×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पक्राउ पर्न लागेको सूचना चुहिँदा सिटिजन्स बैंकका ४ कर्मचारी भागे, प्रमोसनका लागि आफैँ बनाउँथे नक्कली सर्टिफिकेट

PRIME CA

पक्राउ पर्न लागेको सूचना चुहिँदा सिटिजन्स बैंकका ४ कर्मचारी भागे, प्रमोसनका लागि आफैँ बनाउँथे नक्कली सर्टिफिकेट

३० श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गर्न लागेको सूचना चुहिँदा सिटिजन्स बैंकका ४ कर्मचारी फरार भएका छन् । त्रिभुवन विश्वविद्यालयको समकक्षता सर्टिफिकेट नक्कली बनाएर जागिर खाएका उनीहरु प्रहरी आफुलाई पक्राउ गर्न आउँदै गरेको थाहा पाएपछि भागेका हुन् । प्रहरीले ती ४ जना बैंकरहरुलाई खोजिरहेको छ । उनीहरुलाई पक्राउ गर्न सीआईबीको विशेष टोली खटाइएको छ ।
भएको के हो ?
सिटिजन्स बैंकले प्राप्ति गरेको तिनाउ मिसन डेभलपमेन्ट बैंकका कर्मचारीहरुमध्ये केहिले भारतबाट नक्कली सर्टिफिकेट ल्याएर जागिर खाएका थिए । उनीहरुले नामै नसुनेको विश्वविद्यालयबाट सर्टिफिकेट ल्याएको पाइएपछि बैंकले आफ्ना कर्मचारीहरुलाई सोको समकक्षता मगाएको थियो । त्यसपछि सर्टिफिकेट किनेरै काम चलाउने बानी परेका ती कर्मचारीहरुले त्रिभुवन विश्वविद्यालयको समकक्षताको सर्टिफिकेट पनि नक्कली बनाएर बैंकलाई दिए । बैंकलाई फेरि सो समकक्षता सर्टिफिकेटमा पनि शंका लागेपछि त्रिभुवन विश्वविद्यालयलाई सो समकक्षताको सर्टिफिकेट सक्कली हो वा होइन भनी भेरिफाई गरेको थियो । त्रिभुवन विश्वविद्यालयले छानविनका क्रममा सो सर्टिफिकेटहरु नक्कली भएको पाएपछि सीआईबीलाई थप अनुसन्धानका लागि पत्राचार गरेको थियो ।
त्यसपछि सीआईबीले भकाभक बैंकका कर्मचारी समाउन थाल्यो । टियुले नक्कली सर्टिफिकेट बनाउने १० जनालाई सीआईबीमा उजुरी गरेको थियो । तर कति कर्मचारी विदामा थिए भने कति कर्मचारी, साथीलाई समाउन बैंकसम्म नै पुगेको खबरपछि भागेका थिए । यसरी भाग्नेहरुमा ४ बैंकर छन् । बुटवल शाखाकी मनीषा मास्के र खिमानन्द गौतम, मणिग्राम शाखाकी गोमा ज्ञवाली, कालिकानगर शाखाकी कल्पना खत्री र प्रतीक्षा रेग्मी तथा काठमाडौंका दीपक विष्ट पक्राउ परेका छन् भने थप ४ फरार छन् ।
यता बैंकले भने आफुले कर्मचारीलाई जोगाउन खोजेको तर टियुले सिधै सीआईबीमा उजुरी गर्दा आफ्ना कर्मचारीहरु पक्राउ परेको बताएको छ । अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकका प्रवक्ता नारायण राज अधिकारीले यस्तो बताएका हुन् ।
‘केहि कर्मचारीको सर्टिफिकेट नामै नसुनेका विश्वविद्यालयको भएको पाइयो । त्यसपछि हामीले उहाँहरुलाई त्रिभुवन विश्वविद्यालयको समकक्षता माग्यौँ । उहाँहरुले समकक्षताको सर्टिफिकेट पनि ल्याउनुभयो । तर त्यसमा पनि शंका लागेपछि हामीले त्रिभुवन विश्वविद्यालयलाई समकक्षता सक्कली हो कि होइन भनी जानकारी माग गर्यौँ । तर टियुले त सिधै सीआईबीलाई पत्राचार गरेछ । उहाँहरुको सर्टिफिकेट नक्कली भएको सीआईबीले उहाँहरुलाई पक्राउ गरेको हो ।’
‘भनेपछि तपाईंहरु आफ्ना कर्मचारीलाई जोगाउन चाहानुहुन्थ्यो’ अर्थ सरोकारको प्रश्नमा बैंकका प्रवक्ता अधिकारीले भने, ‘उनीहरुले गल्ती गरेकै हुन् । तर हामीले नक्कली सर्टिफिकेट भएको पाइए उनीहरुलाई बैंकबाट निकाल्ने प्लानमात्र गरेका थियौँ । तर अव त केस फरक भयो । उनीहरुको करियरमात्र होइन, प्रतिष्ठा पनि सकियो । यो मानेमाचाहिं हामीले हाम्रा कर्मचारीहरुलाई धेरै इज्जतको क्षति नहोस् भनेर जोगाउन खोजेको पक्कै हो । तर टियुले सिधै सीआईबीलाई खबर गरेछ र हाम्रा कर्मचारीहरु पक्राउ परेछन् । यसमा हामी पनि सर्प्राइज्ड भएका छौँ ।’
प्रमोसनका लागि आफैँ बनाउँथे नक्कली सर्टिफिकेट
यता सिटिजन्स बैंकका कर्मचारीहरुले आफ्नो प्रमोसनका लागि सर्टिफिकेट नै आफैं बनाउने गरेको रहस्य बाहिरिएको छ । उनीहरुले सुरुमा भारतको सर्टिफिकेट बनाउन भने केहि दलालहरुको सहयोग लिएको तर पछी त्रिभुवन विश्वविद्यालयको समकक्षता भने आफैंले बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसरी सर्टिफिकेट नक्कली बनाएको कुरा उनीहरुले आफ्ना केहि साथीहरुलाई नशाको सुरमा भनेको र एक कान दुई कान हुँदै बैंकमा गाईगुइ सुनिएपछि बैंकले पनि यस विषयमा अनुसन्धान गरेको पाइएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: