- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली। धनगढीको सर्वोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक जीतबहादुर चौधरी उत्कृष्ट शिक्षक पुरस्कारबाट सम्मानित भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा पीपी प्रसाईं फाउन्डेसनले आयोजना गरेको अर्वाड वितरण कार्यक्रममा चौधरी उत्कृष्ट शिक्षक पुरसस्कारबाट सम्मानित भएका हुन् ।
चौधरीलाई सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट शिक्षकका रुपमा सम्मानित गरिएको हो । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको उत्कृष्ट शिक्षक पुरस्कार चौधरीलाई प्रदान गरेका हुन् ।
उत्कृष्ट शिक्षकका रुपमा सम्मानित हुन पाउँदा निकै खुसी लागेको चौधरीले बताए । ‘यो मेरो र सिंगो सुदूरपश्चिमका लागि गौरवको उपलब्धि हो । यो सम्मानबाट म एकदमै खुसी छु ।’, उनले भने, ‘जे होस् कामको मुल्यांकन भयो । यो मेरो मात्र होइन सर्वोदय मावि परिवार र अभिभावको मिहेनतको फल हो । यसले आगामी दिनमा थप नयाँ गर्ने उर्जा मिलेको छ ।’ चौधरी पछिल्लो ६ वर्षदेखि धनगढी १४ सि गाउँस्थित सर्वोदय माविमा प्रअका रुपमा सेवा गरिरहेका छन् ।
त्यस्तै, उत्कृष्ट शिक्षक अवार्डबाट कोशी प्रदेश फिक्कलका सोमप्रसाद गौतम, बागमती प्रदेशबाट कमला राई काठमाडौँ, गण्डकी प्रदेशबाट टुकादेवी आचार्य कास्की, लुम्बिनी प्रदेशबाट गोपालप्रसाद बस्याल पाल्पा, कर्णाली प्रदेशबाट जयबहादुर बस्नेत डोल्पा सम्मानित भएका छन् ।
उत्कृष्ट शिक्षक पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र रहेको छ भने विद्यालयलाई दश हजार बराबरको शैक्षिक सामग्री रहेको छ । कार्यक्रममा फाउन्डेशनका अध्यक्ष शिखर प्रसाईं, सचिव दिलभूषण पाठक, पुरस्कृत शिक्षक कमला राई र जयबहादुर बस्नेत सहभागी रहेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्