×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्दीको प्रभाव : दशैँमा घर गएकाको घरभेटीलाई मेसेज- ‘माफ गर्नूस् घरभेटी बा, भाडा तिर्न सकिन, काठमाडौँ फर्केर आउँदिन’

PRIME CA
GLOBAL IME BANK

मन्दीको प्रभाव : दशैँमा घर गएकाको घरभेटीलाई मेसेज- ‘माफ गर्नूस् घरभेटी बा, भाडा तिर्न सकिन, काठमाडौँ फर्केर आउँदिन’

८ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मन्दीका कारण घरभाडा नबुझाई दशैँको बहानामा घर गएर नफर्किने सन्देश पठाउनेहरु बढेका छन् । दशैँको बहानामा भएका कपडा, भाँडाकुँडा लगायतका समान पोको पारेर घर जाने, र घर पुगेपछि विभिन्न नम्बरबाट वा सार्वजनिक फोनबाट घरभेटीलाई आफु नआउने सन्देश दिनेहरु बढेका हुन् । किर्तिपुर, कोटेश्वर, लगायतका ठाउँहरुमा यस्ता घटना बढी देखिएका छन् ।

‘दशैँमा जाँदैछौँ, फर्केलगत्तै घरबाट पैसा ल्याएर भाडा दिन्छौँ भने । यति भनेपछि नाई भन्न सकिएन ।’ कोटेश्वरका एक घराभेटी भन्छन्- ‘तर घर गएपछि टिकाकै दिन ‘माफ गर्नूस् घरभेटी बा, भाडा तिर्न सकिन, काठमाडौँ फर्केर आउँदिन, ढोकामा लगाएको तालाको चाबी जुत्ता राख्ने र्याकमा छ, खोलेर अरुलाई दिँदा हुन्छ’ भन्ने खबर आयो । ३ महिनादेखि भाडा तिरेका थिएनन् । अव दशैँ विदा सकिएपछि वडामा खबरगर्नुपर्ला ।
यस्तै कोटेश्वरकै अर्का एक घरभेटीले पनि आफुकहाँ डेरागरी बस्ने विद्यार्थीले अव नआउनेगरी काठमाडौँ छोडेको जानकारी दिएको बताए । ‘भाडाचाहिं असोजसम्मकै तिरेका थिए । तर कोठा छोड्छु भनेका थिएनन् । घर गएपछि अव नआउने भईयो, कोठा अर्कैलाई दिए हुन्छ, ताला फुटाउंदा हुन्छ’ भनेर खबर पठाए । उनका अनुसार उनले चिनेजानेका किर्तिपुरका आफन्तको घरमा पनि धेरैले यस्तो गरेका छन् ।
माथि उल्लेखित त, प्रतिनिधि घटना मात्र भए, दशैँको मुखमा काठमाडौँ नै छोड्नेहरुको संख्या बाक्लिएको छ । काठमाडौँमा देखिएको महंगी, आर्थिक मन्दी, धेरैको जागिर गएको अवस्था र व्यापारले व्यवहार धान्न नसकेको अवस्थाका कारण पनि धेरैले दशैँको बहानामा कोठा छोडेको स्थानीयको तर्क छ ।
यसो त व्यक्तिगत डेरामा मात्र होइन धेरै पसलहरुमा पनि यस्तै भईरहेको घरभेटीहरुको अनुभव छ । ‘भाडा तिर्न ७ महिनाको १ लाखका दरले ७ लाख छ, पसलमा सामान त त्यहाँभन्दा बढीको छ, तर कसले किन्ने ?’ कोटेश्वरकै अर्का एक घराभेटी भन्छन्- ‘२५ लाखको सामान छ, बेचिदिए हुन्छ भन्छन्, एक त कसैले किन्नु र सामान बेच्नु, अर्को अर्काको सामान कसरी बेच्नु ?’
यसो त यसरी डेरामा ताला लगाएर जाने तर नफर्कनेहरुको संख्या यसअघि पनि उल्लेख्य थियो । डेरावालहरु भाडा नतिरी भागेको भन्दै कोठा खाली गरिदिन काठमाडौँ महानगरमा उजुरी गर्नेहरुको संख्या दशैँअघि पनि उल्लेख्य थियो । तर दशैँको अवसरमा यो क्रम झन् बढेको छ । स्वयम् महानगरका कर्मचारीहरु दशैँपछि यस्ता उजुरीको संख्या बढ्ने अनुमानमा छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: