काठमाडौँ । पछिल्लो समय ‘क’ बर्गका बाणिज्य बैंकहरु पनि भकाभक मर्जरमा गए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, कुमारी बैंक र एनसीसी बैंक, ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डु, हिमालयन र सिभिल बैंक, लक्ष्मी र सनराइज बैंक, मर्जरमा गए । नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले प्राप्ति गर्यो । यी सबैजसो बैंकमा पोष्ट मर्जरले कुनै न कुनै तिक्तता ल्याएको छ । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकमा कर्मचारीको समायोजन अझै मिलेको छैन । ग्लोबल आईएमई बैंकबाट तत्कालीन बैंक अफ काठमाण्डुका हाकिम र धेरै कर्मचारीहरु आउट भएका छन् । सिभिल बैंकका तत्कालीन हाकिमको बरियता नै निकै तल झारिदिएपछि हाकिमले बैंक छोडेका छन् । लक्ष्मीमा कर्मचारीको लफडा अझै सकिएको छैन । बैंकमा बस्ने वातावरण नभएको भन्दै तत्कालीन सनराइज बैंकका कर्मचारीहरु भकाभक बैंक छोडिरहेका छन् । यहाँसम्म त ठिकै थियो, कुमारी बैंकमा त पोष्ट मर्जरले यतिसम्म लफडा निम्त्याएको छ कि दुई बैंक एक भए पनि, कर्मचारीदेखि उच्च तहका व्यवस्थापन पनि दुई कित्तामा देखिएका छन् ।

सरुवा, युनियन, र विवादको नालीबेली यस्तो…
तत्कालीन कुमारी बैंकमा रामचन्द्र खनाल सीइओ थिए । उनी अहिलेको कुमारी बैंकमा डेपुटी सीइओ छन् । तत्कालीन कुमारी बैंकमा तेश्रो बरियतामा रहेका खनाल तत्कालीन सीइओ अनुजमणि तिमिल्सीना र तत्कालीन डेपुटी सीइओ मनिष तिमिल्सिना नक्कली धितो प्रकरणमा मुछिएर बैंक छोडेपछि सीइओ बनेका थिए । खनाल केहि समय मात्र सीइओ बनेका थिए, बैंक एनसीसी बैंकसँग मर्जरमा जाने भयो । मर्जरपछि उनको बरियता दोश्रो भयो । अहिले बैंकमा सीइओ तत्कालीन एनसीसी बैंकका रमेश राज अर्याल छन् ।
बैंकले एकिकृत कारोबार सुरु नगर्दै बैंकमा ‘लफडा’ भने सुरु भईसकेको थियो । तत्कालीन एनसीसी बैंकबाट आएको एउटा कर्मचारी युनियन र कुमारी बैंकको कर्मचारी युनियनलाई एक बनाउने प्रक्रिया चल्दै थियो । तर बीचमा रामचन्द्र खनालले कुनै पनि हालतमा कुमारीको कर्मचारी युनियन रहनुपर्छ र एनसीसीको खारेज हुनुपर्छ भन्ने लाइन लिएपछि विवाद भएको एनसीसी कर्मचारी युनियनमा आवद्धहरुको आरोप छ । उनीहरुको आरोप यतिसम्म छ कि -‘रामचन्द्र खनालले बैंक नै मेरो एकलौटी हो भन्ने शैलीमा मान्छे छानी-छानी सरुवा गर्न थालेका थिए ।’
‘एनसीसीबाट आएकाहरुलाई छानीछानी सरुवा गर्न थालेपछि, नचाहिने दु:ख दिन थालेपछि हामीले बिद्रोह गरेका हौँ । हाम्रो खबरदारीपछि सरुवा रोकिएको त छ तर रामचन्द्र खनालको ज्यादती रोकिएको छैन । कहिले हाम्रो कर्मचारी युनियन खारेज गर्नुपर्ने अभिव्यक्ति दिने, कहिले हाम्रा साथीहरुलाई धम्क्याउने, थर्काउने, देखाईदिन्छु भन्ने लगायतका हर्कत रामचन्द्र खनालबाट भएको छ ।’ तत्कालीन एनसीसीबाट आएको युनियनमा आवद्ध एक कर्मचारीले भने -‘थुप्रैपटक खनाल सरसँग घम्साघम्सी नै हुने खालेको स्थिति उत्पन्न गराइयो । हदै भएपछि हामीले विज्ञप्ति नै जारी गरेर खनाल सरलाई हाम्रा विरुद्ध पूर्वाग्रही भएर नलाग्न चेतावनी दिएका छौं । अझै पनि खनाल सरको ज्यादती रहिरह्यो भने हामी सहने स्थितिमा हुनेछैनौँ ।’
inve
‘जव खनालले मेनेजर्स मिटमा उत्तेजक भाषण गरे…’
केहि समय अगाडी कुमारी बैंकले मेनेजर्स मिट राखेको थियो । सो कार्यक्रममा बैंकका डेपुटी सीइओ रामचन्द्र खनालले तत्कालीन एनसीसीबाट आएको कर्मचारी युनियन खारेज गर्नुपर्ने आशयको अभिव्यक्ति दिए । उनको भनाईलाई तत्कालै बैंकका सीइओ रमेश राज अर्यालले काटिदिए । रमेश राज अर्याल र रामचन्द्र खनालका दुईखाले अभिव्यक्तिले बैंकमा सीइओ र डेपुटी सीइओ दुई फरक कित्तामा छन् भन्ने प्रष्ट भयो । त्यसपछि त कर्मचारीहरु पनि दुई कित्तामा हुने नै भए । खनालको अभिव्यक्ति त्यो बेला उनलाई भारी पर्यो, जव तत्कालीन एनसीसीबाट आएको कर्मचारी युनियनले विज्ञप्ति नै जारी गरेर रामचन्द्र खनालको अभिव्यक्तिमा आपत्ति जनायो र आन्दोलनको चेतावनीसमेत दियो । अहिले खनालकै अभिव्यक्तिका कारण खनाललाई कार्यालय जान पनि समस्या हुने गरेको छ । उनी अहिले कोहिसँग नबोली एकोहोरो काम गर्छन् । तर एक्लै बसेर आफ्ना मान्छेहरु बोलाएर एनसीसी बैंकका कर्मचारीहरुलाई एक एक गरी खेद्ने भन्दै प्लान बनाउने गरेको आरोप अर्काथरीका कर्मचारीहरुको छ ।

के भन्छन् रामचन्द्र खनाल ?
बैंकका डेपुटी सीइओ रामचन्द्र खनालले आफुविरुद्ध कर्मचारी युनियनले निकालेको विज्ञप्तिमा आश्चर्य प्रकट गरेका छन् । विज्ञप्तिबारे अर्थ सरोकारको प्रश्नमा उनले आफुले सबै मिलेर जानुपर्छ भनेको विषयलाई लिएर युनियनले आफुविरुद्ध विज्ञप्तिबाजी गरेको देखेर आफु दु:खी भएको प्रतिक्रिया दिएका छन् । साथै उनले आफुले अनैतिक रुपमा कर्मचारीको सरुवा गरेको विषय पनि गलत भएको दाबी गरेका छन् । ‘बैंकको सीइओ म होइन । म डेपुटी सीइओ हो । तर सबै काम मैले नै गरेजस्तो गरेर साथीहरु म माथि जाईलागेका छन् । यतिसम्मकि मलाई सिध्याईदिन्छु भन्ने सम्मका धम्की दिने काम भएको छ । तर मेरो मात्र निर्णयले हुने केहि पनि होइन ।’
‘तपाईंले कर्मचारी युनियन खारेज गर्नुपर्छ भनेर किन भनेको ?’ हाम्रो प्रश्नमा उनले भने- ‘बैंकमा एक मात्र युनियन बनाउँ, हामी काम गर्ने मान्छे भन्ने आशय बोलेको हो । त्यसलाई साथीहरुले गलत रुपमा लिनुभयो । भएको यति थियो, तर विज्ञप्ति फरक तरिकाले आएछ ।’ उनले आफु तत्कालीन कुमारीको युनियन राख्ने र एनसीसीको युनियन कुनै हालतमा खारेज गर्नुपर्छ भनेर नलागेको बरु कर्मचारीको त्यसखाले बुझाई रहेको दाबी गरे । ‘म यस्तो लफडा गर्ने वा लफडा गर्न रुचाउने मान्छे पनि होइन। तर मलाई विवादमा तान्ने काम भएको छ । यसले समग्र बैंकलाई राम्रो गर्दैन ।’

सीइओ आर्याल भन्छन्- ‘समस्या छ, समाधान हुन केहि समय लाग्छ’
यता युनियन विवाद र कर्मचारी र उच्च तहका कर्मचारीबीचको केहि विवाद रहेको तर सो विवादको पनि समाधान निस्किने दाबी सीइओ अर्यालको छ । ‘दुवै बैंक र ती बैंकका साथीहरुले एक खालको लिगेसी बोकेका थिए । बैंक एक भयो तर मान्छेको सोच एक हुन सकेन । जसका कारण केहि समस्या देखिएको छ । तर ती समस्याहरु विस्तारै समाधान हुन्छन् । सबै समस्याको समाधान गर्न केहि समय लाग्ने भए पनि समस्याको समाधान निस्किने उनको भनाई छ । मेनेजर्स मिटमा खनालको अभिव्यक्ति सीइओले काटेको विषयमा प्रश्न गर्दा उनले आफ्नो आसय त्यस्तो नरहेको बरु मिलेर जानुपर्छ भन्ने रहेको दाबी गरे । ‘रामचन्द्रजीले पनि दुई युनियनलाई एक बनाउनुपर्छ भन्नुभएको हो, मैले पनि हामी काम गरेर खाने मान्छे, झगडा गरेर होइन, समाधान खोजेर अगाडी बढौँ भनेको हो । अव वार्ताबाटै यो समस्याको समाधान निकाल्नुपर्छ ।’
‘दुई युनियन एक हुन्छन् त ?’ हाम्रो प्रश्नमा सीइओ अर्याल भन्छन्- ‘हुन्छ, हुनुपर्छ ।’
‘अनि कसले छोड्ने ? कुन युनियन खारेज हुने ? के छ तपाईंहरुको प्लान ?’ हाम्रो प्रश्नमा अर्यालले भने- ‘सबैले केहि न केहि कम्प्रमाइज गर्नुपर्छ । दुवैतिरका साथीहरुले केहि न केहि कम्प्रमाइज गरेपछि समस्याको समाधान निस्किन्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्