×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीतो पोष्ट मर्जर : ग्लोबल आईएमई बैंकबाट ४ हाकिमसहित तत्कालीन बैंक अफ काठमाण्डूको जम्बो टोली नै ‘आउट’ !

अर्थ सरोकार

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार

PRIME CA

तीतो पोष्ट मर्जर : ग्लोबल आईएमई बैंकबाट ४ हाकिमसहित तत्कालीन बैंक अफ काठमाण्डूको जम्बो टोली नै ‘आउट’ !

काठमाडौं । पछिल्लो समय भकाभक मर्जरमा गएका बैंक तथा वित्तीय संस्थाहरुमा आन्तरिक किचलो देखिन थालेको छ । मर्जरमा गएका बैंकहरुबीच कर्मचारी समायोजन, मर्जरमा गएका बैंकका कर्मचारीबीचको असन्तुष्टी, हेपाह प्रवृत्तिका कारण मर्जरमा गएका बैंकहरुमा समस्या देखिन थालेको हो ।

यसैबीच तत्कालीन बैंक अफ काठमाण्डूलाई प्राप्ती गरेको ग्लोबल आईएमई बैंकमा पोष्ट मर्जरको प्रभाव देखिन थालेको छ । पोष्ट मर्जरकै प्रभावस्वरुप ग्लोबल आईएमई बैंकमा २८ जना कर्मचारीले स्वैच्छिक अवकाश (भिआरएस)का लागि आवेदन दिएका छन् । तत्कालीन बैंक अफ काठमाण्डूलाई प्राप्ती गरेपछि ग्लोबल आईएमई बैंकले पहिलो पटक स्वैच्छिक अवकाश योजना ल्याएको हो । बैंकले ल्याएको सो योजनाको म्याद साउन २२ गते सकिएको छ ।

यसअवधिमा बैंकको उक्त योजनामा तत्कालीन बैंक अफ काठमाण्डूका २७ जना र ग्लोबल आईएमई बैंकका १ जनाले स्वैच्छिक अवकाश (भिआरएस)का लागि आवेदन दिएका हुन् ।

यसरी बैंकले ल्याएको स्वैच्छिक अवकाशको योजनामा आवेदन दिनेहरुमा एकजना डिजीएम र ३ जना एजीएमसमेत रहेका छन् । जसमध्ये सबैभन्दा धेरै तत्कालीन बैंक अफ काठमाण्डूका उच्च तहका कर्मचारी रहेको बैंक स्रोतले बताएको छ । ग्लोबल आईएमई बैंकसँग बिलय भएको तत्कालीन बैंक अफ काठमाण्डूका उच्च तहकै कर्मचारीले भिआरएसका लागि आवेदन दिनुमा बैंकभित्र ग्लोबल समूहको बर्चश्व रहेको स्पष्ट बुझ्न सकिन्छ ।

स्रातका अनुसार ग्लोबल आईएमई बैंकबाट आउट हुनेमध्ये बैंकका डिजिएम दीपक गौतम, कर्पोरेट बिजनेस प्रमुख अनिल श्रेष्ठ, जनरल सर्भिसका प्रमुख कमलराज पाठक, बैङ्कको रिटेल एन्ड कर्पोरेट प्रमुख सन्तोष प्रधान रहेका छन् । स्वैच्छिक अवकाश रोज्ने ४ जना हाकिम तत्कालीन बैङ्क अफ काठमाण्डूका पूर्व कर्मचारी हुन् । बैंकबाट भिआरएस रोज्ने कर्मचारीहरुले सेवा अवधिको आधारमा ८ महिना देखी २० महिनाको तलब सुविधा पाउनेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: