काठमाडौँ । नेपालीहरुको महान चाड दशैँका समयमा पनि अपेक्षित व्यापार नभएपछि देशभरका व्यापारिक सटरहरुमध्ये ५० प्रतिशत बन्द भएको पाइएको छ । नेपालमा सोचेजस्तो व्यापार नहुनु, भाडा तिर्न नै पैसा नपुग्नु, कतिपय ठाउँमा चाडबाडका समयबाहेक अन्य समयमा बोहोनीसमेत नहुनु, रोजगार गुम्दै जानु, सहकारीबाट प्रवाह हुने गरेको साना ऋण सहकारी भाग्ने क्रम बढेसँगै रोकिनु, बर्सेनि भन्सार दर बढ्नु, बैंकहरूले साना तथा मझयौला व्यवसायीहरुलाई नपत्याउनु, बैंकहरुले सहज रुपमा पसलहरुमा लगानी नगर्नु, लगायतका कारणले विभिन्न व्यवसायिक सटरमा लगानी गरेकाहरु विदेश पलायन भईरहेको स्थिति पाइएको छ भने नेपालमै व्यवसाय गरिरहेकाहरु पनि चरम संकटमा रहेको पाइएको छ ।
व्यापारीहरुका अनुसार काठमाडौँ लगायतका मुख्य शहरहरुमा संचालित व्यवसायिक सटरहरुमध्ये अधिकांश बिक्रीमा राखिएका छन् । कतिपयले त आफ्नो समानको मूल्य तय गरी सोहि मूल्यमा सटर बेच्नसमेत तयार भईरहेको पाइएको छ । जवकी सो सटर पाउनकै लागि कुनैबेला व्यवसायीहरुले ५० लाखसम्म सलामी तिर्ने गरेका थिए ।
यसो त व्यवसायीहरुको महासंघ नेपाल राष्ट्रिय व्यवसायी महासंघलेसमेत देशभररहेका ५० प्रतिशत व्यवसायिक सटरहरु बन्द रहेको दाबी गर्छ । महासंघका निवर्तमान अध्यक्ष नरेश कटुवालका अनुसार गत बैशाखमै झन्डै ३५ प्रतिशत सटरहरु बन्द भईसकेका थिए भने दशैंको व्यापारपनि सोचेअनुसार नभएपछि सो संख्या झन् बढेको छ । तिहारपछि यो संख्या झन् बढ्ने उनको तर्क छ ।
यता बजारमा स्थिति कहालीलाग्दो भए पनि घरधनीहरुले भाडा बढाउन छोडेका छैनन् । यहि कारण पनि धेरै व्यवसायीहरु पलायन हुने सोचमा छन् । ‘सहकारीले ऋण दिंदैन, घराभेटीले एक रुपैयाँ पनि छोड्दैन् । अझ भाडा बढाउने कुरामात्र गर्छन् । एक त स्टाफ पाइन्न, स्टाफ पाए पनि पाल्ने स्थिति छैन । ग्राहकहरुमा क्रय शक्ति नै घटेको छ, अनि कसरी बढोस् व्यापार ?’ अर्थ सरोकारसँग कुराकानी गर्दै कोटेश्वरका एक व्यापारी भन्छन्- ‘अव ढिलो चाँडो व्यापार छोड्नुपर्ने स्थिति आउँछ नै । कसले कहिले छोड्ने भन्ने मात्र हो ।’
केहि समय अगाडी व्यवसायी दुर्गा प्रसाईंले दशैंपछि काठमाडौँका आधा सटर बन्द हुने भविष्यवाणी गरेका थिए । नभन्दै, उनले भनेजस्तै स्थिति काठमाडौँ लगायतका देशका मुख्य शहरहरुमा देखिन थालेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्