×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको पोष्ट मर्जर लफडा- ५ : युनियनका अगाडी निरीह छ बैंक व्यवस्थापन, मन्त्रीको फोनले तनावमा छन् हाकिम

PRIME CA

कुमारी बैंकको पोष्ट मर्जर लफडा- ५ : युनियनका अगाडी निरीह छ बैंक व्यवस्थापन, मन्त्रीको फोनले तनावमा छन् हाकिम

३० श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । व्यवस्थापनमा ‘इस्यु’ आएपछि बैंक कतिसम्म कमजोर हुँदै जान्छ भन्ने तथ्यको उदाहरण बनेको छ कुमारी बैंक । कर्मचारी युनियन नै दुईवटा भएपछि तिनलाई व्यवस्थापन गर्न नसक्दा अहिले बैंकको काम प्रभावित मात्र बनेको छैन, बैंकभित्र बाहिरी हस्तक्षेपका कारण बैंक व्यवस्थापन नै निरिह बनेको छ । बैंकका कर्मचारीलाई सरुवा गर्दा युनियन तात्ने, मन्त्रीको फोन आउने, लगायतका झमेलाले अहिले बैंकको काम नै प्रभावित बनेको छ ।
तृप्ति रानाको लडाई र मन्त्रीको फोनले तनावमा छन् हाकिम 
बैंकमा युनियनको लफडाले उग्र रुप लिनुको पछाडीको कारण एउटा सरुवा हो । कुमारी बैंकमा कार्यरत कर्मचारी तृप्ति रानालाई सुदूरपश्चिम सरुवा गरेपछि निम्तिएको लफडाले बिगारेको बैंकभित्रको वातावरण अझै साम्य भएको छैन । रानालाई बैंकले सुदूरपश्चिम सरुवा गरेको थियो । तर उनको सरुवा फिर्ता गर्नका लागि बैंकमा मन्त्रीको समेत फोन आयो । राना एक मन्त्रीकी आफन्त हुन् । मन्त्रीको तारान्तरको दबाबले बैंकले रानाको सरुवा फिर्ता गरेर काठमाडौँमा नै जिम्मा दिन बाध्य भएको थियो । एक कर्मचारीको सरुवाको विषयलाई लिएर मन्त्रीकै फोन आउन थालेपछि बैंक व्यवस्थापन अहिले निरीह बनेको छ । बैंकको डिसिजन भन्दा पनि बाहिरी दबाबले सरुवा बढुवा रोक्नुपर्ने वा गर्नुपर्ने अवस्था आएपछि यतिबेला व्यवस्थापन टिमसमेत के गर्ने भन्ने तनावमा छ ।
सदस्य हुँदै केहि समयभित्रै उपाध्यक्ष, अव अध्यक्ष बन्ने लाइनमा छिन् राना 
आफुलाई सरुवा गरेपछि तृप्ति राना तत्कालीन कुमारी बैंकमै रहेको कर्मचारी युनियनमा सामेल नभई तत्कालीन एनसीसी बैंकबाट आएको कर्मचारी युनियनमा सामेल भएकी थिईन् । बैंकका हाकिमलाई पनि थर्काउन सक्ने, थर्काउने, मन्त्रीलाई फोन गर्न पनि लगाउने सक्ने, लगाएरै काम गराईहाल्ने देखेपछि र महिला पनि भएका कारण रानालाई तत्कालीन एनसीसीबाट आएको युनियनले रानालाई सदस्यबाट सिधै उपाध्यक्ष नै बनाइदियो। अव उनी युनियनको अध्यक्ष बन्ने लाइनमा छिन् । राजनीतिक पावर, र हाकिमलाई थर्काउन सक्ने क्षमताका कारण उनी युनियनमा मात्र होइन, यतिबेला बैंकभर नै चर्चामा छिन् । तर, उनी अध्यक्ष हुँदै गर्दा बैंकका हाकिम भने तनावमा छन् ।
हाकिम साप भन्छन्- ‘भो, नबोलौं हजुर’
तृप्ति रानालाई सरुवा गरेको भन्दै बैंकका डेपुटी सीइओ रामचन्द्र खनालविरुद्ध युनियनले पटक पटक चेतावानी दियो । यतिसम्मकि उनले युनियनका विषयमा बोलेको विषयलाई लिएर उनीविरुद्ध युनियनले विज्ञप्ति नै जारी गर्यो । अहिले त यतिसम्मको स्थिति आएको छ कि बैंकका डेपुटी सीइओ रामचन्द्र खनाल तृप्तिका बारेमा बोल्न नै चाहादैनन् ।
‘तपाईंले सरुवा गर्न नसकेको मान्छे त युनियनको अध्यक्ष हुने कुरा छ नि ? तपाईंको कन्फीडेन्स डाउन हुन्छ कि हुँदैन ?’ भन्ने हाम्रो प्रश्नमा डेपुटी सीइओ खनाल भन्छन्- ‘भो नबोलौं हजुर ।’
अर्थ सरोकारसँग कुराकानी गर्दै उनले कर्मचारीहरुबीच बेमेल हुँदा त्यसको प्रभाव बैंकमा पर्ने भएकाले यसतर्फ संचारकर्मीहरुले पनि ख्याल गर्नुपर्ने तर्क गरे । ‘हामी काम गरेर खाने मान्छे, बैंकको तनाव यसै छ, कर्मचारी युनियन एक बनाउन नसकिएको स्थिति छ, प्रयास जारी छ, प्रयास गर्नै पर्यो । साथीहरु मिल्नुभएको छैन । अव अरु कुरा के गर्नु र ? संचारकर्मी साथीहरुले पनि यो तथ्य बुझिदिए राम्रो हुन्थ्यो ।’
यता राना भने अर्थ सरोकारको सम्पर्कमा आउन नै चाहिरहेकी छैनन् । पटक पटक फोन गरेर उनको धारणा लिन खोज्दा पनि हाम्रो सम्पर्कमा आउन नचाहेकी उनले अहिले अर्थ सरोकार सम्बाददाताको फोन नै ब्लक लिष्टमा राखिदिएकी छिन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: