×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डको चीन भ्रमणः १२ बुँदे सम्झौता तर खास नयाँ केही छैन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्रचण्डको चीन भ्रमणः १२ बुँदे सम्झौता तर खास नयाँ केही छैन !

Artha Sarokar

९ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को चीन भ्रमण सम्पन्न भएको छ । भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । तर, प्रधानमन्त्री प्रचण्ड र उनका चिनियाँ समकक्षी लि छ्याङबीच भएको वार्तापछि गरिएको सहमति तथा सम्झौतामा खास नयाँ भने केही छैन ।

यसो त प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका क्रममा भएका सम्झौता र समझदारी नेपालको हितमा भएको दाबी गर्दै आएको छ । हुन त नेपाल र चीनबीचको वार्तापछि नेपाल र नेपालीले चीनसँगको सम्झौता र समझदारीमा ठूले अपेक्षा गरेका थिए । दुई पक्षबीचको वार्तापछि १२ बुँदे सम्झौता र एउटा समझदारी त भयो तर अपेक्षा अनुसारका महत्वपूर्ण र खासै केही नयाँ सम्झौता भने परेनन् ।

दुई देशबीच भएको सम्झौतामा चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थमन्त्रालयबीच डिजिटल अर्थतन्त्र बढाउने विषयमा सहकार्यका लागि सम्झौता भएको छ । त्यस्तै, चीनको उक्त आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने विषय राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

त्यस्तै, चीनको कृषि तथा ग्रामीण सम्बन्ध मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने विषयका लागि पनि सहमति भएको छ । यसमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव डा रेवती रमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सन् १९८१ मा भएको चीन नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्ने विषयमा पनि सहमति भएको छ । सो सहमतिपत्रमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

सो अवसरमा चीनको सामान्य प्रशासन, भन्सार मन्त्रालय र नेपालको कृषि र पशुपन्छी विकास मन्त्रालयबीच नेपालबाट चीनमा औषधि उत्पादनका लागि वनस्पति निर्यातसम्बन्धी प्रोटोकलमा सहमति भएको छ । उक्त प्रोटोकलमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव डा रेवती रमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

चिनियाँ प्रेस तथा प्रकाशन विभाग र सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने विषयमा सहमति भएको छ । सो सहमतिपत्रमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सो सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ । साथै प्रकोप सामग्री, मानव संशाधन र हिल्सा–सिमकोट सडक परियोजनाका विषयमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

दुई पक्षीय वार्तापछि भएका सम्झौता र समझदारीको सूची लामै भए पनि अपेक्षित नभएको जानकारहरुको भनाई छ । नेपाल र चीनबीच भएका सम्झौताले मुलुकको समृद्धीका लागि नयाँ खास केही नगर्ने उनीहरुको ठम्याई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी