल इन्भेष्टमेन्ट बैंकबाट पुरुषोत्तम पौडेलले २०७२ असार २४ गते ४३ करोड १० लाख रुपैयाँ ऋण थपेको पाइएको छ । उनले २०६३ साल माघ २३ गते २६ करोड ऋण लिईसकेका थिए । यता, भारती पाण्डेले २०७३ साल जेठ २६ गते सो बैंकबाट १० लाख ऋण लिएको पाइएको छ । यस्तै हिमालयन बैंक संगिता कोठारी राखेथाले २०७३ असार १६ गते ३ करोड ३१ लाख कर्जा लिएको पाइएको छ । यता सहकारीबाट पनि सोहि जग्गा राखेर ऋण प्रवाह भएको देखिएको छ । आर्या तारा बचत तथा ऋण सहकारी संस्थाबाट केशव तुलाधरले २०७३ असार १६ गते २ करोड कर्जा लिएको पाइएको छ ।
बालुवाटारस्थित ललिता निवास रहेको १४३ रोपनी सरकारी जग्गा विभिन्न भूमाफियाको मिलेमतोमा व्यक्तिका नाममा पास भएको प्रहरीको भनाई छ । प्रहरीले यहि प्रकरणमा छानविनका लागि हाल भाटभटेनीका मालिकसमेत रहेका मीन बहादुर गुरुङलाई पक्राउ गरेपछि यो प्रकरण सतहमा आएको हो ।
हाल सो दुवै ऋण चुक्ता भईसकेको छ । तर अदालतले सो जग्गा सरकारी नै हो र व्यक्तिका नाममा ल्याउनेलाई कारवाही गर्नु भन्ने अन्तिम फैसला गर्यो भने यसरी ऋण लिने र दिने दुवै कानुनी फन्दामा पर्नेछन् । यसको केसमा ऋण तिरिसकेको छु भनेर कानुनबाट मुक्ति पाइन्न ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: