×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्थामा विपन्न वर्ग कर्जा ३० अर्बले घट्यो

PRIME CA
GLOBAL IME BANK

बैंक तथा वित्तीय संस्थामा विपन्न वर्ग कर्जा ३० अर्बले घट्यो

५ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट विपन्न वर्ग क्षेत्रमा प्रवाह भएको कर्जा करिब ३० अर्ब रुपैयाँले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको पछिल्लो ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले विपन्न वर्गमा ३० अर्ब कम कर्जा विपन्न वर्ग क्षेत्रमा प्रवाह गरेको पाइएको हो ।

गत आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले विपन्न वर्ग क्षेत्रमा कुल ३ खर्ब ८ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ । जबकी अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले ३ अर्ब ३८ अर्ब ७९ करोड रुपैयाँ विपन्न वर्ग क्षेत्रमा प्रवाह गरेका थिए । तर, गत आर्थिक वर्षमा भने बैंक तथा वित्तीय संस्थाले विपन्न वर्ग क्षेत्रमा प्रवाह गरेको कर्जा ८ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

यसो त गत आर्थिक वर्षमा लघुवित्त वित्तीय संस्थाको कर्जा प्रवाहमा देखिएको संकुचनका कारण विपन्न वर्ग क्षेत्रमा प्रवाह हुने कर्जामा कमि आएको जानकारहरु बताउँछन् । जसको मुख्य कारण लगानी वातावरण खस्किनु, लघुवित्त वित्तीय संस्थामार्फत कर्जा प्रवाह कम हुनु र उच्च ब्याजदर रहेको जानकारहरुको भनाई छ ।

अहिले पनि मुलुकका धेरैजसो बैंक तथा वित्तीय संस्थाहरु आफ्नो पुरानो ऋण असुलीमा लागि परेका छन् । गत वर्ष देशव्यापी बनेको बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनले पनि बैंकिङ प्रणालीलाई थप संकुचित बनाएको धेरैको ठम्याई छ । अधिकांश बैंक तथा वित्तीय संस्थाको पुरानो कर्जा उठ्नै गाह्रो परेका बेला नयाँ कर्जा विस्तार गर्दा रिस्क देखेपछि कर्जा प्रवाह घटेको बैंकरहरुको भनाई छ । यद्यपी मुलुकमा आर्थिक गतिविधि शून्यप्राय भएका बेला बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण पनि कर्जा लिनेहरु चर्को ब्याजदरमा कर्जा लिन डराईरहेको अवस्था छ ।

बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । जसअनुसा गत आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको करिब ६.४ प्रतिशत विपन्न वर्गमा प्रवाह गरेका छन् । उल्लिखित कर्जामध्ये करिब २५ प्रतिशत बैंक तथा वित्तीय संस्थाले सिधै र बाँकी ७५ प्रतिशत अप्रत्यक्ष (लघुवित्त संस्था, सहकारीमार्फत) रूपमा प्रवाह गर्दै आएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: